Alag Dhar

अलगधार

अलगधार

1598 Posts
तुईनखोला पहिरो : यात्रुलाई निःशुल्क बस सेवा

तुईनखोला पहिरो : यात्रुलाई निःशुल्क बस सेवा

मकवानपुर । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि पहिरोले रोकिएका यात्रुहरुलाई बस सेवा सुरु गरिएको हो । प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो । तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरुलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । उहाँले भन्नुभयो,“पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएका हौँ।” पहिरोका कारण लामो समयसम्म सडक…
Read More
जेनजी आन्दोलनमा क्षतिग्रस्त कार्यालय पुन:स्थापनामा जुट्दै

जेनजी आन्दोलनमा क्षतिग्रस्त कार्यालय पुन:स्थापनामा जुट्दै

मकवानपुर । जेनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षति भएका कार्यालयलाई सेवा सञ्चालनका लागि सामग्री जुट्न थालेको छ । विभिन्न सङ्घ संस्थाहरुले सामग्री हस्तान्तरण सुरु गरेका छन् । कार्यालयमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भए पनि सेवालाई नियमितरूपमा सञ्चालनका लागि विभिन्न दाताहरुले सहयोग सुरु गरेका छन् । तुलसीपुर क्षेत्रमा रहेका कार्यालयहरूका लागि आवश्यक पर्ने सामग्री एकद्वार प्रणालीबाट हस्तान्तरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकालाई ती सामग्री हस्तान्तरण गरिएको छ । ज्ञान ज्योति फाउण्डेशन प्रालिले ९ थान कम्प्यूटर, ४ थान प्रिन्टर,३ थान स्क्यानर, १० थान दराज, १२ थान कुर्सी, २ थान सोफा र २० थान प्लास्टिक कुर्सी फाउण्डेशनका संस्थापक अध्यक्ष टीकाबहादुर जिसी र निर्देशक…
Read More
झुम्का कारागारबाट फरार दिपेन लिम्बू सङ्खुवासभामा पक्राउ

झुम्का कारागारबाट फरार दिपेन लिम्बू सङ्खुवासभामा पक्राउ

मकवानपुर । सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका दिपेन लिम्बू सङ्खुवासभामा पक्राउ परेका छन् ।प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ बजे गोप्य सूचनाका आधारमा मादी नगरपालिका–३ जिमी गाउँमा उनको घरमा छापा मारेको थियो । प्रहरी सहायक निरीक्षक धाकबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको चार जनाको टोलीले कोठामा सुतिरहेको अवस्थामा लिम्बूलाई नियन्त्रणमा लिएको हो । हाल उनलाई प्रहरी चौकी मङ्गलबारेमा राखिएको छ । जिल्ला अदालत इनरुवाको आदेशअनुसार कर्तव्य ज्यान मुद्दामा लिम्बू पुर्पक्षका लागि २०८० भदौ २५ गते झुम्का कारागार चलान भएका थिए । तर भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार लिम्बू घरमै लुकेर बसेको अवस्थामा पक्राउ परेको…
Read More
आज पनि वर्षाको सम्भावना

आज पनि वर्षाको सम्भावना

मकवानपुर । स्थानीय वायु सक्रिय भएकाले आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । बुधबार कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्मै परेको पानी गएरातिदेखि कम भएको थियो । तर आजै फेरि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । मौसमविद हरिप्रसाद दाहालका अनुसार आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान छ । खण्डित रुपमा एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने उनले बताए । आज असोज ९ गतेदेखि बंगालको खाडीमा पानी पार्ने एउटा प्रणाली विकसित भएको र त्यसको आंशिक असर नेपालमा पनि पर्नसक्ने…
Read More
चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन तीव्र

चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन तीव्र

मकवानपुर । चाडपर्वलाई लक्षित गरी सप्तरीको राजविराजमा बजार अनुगमन तीव्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीको नेतृत्वमा स्थानीय सरोकारवाला कार्यालयको प्रतिनिधिसहितको टोलीले अनुगमन तीव्र पारेको हो । चाडपर्वको बेला उपभोक्ता बढी ठगिने संभावना भएकाले चाडपर्वलाई लक्षित पारेर अनुगमन थालेको अनुगमन टोलीलाई नेतृत्व गरिरहनु भएका जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ अनुगमनको पहिलो दिन बुधबार राजविराजको किराना पसलहरूको अनुगमन गरिएको हो । अनुगमनको क्रममा म्याद गुज्रिएको फेन्टा, स्प्राइट, कोक तथा अन्य केही सामान फेला परेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सुशील कर्णले जानकारी दिनुभयो । अनुगमन टोलीले म्याद गुज्रिएको सामग्री बरामद गरेर नष्ट गरेको…
Read More
सुकिला नोट साट्न बैङ्कमा घुइँचो

