Alag Dhar

अलगधार

अलगधार

1598 Posts
११ :३९ मा भाइटीकाको   उत्तम साइत

११ :३९ मा भाइटीकाको उत्तम साइत

मकवानपुर ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिनुभयो । “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उहाँले भन्नुभयो । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ ।…
Read More
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

मकवानपुर । गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२, तीनकुनेस्थित सडकमा बा. ६८ प. ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
Read More
सर्लाहीमा धमाधम मतदाता नामावली सङ्कलन हुँदै

सर्लाहीमा धमाधम मतदाता नामावली सङ्कलन हुँदै

मकवानपुर । जिल्ला निर्वाचन कार्यालय सर्लाहीले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन कार्य धमाधम भइरहेको हो । यसअघि निर्वाचनको मिति घोषणा भएपश्चात मतदाता नामावली सङ्कलन कार्य स्थगित हुने व्यवस्था थियो । यो पटक भने सरकारले मतदानका लागि योग्य जेनजी पुस्तालाई समेत मताधिकार प्रयोग गर्न पाउने गरी अध्यादेश ल्याएर मतदाता नामावली सङ्कलन कार्य अघि बढाएको हो । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख शिवनारायण साहले आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले असोज ८ गते मतदाता नामावलीसम्वन्धी अध्यादेश…
Read More
सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

मकवानपुर । जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएपछि सडक मर्मत गरेर ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएको बताए । सडकमा पहिरो खसेर साँघुरिएको थियो । पहिरो पन्छाएर सडकलाई फराकिलो बनाएर दुईतर्फी सवारीसाधन सञ्चालन हुने बनाइएको सुपरभाइजर आचार्यले बताए । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर…
Read More
खोल्सामा  मोटरसाइकल  खस्दा  एक जनाको मृत्यु

खोल्सामा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

मकवानपुर । पाँचथरको फिदिम नगरपालिका १३ मा मोटरसाइकल खोल्सामा खस्दा चालकको निधन भएको छ । फिदिम नगरपालिका–१३ का ४२ वर्षीय हर्क राईको मङ्गलबार बिहान निधन भएको हो । गाउँबाट दुध सङ्कलन गरेर फिदिम १३ जेभालेको डेरीतर्फ फर्कदै गर्दा राईले चलाएको मोटरसाइकल स्थानीय सेतापानी खोल्सामा खसेको थियो । केही दिनअघि पहिरोले क्षति भएर मर्मत भइनसकेको सडकबाट दुध ओसार्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले दुर्घटनाको खबर सुन्नासाथ त्यसतर्फ प्रहरी परिचालन गरी मुचुल्का बनाएर राईलाई पाँचथर अस्पताल ल्याउने तयारी भइरहेको बताउनुभयो । बाढी र पहिरोका कारण पाँचथरका ग्रामीण सडक क्षति हुँदा दुर्घटना बढेका छन्…
Read More
हेटौंडा उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूल बिक्रीवितरण तथा प्रयोगमा रोक

हेटौंडा उपमहानगरपालिकाद्वारा प्लाष्टिकको फूल बिक्रीवितरण तथा प्रयोगमा रोक

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले प्लाष्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा रोक लगाएको छ । प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गर्दै उपमहानगरपालिकाले सूचनाविपरीत प्लाष्टिकको फूलमालाको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा नियमनको दायरामा ल्याइने जनाएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लाष्टिकको फूल बिक्री, वितरण तथा प्रयोगमा रोक लगाइएको हो । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुहुँदै उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले प्लाष्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावारणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न…
Read More
सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो आठ हजार एक सय

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो आठ हजार एक सय

मकवानपुर । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलामा दुई लाख ४० हजार चार सय रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो । यसैबिच, चाँदीको मूल्य मङ्गलबार बढेर तोलामा तीन हजार ३२५ रुपियाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । सोमबार चाँदी तोलामा तीन हजार…
Read More
आज कुन विदेशी मुद्राको भाउ कति ?

आज कुन विदेशी मुद्राको भाउ कति ?

मकवानपुर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ २० पैसा र बिक्रीदर १७६ रुपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर…
Read More
जेनजी आन्दोलनका तीन सहिद परिवारलाई राहत वितरण

जेनजी आन्दोलनका तीन सहिद परिवारलाई राहत वितरण

मकवानपुर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलको क्रममा निधन भएका गोरखाका सहिद परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखाले राहत वितरण गरेको छ । गोरखाका चार जना सहिद परिवारमध्ये तीन जना सहिद परिवारलाई राहत वितरण गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाको पालुङटार नगरपालिका – ३ का अनिष पराजुली, बारपाक सुलीकोट गाउँपालिका – ५ का विमलबाबु भट्ट, गण्डकी गाउँपालिका – ४ का अर्जुन भट्टको परिवारलाई राहत वितरण गरिएको उहाँले बताउनुभयो । जेनजी आन्दोलनको क्रममा सिरानचोक गाउँपालिका – २ सरोज गुरुङको परिवारलाई भने राहत रकम हस्तान्त्रण गर्न बाँकी रहेकाले अबको केही दिनमा राहत…
Read More
शिविरबाट एक हजार ३७५ लाभान्वित

शिविरबाट एक हजार ३७५ लाभान्वित

मकवानपुर । जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् । आँखाको शल्यक्रियासहित जैमिनीमा शिविर आयोजना गरिएको हो । शिविरमा आँखा र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षणसँगै आँखाको शल्यक्रिया र स्त्रीरोगमा भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । असोज १९ देखि २२ गतेसम्म जैमिनी नगरपालिकाको दुर्गम गाउँमा पुगेर बिरामीको परीक्षण तथा आँखाका जटिल बिरामीको सिफारिस गरिएकामा असोज २३ गतेदेखि चार दिनसम्म जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा शल्यक्रिया तथा भिडियो एक्सरे सेवा प्रदान गरिएको जैमिनीका उपप्रमुख हरिहर शर्माले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.