Alag Dhar

चितवन र काठमाडौंमा बर्डफ्लु देखिएपछि मकवानपुर उच्च जोखिममा

हेटौँडा। छिमेकी जिल्ला चितवन तथा काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण देखिएसँगै मकवानपुर जिल्ला पनि उच्च जोखिममा परेको छ। कुखुरा तथा कुखुराजन्य वस्तुको नियमित ओसारपसार र विभिन्न जिल्लासँगको सहज आवतजावतका कारण संक्रमण मकवानपुरमा फैलिन सक्ने जोखिम बढेको सरोकारवालाले बताएका छन्।

जिल्ला पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डा रामप्रकाश प्रधानका अनुसार चितवन र काठमाडौंमा बर्डफ्लु पुष्टि भइसकेकाले मकवानपुरलाई पनि संवेदनशील जिल्लाका रूपमा हेरिएको छ। संक्रमण भित्रिन नदिन कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिरहेको उनले बताए।

उनका अनुसार मकवानपुर हुँदै दैनिक रूपमा विभिन्न जिल्लाबाट कुखुरा, चल्ला, दाना तथा कुखुराजन्य सामग्रीको ओसारपसार हुने भएकाले संक्रमणको जोखिम अझ बढेको छ। यही कारण सम्भावित संक्रमण रोकथामका लागि निगरानीलाई थप कडा बनाइएको कार्यालयले जनाएको छ।

डा प्रधानले कुखुरामा अस्वाभाविक मृत्यु, बिरामी पर्ने वा बर्डफ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएमा लुकाएर नराखी तत्काल जिल्ला पशुसेवा कार्यालय वा सम्बन्धित निकायलाई जानकारी गराउन किसानसँग आग्रह गरेका छन्। साथै कुखुरा फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, बाहिरबाट ल्याइने कुखुरा तथा सामग्रीको उचित व्यवस्थापन गर्न र अनावश्यक आवतजावत नियन्त्रण गर्न पनि उनले सुझाव दिएका छन्।

छिमेकी जिल्लामा संक्रमण देखिइसकेको अवस्थामा समयमै सतर्कता अपनाउन नसके मकवानपुरमा पनि बर्डफ्लु फैलिन सक्ने जोखिम रहने भएकाले सम्बन्धित निकायले रोकथाम, निगरानी र जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाएको जनाएको छ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.