Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
दुध र अण्डा उत्पादनमा आत्मानिर्भर बन्यो नवलपुर

दुध र अण्डा उत्पादनमा आत्मानिर्भर बन्यो नवलपुर

मकवानपुर । नवलपुरले दुध र अण्डामा आत्मनिर्भर भएको छ । माछा र मासुमा भने आत्ममनिर्भरउन्मुृख भएको बताइएको छ । जनसंख्याका आधारमा हरेक व्यक्तिलाई वार्षिक ९१ लिटर दुध आवश्यक पर्छ । यहाँ एकसय ३२ लिटर दुध उत्पादन हुनेगरेको छ । त्यस्तै अण्डा वार्षिक प्रतिव्यक्ति ४७ गोटा आवश्क पर्नेमा एकसय ८६ गोटा उत्पादन हुनेगरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द नवलपुरले जनाएको छ । कार्यालय प्रमुख डा. शर्मिला कुमालका अनुसार प्रतिव्यक्ति वार्षिक १४ किलो माछा र मासु आवश्यक पर्नेमा हाल १२ दशमलव ५७ किलो उत्पादन हुने गरेको छ । उपलब्धता र आवश्यकताका हिसावले माछा र मासुमा झण्डै डेढ किलो अपुग रहेको डा.…
Read More
माओवादी केन्द्रको बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी

माओवादी केन्द्रको बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक आज दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा जारी छ। बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरूमाथि विभिन्न टोलीका नेताहरू र बाँकी पदाधिकारीहरूले धारणा राख्ने क्रम जारी छ । यो समाचार तयार पर्दासम्म बैठकमा नन्दकिशोर पुन, वर्षमान पुन, पम्फा भुसाल, देवप्रसाद गुरुङलगायतका वक्ताहरूले आ–आफ्नो धारणा राखिरहनुभएको छ ।
Read More
एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा

एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा

मकवानपुर । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु गरेको छ । सो प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले सो प्रणालीको सुभारम्भ गर्नुभयो । सरकारी निकायबाट सम्पादन हुने कामलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, चुस्त र पारदर्शी रुपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोगमा ल्याइएको अर्थ मन्त्रालयलयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले सो प्रणालीको विकास गरेको हो । एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरी विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन…
Read More
मुख्यमन्त्री आचार्यद्वारा विपद्पछि संरचनाको अनुगमन

मुख्यमन्त्री आचार्यद्वारा विपद्पछि संरचनाको अनुगमन

मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका क्रममा पश्चिम नवलपरासीमा क्षति पुगेका सरकारी तथा निजी संरचनाको आज अनुगमन गर्नुभएको छ। आगजनी र तोडफोडका कारण सरकारी कार्यालयका भवन र कागजात नष्ट भएको भन्दै उहाँले यसलाई गम्भीर अपराधिक कार्यका रूपमा टिप्पणी गर्नुभयो। मुख्यमन्त्री आचार्यले भन्नुभयो, “जेनजी पुस्ताले भ्रष्टाचार र सुशासनलाई मुख्य एजेन्डा बनाएर आन्दोलन गरेका थिए, तर यसरी संरचना जलाउने काम उनीहरूबाट हुन सक्दैन। यो प्रतिशोधपूर्ण र आपत्तिजनक काम हो।” ध्वस्त भएका कार्यालयमार्फत सेवा प्रवाह नरोकिने बताउँदै मुख्यमन्त्रीले तत्काल राहत रकम पठाइएको र अस्थायी टेन्ट टाँगेर भएपनि जनतालाई सेवा दिन कर्मचारीलाई आह्वान गरिएको जानकारी दिनुभयो। पुनर्व्यवस्थापनका लागि प्रदेश सरकार अगाडि…
Read More
नेपालले सार्वजनिक गर्‍यो आफ्नै सामाजिक सञ्जाल: ग्लोबल डायरी

नेपालले सार्वजनिक गर्‍यो आफ्नै सामाजिक सञ्जाल: ग्लोबल डायरी

मकवानपुर । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको हो । व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइटी विज्ञ युवाले आफ्नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्ममा एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो…
Read More
धुलो र धुवाँ श्वासप्रश्वाससम्बन्धी रोगको प्रमुख कारण

