२०८२ फाल्गुन २३, शनिबार ०४:५१
२०८२ फाल्गुन २३, शनिबार ०४:५१
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सानदार जित हासिल गर्दै ह्याट्रिक पूरा गरेका छन्। शनिबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै पुन: संसदको यात्रा तय गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत मात्रै पाइन्। लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ रहेको छ, जुन यो क्षेत्रको निर्वाचन इतिहासमै निकै शक्तिशाली अन्तर हो। त्यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेकपाका प्रताप गुरुङले…