Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मनहरीमा भएको ट्रक दुर्घटनामा दुईजना घाइते

मनहरीमा भएको ट्रक दुर्घटनामा दुईजना घाइते

मकवानपुर । पूर्व पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी-७ शिविरमा ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । घाईते हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने २७ वर्षीय सन्दिप चौधरी र सहचालक सोही स्थानका २० वर्षीय विशाल चौधरी रहेका छन । दुबैजनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । शुक्रबार बिहान हेटौंडाबाट चितवन तर्फ लोड गरेको चामल लिइ जाँदै गरेको ना ६ ख ६५७४ नं. को ट्रक ब्रेकफेल भई रोड बाट बायाँ साईडमा पल्टेको थियो । दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी सहायक निरीक्षक बिसुनदेब महत्तोको कमाण्डमा ट्राफिकसहितको ५ जनाको टोली पुगेको थियो । दुर्घटनाग्रस्त ट्रक घटनास्थलमा नै रहेको…
Read More
हेटौंडाबाट गत वर्षभन्दा आठ करोड बढी राजस्व उठ्यो

हेटौंडाबाट गत वर्षभन्दा आठ करोड बढी राजस्व उठ्यो

मकवानपुर । हेटौंडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा रु आठ करोड ८६ लाख १० हजारले बढी हो । यसैगरी चालु आवको पहिलो छ महिनामा अन्तशुल्कतर्फ रु एक अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकरतर्फ रु ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ रु २७ करोड ७३ लाख दुई हजार,…
Read More
झापामा ‘सिरिन्ज’ आक्रमण : एक जनाको मृत्यु

झापामा ‘सिरिन्ज’ आक्रमण : एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन्। आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो । आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए ।  
Read More
राजधानीको बाँसबारी क्षेत्रमा दिउँसै चोरी

राजधानीको बाँसबारी क्षेत्रमा दिउँसै चोरी

काठमाडौं । राजधानीको बाँसबारी क्षेत्रमा दिउँसै चोरी भएको छ। काठमाडौँ महानगरपालिका-३ बाँसबारीमा डेरा गरी बस्ने सीता रावलको कोठाबाट बिहीबार दिउँसो करिब ७ लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो। कैलालीको गोदावारी नगरपालिका-२ स्थायी घर भएकी ३६ वर्षीया रावलको कोठामा कोही नभएको मौका छोपी चोरले धनमाल हात पारेको प्रहरीले जनाएको छ। रावलका अनुसार कोठाबाट नगद तथा बहुमूल्य गरगहना चोरी भएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ। चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको व्यापक खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। पछिल्लो समय काठमाडौँमा दिउँसोको समयमा घरमा कोही नभएको पारेर चोरी गर्ने गिरोह…
Read More
जङ्गलमा एक जना मृत अवस्थामा फेला

जङ्गलमा एक जना मृत अवस्थामा फेला

कैलाली । धनगढीको जङ्गलमा एक जना मृत अवस्थामा फेला परेका छन् । डडेलधुराको अजयमेरू गाउँपालिका–२ बस्ने २३ वर्षीय मुकुन्दराज जोशी धनगढीको जङ्गलमा मृत फेला परेका हुन्। धनगढी–उपमहानगरपालिका–१३ राजपुर स्थित मार्केटिङ्को काम गर्ने जोशी माघ १९ गते बेपत्ता भएका थिए । उनका आफन्त र प्रहरीले खोजतलास गर्दै जाँदा बिहीबार अपराह्न ४ बजेर ४५ मिनेटमा कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको देवरिया वनस्पति उद्यानको पछाडि जङ्गलमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट अनुसन्धान भइरहेको जनाइएको छ।
Read More
भारतको मेघालयमा अवैध कोइला खानी विस्फोटस् १८ जनाको मृत्यु, अन्य धेरै फसेको आशंका

