२०८१ मंसिर १२, बुधबार १२:१४
२०८१ मंसिर १२, बुधबार १२:१४
१२ मंसिर, सिन्धुपाल्चोक । जिल्लाको क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा 'सुबोध'ले दोस्रो वर्षको कार्य विवरण सार्वजनिक गरेका छन्। प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर निर्वाचन आयोगबाट आधिकारिक प्रमाणपत्र बुझेको दुई वर्ष पूरा भएको दिन मंगलबार सांसद सापकोटाले सामाजिक सञ्जालमार्फत वर्षभरिका मुख्य कार्यहरू सार्वजनिक गरेका हुन्। सापकोटाले जनप्रतिनिधि बनाउने मतदाताहरूलाई धन्यवाद दिँदै हरेक वर्ष आफ्ना क्रियाकलापहरू सार्वजनिक गर्ने परम्परा स्थापना गरेको बताएका छन्। गत वर्ष जिल्लाका संघ र प्रदेशका गरी चार जना सांसदहरूले संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत कार्य विवरण सार्वजनिक गरे पनि यस वर्ष भने सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत जानकारी गराएको उनले उल्लेख गरेका छन् ।…