२०८२ फाल्गुन ५, मंगलवार १०:०७
२०८२ फाल्गुन ५, मंगलवार १०:०७
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो । आज ३५४ कम्पनीको दुइ करोड पाँच लाख ५९ हजार ५५ कित्ता शेयर ८३ हजार ७५ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३६ करोड ४४ लाख २४ हजार २४ हजार ५५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । म्युचुअल फन्ड उपसमूहको सूचक शून्य दशमलव ५६ र व्यापार समूह शून्य दशमलव २२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ४५, विकास बैंक एक दशमलव १८, वित्त दुई दशमलव…
२०८२ फाल्गुन ५, मंगलवार ०८:११
२०८२ फाल्गुन ५, मंगलवार ०८:११
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । अहिले उनलाई परिसर ल्याइएको एसपी भट्टराईले बताए । यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । लगत्तै उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए । प्रहरी स्रोतका अनुसार, निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको हो ।
२०८२ फाल्गुन ५, मंगलवार ०६:५१
२०८२ फाल्गुन ५, मंगलवार ०६:५१
भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए । प्रबन्ध निर्देशक पौडेलले भने, “प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरेका छौँ । ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउँछौँ ।” केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ…
२०८२ फाल्गुन ५, मंगलवार ०६:३५
२०८२ फाल्गुन ५, मंगलवार ०६:३५
मकवानपुर । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा पुनः चोरी गर्दागर्दै रङ्गेहात पक्राउ परेका छन्। बाराको प्रसौनी गाउँपालिका वडा नं. १ बस्ने २६ वर्षीय विशाल मुखियालाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले फागुन ४ गते पक्राउ गरेको हो। मुखिया प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गरिरहेको अवस्थामा फेला परेका थिए। पक्राउ परेका मुखिया यसअघि नै गम्भीर अपराधमा सजाय काटिरहेका व्यक्ति हुन्। उनलाई मकवानपुर जिल्ला अदालतले किर्ते र डाका मुद्दामा ५ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सोही सजाय भुक्तानका लागि भीमफेदी कारागारमा रहेका उनी गत २०८२ भदौ…
२०८२ फाल्गुन ५, मंगलवार ०६:२५
२०८२ फाल्गुन ५, मंगलवार ०६:२५
तौलिहवा । कपिलवस्तुको तौलिहवा बहादुरगञ्ज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार तौलिहवा बहादुरगञ्ज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद वस्तु फेला परेको बताउनुभयो । उहाँले शङ्कास्पद वस्तु फेला परेको ठाउँमा नेपाल प्रहरीको टोली पुगिसकेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर भइरहेको बताउनुभयो । सोबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
२०८२ फाल्गुन ५, मंगलवार ०६:१६
२०८२ फाल्गुन ५, मंगलवार ०६:१६
मकवानपुर । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य घटेको छ । भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ८५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ८ सय ६० रुपैयामा कारोबार भएको थियो ।
२०८२ फाल्गुन ५, मंगलवार ०६:०७
२०८२ फाल्गुन ५, मंगलवार ०६:०७
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज (मंगलबार) आह्वान गरेको नेपाल बन्द घोषणासंगै मकवानपुरको हेटौंडामा शङ्कास्पद बस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ स्थित चिसापानीमा खतरा लेखिएको शङ्कास्पद बस्तु फेला परेको हो । उक्त फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बिहान करिब ५ः१५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरी मोबाइल मोटरसाइकल गस्ती टोलीले धरान–चतरा सडकखण्डको बिच भागमा एउटा शङ्कास्पद वस्तु फेला पारेको थियो । सेतो कपडाले बेरिएको उक्त वस्तुको बाहिरपट्टि खतरा लेखिएको थियो । सडकको बिचमै शङ्कास्पद वस्तु देखिएपछि केही बेर उक्त सडकखण्डमा सवारी आवागमनमा समेत अवरोध पुगेको थियो ।…
२०८२ फाल्गुन ५, मंगलवार ०५:५८
२०८२ फाल्गुन ५, मंगलवार ०५:५८
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध तस्करी विरुद्धको सक्रियता बढाउँदै माघ महिनामा मात्रै १ सय ८७ किलोग्राम ७८४ ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । यो परिमाण पुस महिनाको तुलनामा ३४ किलोग्राम ४१४ ग्रामले बढी रहेको छ । गत पुस महिनामा मकवानपुर प्रहरीले १ सय ५३ किलोग्राम ३७० ग्राम गाँजा समातेको थियो । प्रहरीले माघ महिनामा जिल्लाका विभिन्न स्थानबाट गाँजाका अतिरिक्त १ सय २१ किलोग्राम ४६६ ग्राम चरेश, २ किलोग्राम अफिम, १७ ग्राम ३४० मिलीग्राम खैरो हिरोइन, ७५० वटा नाइट्राजेपाम र १७५ वटा ट्रमाडोल ट्याब्लेट बरामद गरेको छ । यसअघि पुस महिनामा मकवानपुर प्रहरीले २ ग्राम १२९ मिलीग्राम खैरो…
२०८२ फाल्गुन ४, सोमबार ०८:०३
२०८२ फाल्गुन ४, सोमबार ०८:०३
मकवानपुर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित समाचार प्रकाशित गर्ने अनलाइनमाथि आवश्यक कारबाहीका लागि पत्र पठाएको छ। आयोगले सेतोपाटी अनलाइनले आचारसंहिता विपरीत समाचार लेखेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार पत्राचार गरेको हो । आयोगले प्रेस काउन्सिललाई पठाएको पत्रमा भनिएको छ, सेतोपाटी अनलाइनले मिति २०८२-११-०३ मा चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचनः रेणु दाहाल दोस्रो र मिति २०८२-११-०४ मा भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे वालेनको तर्क गलत छ शिर्षकमा समाचार प्रकाशन गरेको सम्बन्धमा आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । उल्लिखित सन्दर्भमा ऐ. अनलाईनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको उम्मेदवारको मनोनयन…