२०८२ आश्विन २७, सोमबार ०५:५८
२०८२ आश्विन २७, सोमबार ०५:५८
मकवानपुर । इसराइली डिफेन्स फोर्स (आइडिएफ) ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको गरेको छ। केहीबेर अघि विपिनको परिवार तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इसरायली सरकारले यो जानकारी दिएको इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए। आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो, राजदूत धनप्रसाद पण्डितले सेतोपाटीसँग भने, परिवारकै सामु आइडिएफले यो जानकारी दिएको छ। राजदुत पण्डितका अनुसार इसरायली डिफेन्स फोर्सका अधिकारीहरुले हमासले जिवित बन्धकहरुलाई केहीबेरमा छोड्ने जानकारी दिएका छन। मृतक मध्ये केहीको शव भेटिएको छैन। भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुश्पा अमेरिकाबाट जोडिएका थिए।…