Alag Dhar

दर्ता नवीकरण नगरेका मकवानपुरका ४० बढी औषधि पसल बन्द गर्न प्रशासनको निर्देशन

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता नविकरण नभएका ४० बढी औषधी तथा फार्मेसी पसलहरु बन्द गर्न निर्देशन दिएको छ । औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका मकवानपुरका ४० भन्दा बढी औषधि पसलहरु पनि बन्द गर्ने प्रशासन कार्यालयले निर्देशन दिएको हो ।

बुधबार एक सूचना जारी गर्दै कार्यालयले देशभरका ५ हजार ३०२ वटा औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र (अनुमति) रद्द गरिएको र उक्त निर्णय अनुसार मकवानपुरका ४० बढी औषधी तथा फार्मेसी पसल दर्ता नविकरण नरहेकाले बन्द गर्न सूचित गरेको हो । दर्ता खारेज भएका उक्त औषधि पसलहरूलाई आजैका मितिदेखि आफ्नो कारोबार पूर्ण रुपमा बन्द गर्न प्रशासन कार्यालयको निर्देशन रहेको छ ।

औषधि व्यवस्था विभाग, बिजुलीबजारले गत असार २ गते सार्वजनिक सूचना जारी गर्दै कानुनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरु स्वतः रद्द भएको स्पष्ट पारेको थियो । उक्त निर्णय कार्यानवयन गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता खारेज भएका फार्मेसी, भेट (पशु) फर्मा र आयुर्वेद फर्माहरु बन्द गर्न निर्देशन गरेको हो ।

प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेका अनुसार तोकिएको कानुनी अवधिभित्र नवीकरण नगरेका कारण प्रावधान अनुसार नै ती पसलहरुको दर्ता स्वतः खारेज भएको हो । सूचनाको उल्लंघन गरी व्यवसाय सञ्चालन गरिरहेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत उहाँले बताउनुभयो ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.