Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु

पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु

काठमाडौं । नेपालमै पहिलोपटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ । भरतपुरका व्यवसायिक पशुपालकमध्ये सहकारीमा दूध बिक्री गर्ने २० जना किसानलाई छनोट गरेर कार्यक्रम निर्माण गरिएको हो । कार्यक्रममा किसानको दूध दुहुने कौशलतासँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धतालगायतका पक्षहरूको मूल्यांकन गरिने निर्माता रविन सुवेदीले जानकारी दिए । दूधमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाई भित्र्याउने जिल्लाका रूपमा पनि चिनिन्छ । ‘पशुपालनकै माध्यमबाट यस क्षेत्रका धेरै किसानले राम्रो आर्थिक उन्नति गरेका छन्। आफ्ना सन्तानलाई स्वदेश तथा विदेशका विश्वविद्यालयमा पढाउन सफल भएका छन्’, सुवेदीले भने, ‘ती मिहिनेती किसानको सम्मानका लागि नै यो कार्यक्रम निर्माण…
Read More
मकवानपुरका २ निर्वाचन क्षेत्रमा एमालेबाट ८ नाम सिफारिस

मकवानपुरका २ निर्वाचन क्षेत्रमा एमालेबाट ८ नाम सिफारिस

मकवानपुर । २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले मकवानपुरले जिल्लास्थित दुईवटा निर्वाचन क्षेत्रका लागि ८ जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको नेकपा एमाले जिल्ला कमिटीको बैठकले क्षेत्र नम्बर १ बाट ६ जना र क्षेत्र नम्बर २ बाट दुई जनाको नाम पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला सचिव सिता विष्टले जानकारी दिइन् । सिफारिस हुनेमा संविधानसभा सदस्य, निवर्तमान प्रतिनिधिसभा सदस्यदेखि गाउँपालिका अध्यक्षसमेत छन् । क्षेत्र नम्बर १ निर्वाचन क्षेत्र नम्बर १ का लागि रामेश्वर राना, कृष्णप्रसाद दाहाल, हिदम लामा, रामचन्द्र राई, मदन दाहाल र नारायण सापकोटाको नाम सिफारिस भएको सविच विष्टले जानकारी दिइन् । केन्द्रीय सदस्यसमेत…
Read More
मंगलबार बिहान एमाले सचिवालय बैठक बस्ने

मंगलबार बिहान एमाले सचिवालय बैठक बस्ने

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने उनले बताए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
Read More
भीमफेदी–६ मा खानेपानी संकट

भीमफेदी–६ मा खानेपानी संकट

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ मा खानेपानीको गम्भीर समस्या देखिएको छ। वर्षौ पुराना खानेपानी संरचनाहरू जीर्ण बन्दै गएपछि स्थानीय बासिन्दा खानेपानीको अभाव झेल्न बाध्य भएका हुन्। राणाकालीन समयमा निर्माण गरिएको पानी भण्डारण केन्द्र (ट्याङ्की) मा व्यापक चुहावट देखिएको छ भने अन्य संरचनाहरू पनि मर्मतसम्भारको अभावमा प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका छन्। स्थानीयका अनुसार वि.सं. २०५२ सालमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा निर्माण गरिएको पानी ट्याङ्की हाल पूर्ण रूपमा जीर्ण भइसकेको छ। ट्याङ्की कमजोर भएपछि पानी भण्डारण गर्न नसक्दा उपभोक्ताहरूलाई दैनिक समस्या परेको छ। यसैगरी, भीम आधार सामुदायिक विद्यालयको संयोजनमा निर्माण गरिएको खानेपानी प्रशोधन केन्द्रसमेत तत्काल मर्मत आवश्यक रहेको…
Read More
जाडो बढेसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको लर्को

जाडो बढेसँगै अस्पतालमा मौसमी फ्लुका बिरामीको लर्को

विराटनगर । तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थालेसँगै अस्पतालहरूमा टाउको दुखाइको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। तापक्रममा आएको गिरावट र चिसो हावाका कारण मानिसहरूको दैनिक जीवन मात्र प्रभावित भएको छैन, यसले स्वास्थ्यमा समेत प्रत्यक्ष असर पारेको छ। विराटनगरस्थित कोशी अस्पतालमा मात्रै पछिल्लो समय टाउको दुखाइका बिरामीहरूको चाप बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडो मौसममा शरीरको तापक्रम सन्तुलन बिग्रनु र रक्तसञ्चार प्रणालीमा आउने अवरोधले टाउको दुख्ने समस्या निम्त्याउँछ। चिसोका कारण रक्तनलीहरू खुम्चिने हुँदा टाउकोतर्फ हुने रक्तप्रवाहमा कमी आउँछ, जसले गर्दा मानिसले टाउको भारी भएको वा च्यापिएको जस्तो महसुस…
Read More
शिक्षक विद्यार्थीलाई न्यानो कपडा

