Alag Dhar

Day: २०८२ माघ ७, बुधबार १०:०३

अपडेट : ३४८६ जनाको उम्मेदवारी मनोनयन

अपडेट : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु गर्दा प्रारम्भिक सूचीमा सामान्य परिवर्तन आएको हो । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कूल तीन हजार ४८६ उम्मेदवारीमध्ये पुरुष तीन हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् । दर्ता भएका उम्मेदवारका बारेमा आज योग्यतासम्बन्धी प्रश्न भएमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।    
Read More
उपत्यकाबाट हराएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

उपत्यकाबाट हराएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं । काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बुधवार दुईपांग्रे सवारी हस्तान्तरण गरेका हुन् । रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो सवारी भेट्टाइदिएकोमा सवारी धनीले अनुसन्धानमा संलग्न प्रहरीलाई मिठाइ खुवाए । पछिल्लो २५ दिनको अवधिमा ५० वटा दुईपांग्रे सवारी फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेर मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका युनिटमा पठाएका…
Read More
उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)

उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)

काठमाडौं । उज्यालो नेपाली पार्टी (उनेपा) ले १२० वटा निर्वाच क्षेत्रमा उम्मेदवारी दिएको छ । पार्टीका नेता जितराम लामाका अनुसार केही ठाउँको विवरण आउन बाँकी छ । अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको उनले बताए । पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् । उपाध्यक्ष जितराम लामाले भक्तपुर २ बाट उम्मेदवारी दिएका छन् । रास्वपासँग एकतामा सहमति गरेको उज्यालेले पछि एक्लै चुनाव लड्ने निर्णय गरेको हो । समानुपातिकमा भने उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीबाट उम्मेदवारी दिएको छ । यी हुन् उम्मेदवारहरू : १. काठमाडौं-१- मंगलाल श्रेष्ठ २. काठमाडौं-२ – पवन पोखरेल ३. काठमाडौं-३ – कुलमान…
Read More
आन सुनको मुल्य दश हजार चार सय ले वृद्धि

आन सुनको मुल्य दश हजार चार सय ले वृद्धि

मकवानपुर । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु. १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य रु। दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु। पाँच हजार ९२० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु। दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु। पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु। दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु। पाँच हजार ६२५ मा…
Read More
४४ जनाले गराए मकवानपुरमा  उम्मेदवारी दर्ता

४४ जनाले गराए मकवानपुरमा उम्मेदवारी दर्ता

मकवानपुर । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन। मकवानपुर क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरु आजबाट नै चुनावी प्रचार प्रसारमा जुटेका छन् । मंगलबार लागि निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका उम्मेदवारले आफनो उम्मेदवारी दर्ता गराएका थिए । १ नम्बर क्षेत्रमा कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, रास्वपाबाट प्रकाश गौतम, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन, उज्यालो…
Read More
आज उम्मेदवारविरुद्ध  उजुरी दिन सकिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

मकवानपुर । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिन सकिने छ। निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ…
Read More
हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय सप्तरीको आग्रह

हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय सप्तरीको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय, सप्तरीले हातहतियार बुझाउन सबैसँग आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै हातहतियार बुझाउन आग्रह गरेको हो । २०८२ साल फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, स्वच्छ, निश्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सप्तरी जिल्ला भित्र रहेका इजाजत पत्र प्राप्त हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भएको एक महिना पश्चात फिर्ता पाउने गरी बुझाउन आग्रह गरेको हो । सूचनामा भनिएको छ, २०८२ माघ २० गते भित्र नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय वा सोझै जिल्ला प्रहरी कार्यालयमा बुझाउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।
Read More
बुधबारका लागि अमेरिकी डलरको भाउ  कति ?

बुधबारका लागि अमेरिकी डलरको भाउ कति ?

मकवानपुर । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८३ रुपैयाँ ९० पैसा र बिक्रीदर १८४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.