Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
चुनावी सुरक्षा तयारी सुदृढ गर्न प्रधानमन्त्री कार्कीको सेनालाई निर्देशन

चुनावी सुरक्षा तयारी सुदृढ गर्न प्रधानमन्त्री कार्कीको सेनालाई निर्देशन

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सुरक्षा तयारीबारे प्रत्यक्ष जानकारी लिनुभएको छ । निरीक्षणका क्रममा नेपाली सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती र निकट भविष्यका योजनामाथि विस्तृत ब्रिफिङ प्रस्तुत गरेको थियो। सेनाले चुनाव सुरक्षाका लागि सैनिक परिचालनको योजना, संरचना र समन्वय प्रक्रियाबारे पनि विस्तृत प्रस्तुतीकरण गरेको जनाएको छ। प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारले मुलुकभर शान्ति–सुरक्षा कायम गर्दै निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउनु राष्ट्रिय उत्तरदायित्व रहेको उल्लेख गर्नुभयो। उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सेनाले पाएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह…
Read More
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर । धरान उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान धरान –८ तिनकुनेस्थित कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ जाँदैगरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकलले प्र.१–०२–००१ ख ८७५७ नम्बरको रोडको साइडमा रोकी राखेको ट्रकमा पछाडिबाट ठक्कर दिई दुर्घटना भएको हो । मोटरसाइकल चालक र मोटरसाइकलमा सवार रहेको दुवै जना घाइते भई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको थियो । उपचारको क्रम्मा एक जनाको मृत्यु भएको अस्पतालले जानकारी गराएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबू राईले बताउनुभयो । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका –४ बस्ने मोटरसाइकल चालक २५ वर्षीय मन्जिल लिम्बू…
Read More
पतेरो किरा खोज्नेको भिड

पतेरो किरा खोज्नेको भिड

मकवानपुर । समूहमा बस्ने, समात्न सजिलो हुने र राम्रो मूल्य आउने भएपछि खोला किनारामा ढुङ्गामुनि बस्ने पतेरो किरा खोज्नेको भिड नै लाग्ने गरेको छ । एक परिवारका चार जनाले एक बिहान खोज्दा एक किलोसम्म पतेरो किरा समाउँदा खोलामै तीन हजार दुई सय रुपियाँ पाउँछन् । खोलामा नै खरिद गर्ने र नगद पाउने भएपछि धादिङ, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकका नदी किनारामा बस्ने अहिले बालुवा चाल्न र माछा मार्न छाडेर पतेरो किरा समाउन थालेका छन् । समूहमा बस्ने पतेरो किरा समाउन स्थानीयको बास खोला किनारामा हुन थालेको छ । साँझ र बिहान समाउन सजिलो हुने र राम्रो मूल्य आउने भएपछि धादिङको त्रिशूली नदी, लमजुङको बोराङखोला र चेपेखोला,…
Read More
गैरघातक हतियार किन्दै सरकार

गैरघातक हतियार किन्दै सरकार

मकवानपुर । सरकारले गैरघातक हतियार खरिद गर्ने भएको छ । २३ र २४ भदौको जेनजी आन्दोलनमा घातक हतियार प्रायेग भएको सन्दर्भमा प्रश्न उठेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार गैरघातक हतियार नहुँदा घातक हतियार नै प्रयोग गर्नुपर्ने बाध्यता भएकाले त्यस्तो बाध्यता हटाउन गैरघातक हतियारको जोहो गर्न लागिएको हो । ‘मानवीय क्षति भन्ने कुरालाई हामीले गहिरो हेर्दा लेथल र ननलेथल दुई प्रकारका हतियारहरूमध्ये ननलेथल पर्याप्त भयो भने घातक हतियारहरू प्रयोग गर्न नपर्ने अवस्था आउने रहेछ,’ बिहीबार संसदीय समितिको बैठकमा उनले भने । उनका अनुसार आत्मरक्षाका लागि समेत घातक हतियार प्रयोग गर्नुपर्ने अवस्थाले मानवीय क्षति गराउने भएकाले गैरघातक हतियार आवश्यक भएको निष्कर्षमा…
Read More
हेटौंडामा २५ गजभित्रका विद्युत् संरचना हटाउन प्राधिकरणको सूचना