शिक्षक विद्यार्थीलाई न्यानो कपडा

4 रेसुङ्गा । भार्सेली समाज हङकङको सहयोगमा भार्सेका सबै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको छ । सत्यवती गाउँपालिका –८ भार्सेको जनसहयोग माध्यमिक विद्यालयका २० जना शिक्षक स्टाफ र ११५ जना बिद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको अगुवा नरबहादुर बुढाथोकी ‘नरु’ ले जानकारी दिनुभयो । भार्सेली समाज हङकङले तीन वर्षदेखि विद्यालयमा निरन्तर कपडा वितरण गरिरहेको छ । विद्यार्थीलाई विद्यालयप्रति आकर्षण गराउने र चिसोबाट बच्न पनि सहयोग पुग्ने उद्देश्यले भार्सेली समाज हङकङका अध्यक्ष लेफ्टिनेण्ट कुलबहादुर बुढाथोकीको अगुवाइमा विद्यालयका शिक्षक स्टाफ र विद्यार्थीलाई कपडा वितरण गरिएको छ । भार्सेकै दबुङ्ग आधारभूत विद्यालय र पैयाँपाटा बालशिक्षामा समेत ३५ जना शिक्षक…
Read More
आज तोलामा ४ हजार ६ सय बढ्यो सुन

आज तोलामा ४ हजार ६ सय बढ्यो सुन

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र नियन्त्रणले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सोमबार उच्च दरले बढेसँगै नेपाली बजारमा प्रभाव परेको हो । अन्तर्राष्ट्रिय बजारमा शनिबार र आइतबार कारोबार बन्द हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको छ । चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको छ । अघिल्लो…
Read More
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर…
Read More
जुरीखेत जिप दुर्घटनामा ज्यान गुमाउने ६ जना (नामसहित)

जुरीखेत जिप दुर्घटनामा ज्यान गुमाउने ६ जना (नामसहित)

हेटौँडा । आइतबार मकवानपुरको भीमफेदीमा भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनाको परिचय खुलेको छ । आइतबार साँझ १७ः२० बजेको समयमा भीमफेदी–६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा ना१ज १७७८ नम्बरको सुमो दुर्घटना भएर एक सय मिटर तल खस्दा ९ जना घाइते भएका थिए । घाइतेमध्ये ६ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । उनीहरुमध्ये दुई जना भारतीय छन् भने एक जनाको परिचय खुल्न बाँकी छ । हेटौँडा अस्पतालमा मृत्यु भएकाहरुः १. भारत, बिहार राज्य, पटना बस्ने ४२ वर्षीय रजनिश कुमार २. मकवानपुर, हेटौँडा–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल । ३. हेटौडा–२, कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल…
Read More
मादुरो दम्पती तुरुन्त रिहा गर्न चीनले अमेरिकालाई दियो चेतावनी

मादुरो दम्पती तुरुन्त रिहा गर्न चीनले अमेरिकालाई दियो चेतावनी

काठमाडौं । चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई तत्काल रिहा गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ। शनिबार राति अमेरिकाले राष्ट्रपति मादुरो दम्पतीलाई नियन्त्रणमा लिएर अमेरिका लगेपछि बेइजिङले औपचारिक प्रतिक्रिया जनाउँदै उनीहरूको अविलम्ब रिहाइको माग गरेको हो। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार आइतबार परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकी सैन्य हस्तक्षेपप्रति विभिन्न देशहरूले आपत्ति जनाएको सन्दर्भमा प्रतिक्रिया दिँदै चीनको धारणा सार्वजनिक गरेका हुन्। प्रवक्ताले बल प्रयोग गरेर राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लैजानु अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता तथा संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तको स्पष्ट उल्लङ्घन भएको बताएका छन्। चीनले यस घटनाप्रति गम्भीर चासो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.