२०८२ आश्विन २८, मंगलवार ०५:१७
२०८२ आश्विन २८, मंगलवार ०५:१७
मकवानपुर । ओखलढुङ्गामा एकल महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया रत्नकुमारी कट्वाल कार्की सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला पर्नुभएको हो । घरमा एक्लै बस्दै आउनु भएकी कार्कीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार मृतकको श्रीमानको केही वर्षअघि निधन भएको थियो । शव भेटिएको स्थान र अवस्थाले घटना शङ्कास्पद देखिएको छ, त्यसैले थप प्रमाण सङ्कलनका लागि तालिम प्राप्त कुकुर (केनाइन) माग गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । स्थानीयले असोज २७ गते बिहान घरमा कार्की मृत अवस्थामा…