Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
दुर्गा प्रसाईंको आन्दोलन फिर्ता

दुर्गा प्रसाईंको आन्दोलन फिर्ता

मकवानपुर । दुर्गा प्रसाईंको नेतृत्वमा हुन लागेको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता गरिएको छ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबिच शनिबार भएको वार्तामा यस्तो सहमति भएको हो । महाअभियानका नाममा प्रसाईंले आइतबारदेखि आन्दोलन गर्ने बताउँदै आएका थिए । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको बताइएको छ । वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बू नेतृत्वको टोली सहभागी थियो । साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईं हुनुहुन्थ्यो । सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको उपस्थिति थियो । वार्ता…
Read More
भालुको आक्रमणबाट तीन जना घाइते

भालुको आक्रमणबाट तीन जना घाइते

मकवानपुर । जिल्लाको सिमकोट गाउँपालिका–५ सिमस्थित घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट गाउँपालिका– ५ बस्ने ५९ वर्षका लक्ष्य रावत, उहाँकी श्रीमती वर्ष ५५ की बाचु रावत र ३८ वर्षीया रजनी रावत हुनुहुन्छ । आइतबार बिहान ६ः१० बजेको समयमा सिम क्षेत्रमा गएको बेला भालुको आक्रमणमा परि घाइते भएकारूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । लक्ष्य रावतको टाउकोमा, बाँचु रावतको दाइने हात, गालामा र रजनीको छातीमा चिथोरेको पोखरेलले बताउनुभयो । सदरमुकाम सिमकोट नजिकै भालुको आक्रमणमा परेर घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको…
Read More
गृहमन्त्री आर्याल र निवर्तमान सांसद खतिवडाबिच भेटवार्ता

गृहमन्त्री आर्याल र निवर्तमान सांसद खतिवडाबिच भेटवार्ता

मकवानपुर । गृहमन्त्री ओमप्रकाश अर्यालसँग निवर्तमान सांसद रामहरि खतिवडाले भेटवार्ता गर्नुभएको छ ।चम्पादेवी–०६, ओखलढुङगा घोराखरीसहित देशभरका २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको सन्दर्भमा, उक्त निर्णयलाई यथाशीघ्र कार्यान्वयन गराउन अनुरोध गर्नुहुँदै निवर्तमान सांसद खतिवडाले गृहमन्त्री अर्याल र गृहसचिव रामेश्वर दंगालसँग आइतबार विशेष भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा खतिवडाले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी फागुन २१ गते हुने निर्वाचनमा जाने आधिकारिक निर्णय गरिसकेकाले मुलुकभर शान्ति–सुरक्षाको वातावरण मजबुत बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुन आवश्यक पूर्वाधार तथा सुरक्षा तयारी तत्काल अघि बढाउन आग्रह गर्नुभयो । यससँगै, हाल केही अराजक समूहहरूले…
Read More
सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

मकवानपुर । बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख ४१ हजार ७०० मा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १३५ कायम भएको छ । त्यति नै परिमाणको चाँदी शुक्रबार रु तीन हजार १०० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ…
Read More
सप्तरीमा क्रिकेट खेलेर फर्केका भाईको मृत्यु, दाजु बेहोस

सप्तरीमा क्रिकेट खेलेर फर्केका भाईको मृत्यु, दाजु बेहोस

मकवनजपुर । सप्तरीको शम्भुनाथ नगरपालिकामा क्रिकेट खेलेर घर फर्किएका दाजु–भाई मध्ये भाईको बेहोस भएर मृत्यु भएको भएको छ भने दाजु बेहोस भएर अस्पताल भर्ना भएका छन् । शनिबार घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्किएका शम्भुनाथ नगरपालिका १ निवासी १३ वर्षीय राकेश यादवको यसरी मृत्यु भएको हो भने १६ वर्षीय दाजु रुपेश यादव बेहोस भएर अस्पताल भर्ना भएका हुन् । खेल मैदानबाट घर फर्के लगत्तै राकेश बेहोस भई ढलेको र तत्काल उहाँको मृत्यु भएको बुवा किसुनदेव यादवले बताउनुभयो । अहिले उहाँको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।…
Read More
पृथ्वीराजमार्ग मुग्लिन-पोखरा सडक स्तरोउन्नती : कालोपत्रसँगै यात्रा सहज

