Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
देउवा प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने

देउवा प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने

काठमाडौं । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ । विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आउनुभएका उहाँ यसपटक भने उम्मेदवार नहुने उहाँको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।
Read More
बालेनले ११  बजे उम्मेदवारी दर्ता गर्ने, ओलीलाई बोलाइयो १ बजे

बालेनले ११ बजे उम्मेदवारी दर्ता गर्ने, ओलीलाई बोलाइयो १ बजे

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने भएका छन्। झापा-५ बाट चुनाव लड्न लागेका बालेनलाई बिहान ११ बजेको समय दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। त्यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिउँसो १ बजेको समय दिइएको छ। त्यसअघि साढे १२ बजे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रञ्जित तामाङलाई समय दिइएको छ। नेपाली कांग्रेसका उम्मेदवारलाई २ बजे बोलाइएको छ। अन्य स्वतन्त्र उम्मेदवारहरूलाई ४ बजेदेखि समय दिएको कार्यलयले जनाएको छ। फागुन २१ गते हुने चुनावका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको…
Read More
प्रदेशलाई बलियो बनाउनुपर्छ : बालेन्द्र शाह

प्रदेशलाई बलियो बनाउनुपर्छ : बालेन्द्र शाह

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले सङ्घीयतालाई बलियो बनाउन प्रदेश संरचनालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर हिजो जनकपुर पुगेका नेता शाहले आज आयोजित परिवर्तन उद्घोष सभामा प्रदेश संरचना बलियो बनाउनुपर्ने बताउनुभएको हो । रास्वपालाई सङ्घीयताप्रतिको धारणा के हो भनेर काठमाडौंमा सोधिने गरेको भन्दै उहाँले वीरगञ्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाण्डौ जानुपर्ने बाध्यता अन्त्य गरे मात्र प्रदेश बलियो हुने बताउनुभयो । शाहले भन्नुभयो, ‘काठमाडौं अधिकार माग्न हैन, पशुपति र स्वयम्भूनाथ घुम्न जाने हो ।’ रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन झापा–५ बाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।…
Read More
दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

मकवानपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाई सोमबार पोखराबाट पक्राउ पर्नुभएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका अध्यक्षसमेत रहनुभएका प्रसाईंलाई कास्की प्रहरीले पक्राउ गरी राजधानी काठमाडौं पठाउने तयारी गरेको जनाएको छ । माघ २ गते सरकारसँग सम्झौता गरेको प्रसाई नेतृत्वको समूहले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको थियो । काठमाडौँमा बोल्दै प्रसाईले नेपाली कांग्रेसको विवादमा निर्वाचन आयोगले करोडौं रुपियाँ लिएको आरोप लगाउनुभएको थियो । सो आरोपपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले प्रसाई पक्राउ परेको पुष्टि गर्नुभयो । “उहाँलाई भर्खरै नियन्त्रण लिएका हौँ । पोखराको एयरपोर्ट चोकबाट नियन्त्रणमा…
Read More
आगामी  निर्वाचनका लागि मकवानपुरको दुवै क्षेत्रमा रास्वपाले टुंग्यायो उम्मेदवारः १ मा गौतम, २ मा उप्रेती

आगामी निर्वाचनका लागि मकवानपुरको दुवै क्षेत्रमा रास्वपाले टुंग्यायो उम्मेदवारः १ मा गौतम, २ मा उप्रेती

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुरको दुवै क्षेत्रको प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ । मकवानपुर–१ मा रास्वपा मकवानपुरका कार्यवाहक सभापति प्रकाश गौतम उम्मेदवार बन्ने भएका छन् । त्यस्तै मकवानपुर क्षेत्र नम्बर २ मा मनहरी–७ निवासी प्रशान्त उप्रेतीलाई रास्वपाले उम्मेदवार बनाएको छ । मकवानपुर–२ मा यसअघिका उम्मेदवार भरत पराजुलीको चर्चा भएपनि उप्रेतीले टिकट ल्याएका हुन् ।
Read More
आज सुनको भाउमा नयाँ रेकर्ड

आज सुनको भाउमा नयाँ रेकर्ड

मकवानपुर । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज सोमबार तोडिएको हो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१०…
Read More
हेटौंडामा ‘ज्ञानदीप रजत महोत्सव–२०८२’ भव्य रूपमा मनाइँदै