हेटौंडामा २५ गजभित्रका विद्युत् संरचना हटाउन प्राधिकरणको सूचना

मकवानपुर । बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले अबको केही दिनमै विस्तार हुन लागेको राजमार्गको २५ गजभित्र पर्ने संरचनाहरूबाट विद्युतीय मिटरलगायतका उपकरण हटाउन बिहीबार सूचना जारी गरेको छ। महेन्द्र राजमार्गको हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक र राप्ती पुलसम्म, साथै त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडक सीमा खाली गराउने काम अगाडि बढेकाले विद्युतीय संरचना स्थानान्तरण आवश्यक भएको प्राधिकरणले जनाएको छ। राजमार्गको दायाँ–बायाँ २५र२५ गजभित्र रहेका मिटरबक्स, पोल र अन्य विद्युतीय उपकरण हटाउन उपभोक्तालाई छिटो भन्नै वितरण केन्द्रसँग समन्वय गर्न आग्रह गरिएको छ। विद्युत् संरचना स्थानान्तरणकै क्रममा दुर्घटना र क्षति हुन नदिन प्रभावित क्षेत्रका उपभोक्तालाई विशेष सावधानी अपनाउन समेत वितरण केन्द्रले अनुरोध गरेको छ।
Read More
चुनाव लड्न चाहने दलको संख्या १०८ पुग्यो

चुनाव लड्न चाहने दलको संख्या १०८ पुग्यो

मकवानपुर । २१ फागुनमा तय भएको प्रतिनिधिसभाको चुनाव लड्न चाहने दलको संख्या १०८ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको हो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थपिएर आइतबारसम्म पुगेको छ । यसबीचमा अझ केही दल थपिन सक्नेछन् । निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेका दलको संख्या १६ छ । ती दलले आधिकारिता पाएको खण्डमा समेत निर्वाचन प्रयोजनका लागि दल दर्तामा जान सक्दछन् । ४ मंसिर २०७९ को प्रतिनिधिसभाको चुनावमा ८४ वटा दलले सहभागिता जनाएका थिए । यसपटक यो संख्या उल्लेख्य बढेको छ । निर्वाचन…
Read More
नेपालगन्जमा प्रहरीद्वारा गोली  र पेस्तोल बरामद

नेपालगन्जमा प्रहरीद्वारा गोली र पेस्तोल बरामद

मकवानपुर । केही दिनदेखि बाँकेका विभिन्न स्थानमा सुरक्षा चेकजाँच कडा पार्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट पेस्तोल र गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले नेपालगन्ज २ बसपार्क क्षेत्रबाट गस्तीमा रहेको प्रहरीले पेस्तोल बरामद गरेको बताउनुभयो । उहाँले पेस्तोलसँगै म्याग्जिन र दुई राउण्ड गोलीसमेत बरामद गरिएको जनाउनुभयो । सो पेस्तोल कसले ल्याएको वा कसले प्रयोग गरेको हो भन्ने कुरा यकिन हुन नसके पनि उक्त पेस्तोल प्रयोग गरेको आशङ्कामा प्रहरीले बसपार्क क्षेत्रबाटै एक जनालाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो । सो पेस्तोल र गोली बरामद…
Read More
गोरखामा सुन्तला खोज्दै व्यापारी बारीमा

गोरखामा सुन्तला खोज्दै व्यापारी बारीमा

मकवानपुर । सुन्तलाका लागि प्रख्यात जिल्ला भनेर चिनिएको गोरखामा सुन्तला पाक्ने मौसम सुरु भएसँगै खरीद बिक्रीमा सक्रियता बढेको छ । बिगत वर्षहरुका तुलनमा यो वर्ष गोरखाामा उत्पादन केहि राम्रो भएपछि काठमाडौँ र चितवनका व्यापारीहरु बारी बारीमै पुगेर सुन्तलाको फल हेरेर मूल्य गरी सम्झौता गरेर जाने गरेका छन् । विशेष गरी सुन्तलाको पकेट क्षेत्र भनेर गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका क्षेत्रहरुका बारीमा व्यापारीहरुको चहलपहल बढेको गोरखा नगरपालिका – ४ फिनामका सुन्तला किसान अर्जुन प्रताप राणले बताउनुभयो । उहाँका अनुसार यस वर्ष सुन्तलाको खेतीका लागि उपयुक्त मौसम भएकाले पनि दाना ठुलो र रसिलो भएको छ । सुन्तलालाई…
Read More
आज अमेरिकी डलर भाउ कति ?

आज अमेरिकी डलर भाउ कति ?

मकवानपुर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा कायम गरिएको छ…
Read More
हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको  मृत्यु

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मुत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौंडा उपमहानगरपालिका-१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोम रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। पशुपतिनगरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौंडा अस्पताल मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.