पृथ्वीराजमार्ग मुग्लिन-पोखरा सडक स्तरोउन्नती : कालोपत्रसँगै यात्रा सहज

मकवानपुर । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत पोखरा–जामुने (पश्चिम) खण्डमा तीव्र गतिमा भइरहेको कालोपत्र कार्यसँगै यात्रा सहज र सुरक्षित बन्दै गएको छ । ३८ किलोमिटर लामो यस खण्डमध्ये ३७ किलोमिटर एकतर्फी कालोपत्र सम्पन्न भइसकेपछि दैनिक यात्रु, व्यापारी तथा एम्बुलेन्स आवागमन सहज भएको स्थानीयले बताएका छन् । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले भन्नुभयो, “धेरै भागमा कालोपत्र सकिएकोले यात्रा धेरै सहज भएको छ । ” इञ्जिनियर सहनशीला कायस्थका अनुसार विस्तार कार्यले तीव्र गति लिएको छ । उहाँका अनुसार समग्र भौतिक प्रगति ५९.८९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको छ । हालसम्म २९.६१ किमि चार लेन र ७.७९ किमि दुई लेन कालोपत्रे कार्य पूरा…
Read More
७ लाख विद्युतीय राहदानी किन्ने सरकारको निर्णय

७ लाख विद्युतीय राहदानी किन्ने सरकारको निर्णय

मकवानपुर । सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसंग भेरियसन आदेशबाट खरिद गर्न राहदानी बिभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्ने तयारी गरेको हो । त्यस्तै मन्त्रिपरिषद्ले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गठन गठित संयुक्त…
Read More
कोदो थन्क्याउन व्यस्त गुल्मीका किसान

कोदो थन्क्याउन व्यस्त गुल्मीका किसान

मकवानपुर । यतिबेला ग्रामीण क्षेत्रका किसानहरु खेतबारीमा कोदो थन्क्याउने काममा निकै व्यस्त देखिएका छन्। गुल्मीको ग्रामीण क्षेत्रका किसानहरु कोदो स्याहार्न थालेका छन्। कोदो स्याहार्ने यो समयमा मौसमले निकै साथ दिएको हुँदा गाउँगाउँमा किसानहरुको चहलपहलसँगै निकै व्यस्त देखिएका छन्। यसैक्रममा मदाने गाउँपालिका वडा १ अग्लुङ्गका किसानहरु कोदो काटेर स्याहार्न निकै व्यस्त देख्न सकिन्छ। कोदो स्याहार्ने यो समयमा मौसमले निकै साथ दिएको हुँदा किसानहरु निकै खुसी देखिएका छन्। गुल्मीको ग्रामीण क्षेत्रको मुख्य खाद्यान्नको रुपमा रहेको कोदो भएको हुँदा यस क्षेत्रका किसानले विगतदेखि कोदो उत्पादन गर्दै आएका छन्। जिल्लाको पश्चिमी ग्रामीण क्षेत्र मदाने गाउँपालिका–१, अग्लुङ्ग ओख्लेदहका किसान धनबहादुर विश्वकर्माले विगतदेखि नै कोदो खेती…
Read More
एनपिएलः पोखराविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

एनपिएलः पोखराविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

मकवानपुर । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपूरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो । यस्तै कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पनि दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा छ ।
Read More
गोलभेँडा किलोको १२० रुपैयाँ

गोलभेँडा किलोको १२० रुपैयाँ

मकवानपुर । मकवानपुर । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार गोलभेँडाको भाउ बढेको देखाएको हो । कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत २० रुपैयाँ बढेको छ ।हिजो बिहीबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेँडा आज १ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै बिहीबार प्रतिकिलो ८१ रुपैयाँमा किनबेच भएको लोकल गोलभेँडाको भाउ आज प्रतिकिलो ८५ रुपैयाँ कायम छ ।टनेलको सानो गोलभेँडा भने आज किलोको १२० रुपैयाँमा किनबेच भइरहेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.