भारतको मेघालयमा अवैध कोइला खानी विस्फोटस् १८ जनाको मृत्यु, अन्य धेरै फसेको आशंका

मकवानपुर । उत्तर-पूर्वी भारतको मेघालय राज्यस्थित ‘इस्ट जयन्तिया हिल्स’ मा बिहीबार एउटा अवैध कोइला खानीमा भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङका दुई नेपाली दाजु-भाइ पनि छन् । प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको ‘डायनामाइट’ का कारण विस्फोट भएको हो, जसले गर्दा विषाक्त ग्यास फैलिनुका साथै सुरुङहरू भत्किएका छन्। अहिलेसम्म १८ वटा शव निकालिएको छ भने ८ जना घाइते भएका छन्। खानीभित्र अझै ३० देखि ४० जनासम्म कामदार फसेको हुनसक्ने स्थानीयको आशंका छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार भारु सहयोग दिने घोषणा गरेका छन्। यस्तै मेघालय सरकारले मृतकका परिवारलाई…
Read More
चैनपुरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

चैनपुरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

मकवानपुर । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो।
Read More
बस दुर्घटना अपडेट- मृतक १३ जनाकै सनाखत

बस दुर्घटना अपडेट- मृतक १३ जनाकै सनाखत

मकवानपुर । बैतडीमा गएराति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख दीपककुमार रायले जानकारी दिए। घटनास्थलमै मृत्यु हुनेमा बझाङको बिथडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी र ४६ वर्षीय किसन दत्त जोशी छन्। यस्तै, बझाङ केदारस्युँ गाउँपालिका–७ का ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय बसन्तराज रताला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि घटनास्थलमै मृत्यु भएको छ। यसैगरी, उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु हुनेमा बझाङ बिथडचिर…
Read More
टी–२० विश्वकप अभ्यास खेल : नेपाललाई क्यानडाको १६२ रनको चुनैतीपूर्ण लक्ष्य

टी–२० विश्वकप अभ्यास खेल : नेपाललाई क्यानडाको १६२ रनको चुनैतीपूर्ण लक्ष्य

काठमाडौं । आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेलमा नेपाललाई जितका लागि क्यानडाले एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य दिएको छ । चेन्नईस्थित एमए चिदाबरम मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६१ रन बनायो । क्यानडाका लागि नवनित ढलिवालले ४१ रन बनाउनुभयो । यस्तै श्रीयस मोभाले अविजित ३८, कानवार्पल टाथगुरले २५, जसकरण सिंहले २१ र निकोलश किर्तनले १० रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई दुई तथा सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिनुभयो । नेपालले विश्वकपका लागि क्यानडासँग दोस्रो अभ्यास खेल खेलेको हो । यसअघि…
Read More
विध्यालय खेलकुदलाई प्राथमिकता : अध्यक्ष सिग्देल

विध्यालय खेलकुदलाई प्राथमिकता : अध्यक्ष सिग्देल

मकवानपुर ।  भुटनदेवी माविमा प्रथम सप्ताहव्यापी खेलकुद प्रतियोगिता उद्घाटन गर्दै वडा अध्यक्ष नवीन सिग्देलले विद्यालयदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षा र खेलकुद सँगसँगै अगाडि बढाउन आवश्यक रहेको र विध्यार्थीको शारिरीक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो। उद्घाटन कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्रकुमार बस्ताकोटी, नारायणप्रसाद तिमल्सिना, कृष्ण कंडेल, र अनुगमन समिति संयोजक ईन्द्रप्रसाद नेपाल उपस्थित रहनुभएको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमीरेको अध्यक्षतामा सम्पन्न भयो। साताभरी खेलकुदका विभिन्न विधामा प्रतियाेगिता हुने र माघ २३ र २४ गते विध्यालय नगरस्तरीय क्रिकेट प्रतियाेगिता समेत आयाेजना गरिएकाे खेलकुद शिक्षक प्रकाश सुवेदीले जानकारी दिनुभयााे ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.