Alag Dhar

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ ।

महाशाखाले निकालेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली तथा राप्तीका सहायक नदीहरू, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायत नदीहरूमा बहाव सामान्यदेखि उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ । महाशाखाले आज स–साना नदी तथा खोलामा बाढीको जोखिम रहने जनाएको छ ।

आज सुखवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, दाङ, दैलेख, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा बाढीको जोखिम छ । नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 भोलि र पर्सि पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ । त्यसैले स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन र सर्वसाधारणले नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

महाशाखाले नदीको बहाव तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न र जोखिमको अवस्था देखिएमा सुरक्षित ठाउँतर्फ जान आग्रह गरेको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.