धुलो र धुवाँ श्वासप्रश्वाससम्बन्धी रोगको प्रमुख कारण

मकवानपुर । पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी रोग बढ्दै गएको छ । सरकारी तथ्याङ्कले पनि श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या बढ्दै गएको देखाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७९-८० मा एक लाख ८७ हजार ८५७ र आर्थिक वर्ष २०८०-८१ मा दुई लाख ५९ हजार ११० जनामा श्वासप्रश्वासको समस्या देखिएको थियो । श्वासप्रश्वाससम्बन्धी तत्कालीन र दीर्घकालीन स्वास्थ्य समस्या निम्तिने चिकित्सक बताउँछन् । छातीरोग विशेषज्ञ डा। रवि महतले श्वासप्रश्वाससम्बन्धी समस्या दम, निमोनिया, क्षयरोग, फोक्सोको क्यान्सर, रुघाखोकीजस्ता स्वास्थ्य समस्या लिएर बिरामी अस्पतालमा पुग्ने गरेको जानकारी दिनुभयो । प्रमुख श्वासप्रश्वाससम्बन्धी समस्या दम : डा. महतका अनुसार श्वासप्रश्वाससम्बन्धी समस्या दम एक दीर्घकालीन स्वास्थ्य समस्या हो। खोकी…
Read More
‘राजनीतिप्रति घृणा फैलाउने काम भइरहेको छ’

‘राजनीतिप्रति घृणा फैलाउने काम भइरहेको छ’

मकवानपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैलाएर मुलुकलाई गतिहीन बनाउने प्रयास भइरहेको बताउनुभएको छ । मुलुकलाई गन्तव्यहीन बाटोमा लैजान खोज्नेहरुप्रति सचेत रहन उहाँले आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँग भक्तपुर गुन्डुस्थित निवासमा अध्यक्ष ओलीले छलफल गदैै सो कुरा बताउनुभएको हो । ‘प्रतिस्पर्धाको लोकतान्त्रिक राजनीति, मतदानबाट प्रतिनिधि छानिएर आउने व्यवस्थाप्रति घृणा फैल्याउने यो कस्तो गन्तव्य हो रु यसलाई आम पार्टी पङ्ति लोकतान्त्रिक शक्तिले खबरदारी गर्न म अपील गर्छु।’ राजनीतिक दलको झण्डा देश बचाउनका लागि उठाइने भएकाले दलबिहीन अवस्थाले मुलुकलाई हित नगर्ने भन्दै उहाँले थप्नुभयो, ‘विवेक शून्य, क्षतिग्रस्त…
Read More
अनुगमन अभियान तीव्र, म्याद गुज्रेका सामग्री बरामद

अनुगमन अभियान तीव्र, म्याद गुज्रेका सामग्री बरामद

मकवानपुर । चाडपर्वलाई लक्षित गरी सल्यानमा बजार अनुगमन तीव्र बनाइएको छ । जिल्लाको विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा ७२ हजार ४८० रुपियाँ मूल्य बराबरका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको चालु आव २०८२–८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माको नेतृत्वमा सिद्धकुमाख गाउँपालिकाको ढोरचौर र मोखला बजार क्षेत्रमा अनुगमन गरिएको थियो । अनुगमनमा पाँच वटा पसलबाट दुई हजार ४८० रुपियाँ बराबरका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको उद्योग कार्यालयका सूचना अधिकारी ध्रुवबहादुर खत्रीले जानकारी दिनुभयो । यसैगरी त्रिवेणी गाउँपालिकाले पनि बुधबार विभिन्न बजार क्षेत्रमा अनुगमन…
Read More
ट्रक अवरुद्ध हुँदा मोटरसाइकल ठोक्कियो — दुई जनाको मृत्यु

ट्रक अवरुद्ध हुँदा मोटरसाइकल ठोक्कियो — दुई जनाको मृत्यु

मकवानपुर । धनगढीमा सडकमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित सडक किनारमा रोकिएको सुपप्र ०१००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर जोराले दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय अनिस सिंह र पछाडि सवार १९ वर्षीय गणेश कुँवरको मृत्यु भएको बताउनुभयो । उहाँले गम्भीर अवस्थामा उद्धार गरेर सेती प्रादेशिक अस्पताल पुगाइएकोमा दुवै जनाको उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ…
Read More
पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

मकवानपुर । नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो । भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको हो । बुद्ध यएर भरतपुरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार अहिले १०० भन्दा बढी यात्रुको सङ्ख्या थपिएको छ । उहाँले भन्नुभयो, “सामान्य अवस्थामा ३०० देखि ३५० यात्रुले हवाई यात्रा गर्ने गरेको भए पनि अहिले ४६० हाराहारी पुगेका छन् ।” अन्य समयमाभन्दा चाडपर्वमा यात्रुको चाप बढ्ने भए पनि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.