हेटौंडामा ‘ज्ञानदीप रजत महोत्सव–२०८२’ भव्य रूपमा मनाइँदै

मकवानपुर । ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था र ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयको संयुक्त आयोजनामा विद्यालयको २५औं वार्षिकोत्सवको अवसरमा ‘ज्ञानदीप रजत महोत्सव–२०८२’ विविध शैक्षिक, खेलकुद, सांस्कृतिक तथा सामाजिक कार्यक्रमसहित भव्य रूपमा आयोजना हुने भएको छ। महोत्सव अन्तर्गत मकवानपुर जिल्लास्तरीय छात्रा वक्तृत्वकला प्रतियोगिता, हेटौंडा उपमहानगरस्तरीय छात्र भलिबल प्रतियोगिता, नगरस्तरीय हाजिरीजवाफ, चित्रकला तथा निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी, अभिभावक तथा सेयर सदस्यबीच युगल ब्याडमिन्टन प्रतियोगिता, ज्ञानदीप खेलकुद सप्ताह, रक्तदान कार्यक्रम र विपन्न ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि समावेश गरिएको छ। महोत्सवको…
Read More
मनासलु क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल

मनासलु क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल

सुलीकोट । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित मनासलु संरक्षण क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढेको छ । हिमाली भेगमा कठ्याङ्ग्रिने जाडो, हिमपात र चिसो हावाको विषम परिस्थितिमा पनि बाह्य पर्यटकको निरन्तर चहलपहलले मनासलु क्षेत्रको पर्यटन गतिविधि चलायमान बनेको छ । उत्तरी गोरखाको मनासलु हिमाल, लार्केपास, बुढीगण्डकी उपत्यका, तिब्बती संस्कृतिले भरिएको बस्ती र अनुपम प्राकृतिक दृश्यावलोकनका कारण जाडोयाममा समेत पर्यटक आकर्षित भएको मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाका सूचना अधिकारी भुवन ओझाले बताउनुभयो । विशेष गरी साहसिक पदयात्रा मन पराउने विदेशी पर्यटकका लागि जाडो मौसम चुनौतीपूर्ण भए पनि रोमाञ्चक हुने भएकाले विदेशी पर्यटक मनासलु संरक्षण क्षेत्रमा आउने गरेका मनासलु संरक्षण क्षेत्र गोरखाले जनाएको छ । अघिल्लो वर्षको…
Read More
अध्यक्ष ओली आज झापाको दमक आउनुहुँदै

अध्यक्ष ओली आज झापाको दमक आउनुहुँदै

दमक । उम्मेद्वारी दर्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापाको दमक आउँदै हुनुहुन्छ । झापाको सबै निर्वाचन क्षेत्रको तयारीबारे उहाँले जानकारी लिने कार्यक्रम रहेको छ । झापा ५ बाट उम्मेद्वारी मनोनयन गर्न उहाँ आज झापा आउन लाग्नुभएको एमाले झापाले जनाएको छ । झापा क्षेत्र ५ बाट उम्मेद्वारी दर्ताका लागि सोमबार विहान १०ः२५ को जहाजबाट उहाँ भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ । पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाबारेमा जानकारी लिनुहुनेछ । यसैगरी क्षेत्र नं. ३ को बारेमा पनि उहाँले भद्रपुरमै जानकारी लिने कार्कीले…
Read More
वीरगञ्ज महानगरका मेयरसहित दुई पूर्वमन्त्री एमालेमा प्रवेश

वीरगञ्ज महानगरका मेयरसहित दुई पूर्वमन्त्री एमालेमा प्रवेश

काठमाडौं। वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदिप यादव र इस्तिहाक राईसहित ठुलो संख्यामा जसपाका नेताहरु नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । गए राति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा उहाँहरुलाई पार्टी प्रवेश गराइएको सचिव महेश बस्नेतले बताउनुभयो । एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह, यादव नेता इस्तिहाक राई लगायतका नेताहरुलाई अध्यक्ष ओलीले खादा लगाएर एमालेमा प्रवेश गराउनुभएको हो । यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव हुनुहुन्थ्यो । यसैगरी वीरगञ्ज महानगरपालिकाका ७ जना वडाअध्यक्षहरु पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गर्नुभएको छ । प्रमुख सिंह एमालेमा प्रवेश गरेपछि आज ठूलो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.