Alag Dhar

अलगधार

अलगधार

1598 Posts
तीन हजार रूपैयाँले घट्यो सुनको भाउ

तीन हजार रूपैयाँले घट्यो सुनको भाउ

मकवानपुर । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रूपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ४० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ…
Read More
टी–२० विश्वकप : इटालीसँगको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै

टी–२० विश्वकप : इटालीसँगको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाण्डौं । आईसीसी टी–२० विश्वकपमा इटालीसँगको खेलमा नेपालले टस हारेको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी म्यानेन्टीले टस जितेर बलिङ रोजेका छन् । आजको खेलमा नेपालका ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गर्दैछन् । उनी शेर मल्लको ठाउँमा टोलीमा परेका हुन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । यस्तै इटाली पहिलो खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो । समूह ‘सी’ मा नेपाल चौथो र इटाली पुछारमा छन् । टी–२० विश्वकपमा आज भएको पहिलो खेलमा ओमानलाई १०५ रनले हराउँदै श्रीलङ्काले लगातार दोस्रो जीत हासिल गरेको…
Read More
रुकुम पश्चिममा एक पुरुषको शव फेला

रुकुम पश्चिममा एक पुरुषको शव फेला

काठमाडौं । रुकुम पश्चिममा एक व्यक्तिको शव फेला परेको छ । खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । त्रिवेणी गाउँपालिका(२ बर्खे टाकुराका ४६ वर्षीय लालबहादुर कठायत सोही वडास्थित रुघा खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् । स्थानीयले आज बिहान खोलामा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोला तर्ने क्रममा चिप्लिएर लडेको हुनसक्ने र निस्किन नसकेपछि डुबेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए । कठायतको शव भेटिएको खोला बगाउन सक्ने खालको भने छैन । रातिको समय भएकोले कसैले नदेखेको र खोला बाहिर निस्कन सक्ने अवस्था नभएपछि उनको…
Read More
‘साँढेको जुधाई, बाच्छाको मिचाई’ नहोस् भन्ने चिन्ता छ : प्रचण्ड

‘साँढेको जुधाई, बाच्छाको मिचाई’ नहोस् भन्ने चिन्ता छ : प्रचण्ड

बागलुङ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने टिप्पणी गरेका छन् । बागलुङ बुर्तिबाङका जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै उनले राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन गएको बताए । भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर विशेष पहल लिएर संकटबाट जोगाएको उनको भनाइ छ । ‘२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन,…
Read More
मकवानपुरका दुबै निर्वाचन क्षेत्रका उम्मेदवारहरु सामाजिक सञ्जालमा सक्रिय, चुनावी प्रचारको डिजिटल मोह

मकवानपुरका दुबै निर्वाचन क्षेत्रका उम्मेदवारहरु सामाजिक सञ्जालमा सक्रिय, चुनावी प्रचारको डिजिटल मोह

मकवानपुर । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुरको क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २—का उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत चुनावी प्रचारलाई तीव्र बनाएका छन्। परम्परागत घरदैलो र आमसभासँगै डिजिटल प्लेटफर्मलाई प्रभावकारी माध्यमका रूपमा उपयोग गर्दै उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। जिल्लाको दुइ वटै निर्वाचन क्षेत्रमा ४४ जना उम्मेदवार चुनावी मैदानमा छन् । ती मध्य अधिकांश उम्मेदवारहरु जनताको घरदैलो संगै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहेका छन् । फेसबुक, ट्युटर, टिकटक, इन्स्टाग्राम मार्फत उम्मेदवारहरूले आफ्ना एजेण्डा, विकास योजना, प्रतिबद्धता तथा चुनावी गतिविधिहरू सार्वजनिक गरिरहेका छन्। विशेषगरी युवा मतदातालाई लक्षित गर्दै फोटोहरु, आफ्ना मतदाताहरुलाई सन्देशहरु, छोटा भिडियो सन्देश, र घोषणापत्रका मुख्य अंशहरू…
Read More
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

मकवानपुर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ । तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति तराईका केही…
Read More
कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी, सबै यात्रु सकुशल

कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी, सबै यात्रु सकुशल

बुटवल । कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी भएको छ । जिल्लाको हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा आज बिहान काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी भएको हो । बस जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् । गुडिरहेको बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो । यसपछि बस सडक छेउमा रोकिएर पछि यात्रु ओर्लिएका थिए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले स्थानीय, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको…
Read More
विश्वकै चौथो प्रदूषित सहर काठमाडौं

विश्वकै चौथो प्रदूषित सहर काठमाडौं

मकवानपुर । राजधानी काठमाडौंको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । काठमाडौं बिहीबार बिहान विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो । आईक्यू एयरको तथ्याङ्क अनुसार काठमाडौं बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको छ । हाल यहाँ हावाको एक्यूआई १८८ रहेको छ । यहाँको हावामा पीएम २.५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१.७ गुणा बढी रहेको छ । विश्वकै प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल सहर छ । भारतको राजधानी नयाँ दिल्ली काठमाडौंपछि पाँचौँ स्थानमा रहेको छ । यस्तो छ शीर्ष १०…
Read More
चितवनमा सवारी दुर्घटना: स्कार्पियोले अटोरिक्सालाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

चितवनमा सवारी दुर्घटना: स्कार्पियोले अटोरिक्सालाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

चितवन । गीतानगरमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिएको थियो । घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Read More
टी–२० विश्वकप: दोस्रो खेलमा आज नेपाल इटलीसँग भिड्दै

टी–२० विश्वकप: दोस्रो खेलमा आज नेपाल इटलीसँग भिड्दै

मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग खेल्दै छ । समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ । नेपाल र इटली दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । नेपाल इंग्ल्यान्डसँग तथा इटली स्कटल्यान्डसँग पराजित भएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । नेपाल र इटली १३ वर्षपछि फरक फर्म्याटमा भिड्न लागेका हुन् । सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो । तर त्यो ५० ओभरको खेल थियो । बिहीबार हुने खेल यी दुई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.