सुकिला नोट साट्न बैङ्कमा घुइँचो

मकवानपुर । दसैँलाई लक्षित गरी नेपाल बैङ्क लिमिटेड बागलुङले खुद्रा नोट साट्न सुरु गरेको छ । सर्वसाधारणका लागि बैङ्कले सुकिला नोट साट्ने गरी व्यवस्था मिलाएको हो । विजयादशमीको दिन टीका लगाएपछि आफन्तलाई दक्षिणास्वरुप प्रदान गरिने खुद्रा नोट साट्नका लागि सर्वसाधारणको बैङ्कमा घुइँचो लागेको छ । सर्वसाधारणको ५, १०, २०, ५० र १०० रुपियाँका सुकिला खुद्रा नोट साट्न बैंकमा लाइन बसेका छन् । दसैँका लागि आवश्यक पर्ने खुद्रा नयाँ नोट साट्न बैङ्कमा आएको मूलपानीकी सुशीला शर्माले बताउनुभयो । सुकिला नोट साट्न गाउँ गाउँबाट सर्वसाधारणहरु बैङ्कमा आएका छन् । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपियाँसम्मका नयाँ सुकिला नोट साट्ने गरी व्यवस्था मिलाइएको…
Read More
मुग्लिन नौबिसे सडक खुल्यो, तुइनखोलाको पहिरो पन्छाउने क्रम जारी

मुग्लिन नौबिसे सडक खुल्यो, तुइनखोलाको पहिरो पन्छाउने क्रम जारी

मकवानपुर । मुग्लिन नौविसे सडकखण्डअन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । बुधबार राति ९ बजे पहिरो खसेर दुईतर्फी नै सडक बन्द रहेकोमा रातभर काम गरेपछि बिहानबाट यातायात सञ्चालनमा आएको हो । अहिले दुईतर्फी नै गाडी सञ्चालन भएको मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्मिच खण्डका प्रमुख केदार नेपालले जानकारी दिनुभयो । यस सडकखण्डमा खसेको पहिरो पन्छाए पनि फेरि पहिरो झर्ने जोखिम भने कायम रहेको उहाँले जानकारी दिनुभयो । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा मङ्गलबारदेखि बन्द भएको सडक अझै खुलेको छैन । बुधबारदेखि नै पहिरो पन्छाउने काम भए पनि ठुलो पहिरो खसेका कारण काम गर्न कठिन भएको…
Read More
जंगली हात्तीको आक्रमण: झापामा एकको मृत्यु

जंगली हात्तीको आक्रमण: झापामा एकको मृत्यु

मकवानपुर । झापाको विर्तामोड नगरपालिका-७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । विर्तामोड-७ खालबाडीमा नाम, ठेगाना नखुलेका करिब ३६ वर्षीय पुरुषको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो । पुरुषको शव आज बिहान ६ः२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Read More
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

मकवानपुर । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपरासी पूर्वस्थित पूव-पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली-मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्…
Read More
आगजनीबाट ध्वस्त घरअगाडि पत्रकार सम्मेलन

आगजनीबाट ध्वस्त घरअगाडि पत्रकार सम्मेलन

मकवानपुर । कर्णाली प्रदेशका प्रदेश अस्पतालका पूर्वनिर्देशक डा. डम्बर खड्काले आफू राजनीतिक गतिविधिमा संलग्न नभए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा आफ्नो घरमा आगजनी गरेर ध्वस्त बनाइदिएको गुनासो गर्नुभयो । जेनजी पुस्ताले आन्दोलनका क्रममा गत भदौ २४ गते वीरेन्द्रनगर नगरपालिका–७ स्थित इत्राममा नवनिर्मित घरमा आगजनी गरी पूर्ण रूपमा नष्ट गरिदिएको छ । डाक्टर खड्का कांग्रेस केन्द्रीय उपसभापति एवं पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्काका माइलो भाइ हुनुहुन्छ । डाक्टर खड्काको घरमा मात्र होइन, पूर्णबहादुर खड्काका साइलो भाइ एवं कांग्रेस सुर्खेतका उपसभापति विष्णुबहादुर खड्काको घरमा पनि जेनजी पुस्ताको आन्दोलनको भिडले आगजनी, तोडफोड गरेको छ । दुई सातापछि आगजनीबाट ध्वस्त भएको घरअगाडि पत्रकार सम्मेलन गर्दै उहाँले ४१ वर्षको आफ्नो मेहनतको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.