२०८२ माघ १२, सोमबार ०५:०७
२०८२ माघ १२, सोमबार ०५:०७
मकवानपुर । नेपाली बजारमा पछिल्लो एक सातादेखि खानेतेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ । तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले बढेर उपभोक्ताको भान्सा निकै महँगो बनेको छ । बजारमा अहिले भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ९० देखि ३ सय रुपैयाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल प्रतिलिटर ३ सय ८० देखि ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । व्यवसायीहरूका अनुसार पछिल्लो एक सातामा मात्रै तेलमा लिटरको ४० देखि ५० रुपैयाँसम्मको वृद्धि देखिएको हो । काठमाडौं बबरमहलको एक किराना पसलमा भेटिएका जीतबहादुर गुरुङले एक साताअघि प्रतिलिटर २ सय ४५ रुपैयाँमा किनेको सनफ्लावर तेललाई आइतबार बिहान…