२०८२ आश्विन १०, शुक्रबार ०६:४५
२०८२ आश्विन १०, शुक्रबार ०६:४५
मकवानपुर । चाडपर्वलाई लक्षित गरी सल्यानमा बजार अनुगमन तीव्र बनाइएको छ । जिल्लाको विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा ७२ हजार ४८० रुपियाँ मूल्य बराबरका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको चालु आव २०८२–८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माको नेतृत्वमा सिद्धकुमाख गाउँपालिकाको ढोरचौर र मोखला बजार क्षेत्रमा अनुगमन गरिएको थियो । अनुगमनमा पाँच वटा पसलबाट दुई हजार ४८० रुपियाँ बराबरका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको उद्योग कार्यालयका सूचना अधिकारी ध्रुवबहादुर खत्रीले जानकारी दिनुभयो । यसैगरी त्रिवेणी गाउँपालिकाले पनि बुधबार विभिन्न बजार क्षेत्रमा अनुगमन…