Alag Dhar

अलगधार

अलगधार

1598 Posts
बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु

बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु

सुर्खेत । जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ । बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पु¥याइए पनि ज्यान बचाउन नसकिएको बताए ।
Read More
महाशिवरात्रि पर्व आज: शिवालयहरूमा भक्तजनको भीड

महाशिवरात्रि पर्व आज: शिवालयहरूमा भक्तजनको भीड

मकवानपुर । आज भगवान् शिवको आराधना गर्ने महान् पर्व महाशिवरात्रि देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। विशेषगरी पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार महाशिवरात्रि मनाइनुका विभिन्न आधार छन्। एक मान्यताअनुसार आजकै रात भगवान् शिवले ताण्डव नृत्य गरेको विश्वास गरिन्छ। अर्को विश्वासअनुसार शिव र पार्वतीको विवाह सम्पन्न भएको दिनका रूपमा पनि शिवरात्रिलाई स्मरण गरिन्छ। यस दिन भक्तजनहरूले उपवास बस्ने, शिवलिङ्गमा जल, दूध तथा बेलपत्र अर्पण गर्ने, रात्रिभर जाग्राम बसी भजन–कीर्तन गर्ने परम्परा निर्वाह गर्छन्। महाशिवरात्रिलाई अन्धकारमाथि प्रकाश, अज्ञानमाथि ज्ञानको विजयको प्रतीकका रूपमा पनि व्याख्या गरिन्छ। रातभर जाग्राम बसी भजन–कीर्तन गर्ने चलन पनि रहेको छ।…
Read More
आज सेना दिवस

आज सेना दिवस

मकवानपुर । नेपाली सेनाले २६३ औं वार्षिकोत्सव मनाउँदैछ। सेनाले आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी वार्षकोत्सव मनाउँदै छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ। सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ। जङ्गी अङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइने सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए। सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका…
Read More
दार्चुलामा वृद्धाको हत्या गरी गहना लुटपाट गरेका २ जना पक्राउ

दार्चुलामा वृद्धाको हत्या गरी गहना लुटपाट गरेका २ जना पक्राउ

धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथलाई पक्राउ गरेको हो । उनकाअनुसार पक्राउ परेका साउद ट्याक्टर चालक हुन् भने नाथ उनको सहयोगीका रूपमा काम गर्थे । मृतक जोशीका छिमेकी समेत रहेका ट्याक्टर चालक साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरिएको पाइएको प्रहरीले जनाएको छ । संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापा…
Read More
टी–२० विश्वकपमा जिम्बावेले अस्ट्रेलियालाई हरायाे

टी–२० विश्वकपमा जिम्बावेले अस्ट्रेलियालाई हरायाे

मकवानपुर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बावेले लगातार दोस्रो जीत हासिल गरेको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमादासा स्टेडियममा आज भएको खेलमा जिम्बावेले अस्ट्रेलियालाई २३ रनले हरायो । जिम्बावेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ३ बलमा १ सय ४६ रन बनाउँदा सबै विकेट गुमायो । अस्ट्रेलियाका म्याट रेनशाले ६५ रन बनाए । जिम्बावेका ब्लेसिङ मुजरबानीले ४, ब्राड इभान्सले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको थियो । जिम्बावेका ब्रायन बेनेटले नटआउट ६४ रन बनाए । अस्ट्रेलियाका मार्कस स्टोइनिस र क्यामरुन ग्रीनले १र१ विकेट लिए ।…
Read More
प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनबारे परामर्श

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनबारे परामर्श

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गर्नुभएको छ । शुक्रबार बिहान ताप्लेजुङ आउनुभएको प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा परामर्श गर्नभएको हो । ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठसहित जिल्लाको सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीले निर्वाचनबारे परामर्श गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ताप्लेजुङ जिल्ला अदालतमा प्रधानमन्त्री कार्कीले परामर्श गर्दै चुनावी वातावरणबारे जानकारी लिनुभएको छ । दक्षिणपूर्वमा भारतको सिक्किम र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङमा रहेका अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन प्रम कार्कीले निर्देशन…
Read More
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे

मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत परिसरमा उनलाई स्वागत गर्न समर्थक पुगेका थिए। उनलाई स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान लगायत विभिन्न राजावादी समूहहरूले विमानस्थलमा उपस्थित हुन आह्वान गरेको थियो। विमानस्थल परिसरमा केही समय समर्थकहरूको उपस्थिति बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो। पूर्वराजा ज्ञानेन्द्र पछिल्लो समय देशका विभिन्न जिल्लामा धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन्।
Read More
विश्व रेडियो दिवस आज

विश्व रेडियो दिवस आज

हेटौँडा । आज विश्व रेडियो दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवम् साँस्कृतिक संगठन (युनेस्को) को आव्हानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो । लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापीरुपमा सबैभन्दा बढी सुनिने माध्यम…
Read More
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९८ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८९ रुपैयाँ १६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर…
Read More
पश्चिमी वायु सक्रिय, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायु सक्रिय, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.