Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आज  पानी पर्ने सम्भावना

आज पानी पर्ने सम्भावना

मकवानपुर । आज कोशी र बागमती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा मौसम साधारणतया बदली रहने छ । बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही ठाउँ तथा अन्य प्रदेशका पहाडी र तराई भागका एकरदुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । त्यस्तै स्थानीय वायुको आंशिक प्रभाव छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी…
Read More
निरन्तर उकालो: सुनचाँदीको मूल्यले उपभोक्ता हैरान

निरन्तर उकालो: सुनचाँदीको मूल्यले उपभोक्ता हैरान

मकवानपुर । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु. ७०० र त्यति नै तौलको चाँदी रु. ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु. दुई हजार ८१० निर्धारण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
Read More
ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री

मकवानपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आय वृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्धन र सम्बर्धन अपरिहार्य भएको बताउनुभएको छ । ४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण हाम्रो देश पर्यटकहरूको लागि आकर्षक गन्तव्य बनेको बताउनुभएको छ । प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यक छ, सुशासनको आकांक्षासहित भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा समस्या देखिए पनि तत्काल ‘रिकभरी’ सुरु भइसकेको छ ।”
Read More
शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन, कारबाही गर्ने चेतावनी

शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन, कारबाही गर्ने चेतावनी

मकवानपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरुको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ’, पुनले भने । दशैं-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर पनि…
Read More
बागलुङ–कालिकामा दर्शनार्थीको भिड

बागलुङ–कालिकामा दर्शनार्थीको भिड

मकवानपुर । नवरात्रको छैठौं दिन (शनिबार) बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । बडा दशैमा (नवरात्रभरी) विशेष पूजा हुने हुँदा गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा नेपालभरीबाट दर्शनार्थी आउने गरेका छन् ।
Read More
सवारी दुर्घटनामा दुई जना घाइते

सवारी दुर्घटनामा दुई जना घाइते

मकवानपुर । पूर्व–पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जना घाइते हुनुभएको छ । मनहरी गाउँपालिका–८ बेलुवा र हेटौँडा उपमहानगरपालिका–१९ रजैयामा शुक्रबार भएको सवारी दुर्घटनामा परी दुई जना घाइते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । पूर्व पश्चिम सडक खण्डमा सिमपानीबाट मनहरी तर्फ आउँदै गरेको ना.२ ह १२७० नम्बरको अटोको पछाडि सोही दिशाबाट आउँदै गरेको बा.प्र.०६–००४ प ९१७१ न.को मोटरसाइकल ठक्कर खान गई दुर्घटना हुँदा चालक मकवानपुर मनहरी गाउँपालिका–७ रमौली बस्ने २० वर्षीय प्रशान्त सुवेदी घाइते हुनुभएको हो । उहाँको अनुहार, दाहिने कुममा चोट लागेको छ । घाइतेको उपचारका लागि मनहरी अस्पताल पठाएकोमा सामान्य उपचार…
Read More
कैलालीमा बेपत्ता बालिका मृत फेला

कैलालीमा बेपत्ता बालिका मृत फेला

मकवानपुर । धनगढीमा बेपत्ता भएकी बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको बताउनुभयो । निर्वस्त्र अवस्थामा भेटिएको शवभन्दा करीब दुई सय मिटरको दूरीमा बालिकाको कपडा भेटिएका छ । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
Read More
स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अर्का एक गम्भीर

स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अर्का एक गम्भीर

मकवानपुर । सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउँपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो भने २३ वर्षका शिवशङ्कर पण्डित गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको…
Read More
मकवानपुरका पत्रकारलाई अब निःशुल्क उपचार सुविधा

मकवानपुरका पत्रकारलाई अब निःशुल्क उपचार सुविधा

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरमा आबद्ध सबै सदस्यहरूको निःशुल्क उपचार हुने भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर र सुनौलो भविष्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौँडा–१ मा रहेको सहकारी अस्पतालबिच शनिबार तीन वर्षका लागि पत्रकारहरूको स्वास्थ्य परीक्षण तथा उपचार निःशुल्क गर्ने सम्झौता भएको हो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण शर्मा अधिकारी र सहकारी अस्पतालका प्रतिनिधि नरोत्तम दाहालबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सहकारी अस्पतालले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत पत्रकार महासंघ मकवानपुरमा सदस्य र सदस्य बन्ने क्रममा रहेका सक्रिय पत्रकारहरूलाई स्वास्थ्य सेवा पहुँचमा सहजता प्रदान गर्ने उल्लेख छ । सम्झौतामा सम्पूर्ण ओपिडी सेवा निःशुल्क हुने, शल्यक्रिया तथा भर्ना…
Read More
आज देशका कुन–कुन क्षेत्रमा वर्षाको सम्भावना?

आज देशका कुन–कुन क्षेत्रमा वर्षाको सम्भावना?

मकवानपुर । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव छ। शनिबारदिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने र कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.