२०८२ आश्विन २७, सोमबार ०७:५६
२०८२ आश्विन २७, सोमबार ०७:५६
मकवानपुर । तिहार नजिकिएसँगै तिहारलक्षित विभिन्न किसिमका रोटीहरू बनाउन महिला उद्यमीहरूलाई भ्याइनभ्याई छ । महिला उद्यमीहरूले तिहारलक्षित विभिन्न किसिमका रोटीहरू बनाएर बिक्री वितरण गर्दै आएका छन् । चाडवाड नजिकिएसँगै हरेक नेपालीका घर–घरमा विभिन्न प्रकारका रोटीहरू बन्ने गर्छन् । हरेक चाडवाडमा नेपालीका घरमा रोटी बनाउनु र पाहुनालाई रोटीले स्वागत गर्ने परम्परादेखि चल्दैआएको चलन हो । पछिल्लो समय गाउँभन्दा सहरका मानिसको जीवन अत्यन्तै व्यस्त हुँदै गइरहेको छ । घरका सम्पूर्ण सदस्यहरू कतै न कतै व्यस्त भएका छन् । यस्तै व्यस्त मानिसलाई लक्षित गर्दै नेपालगन्जका एक महिला उद्यमीले तिहारका लागि झिलिङ्गा रोटी उत्पादन गर्नुभएको छ । नेपालगन्ज उपमहानगरपालिका-१२, कोरियनपुरकी महिला उद्यमी श्वेता गुरुङले…