२०८३ भाद्र १, सोमबार ०८:१२
२०८३ भाद्र १, सोमबार ०८:१२
काठमाण्डौ । बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाले निकालेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली तथा राप्तीका सहायक नदीहरू, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायत नदीहरूमा बहाव सामान्यदेखि उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ । महाशाखाले आज स–साना नदी तथा खोलामा बाढीको जोखिम रहने जनाएको छ । आज सुखवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, दाङ, दैलेख, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली…