२०८० असार २९, शुक्रबार ११:०२
२०८० असार २९, शुक्रबार ११:०२
चौतारा/ ८ औं सिन्धुपाल्चोक अन्तराष्ट्रिय ट्रेल रेस २०२३ शनिवार सम्पन्न भएको छ । प्रतियोगिता अन्र्तगत ६० किलोमिटर र २८ किलोमिटर गरी दुई बिधामा रेस गरिएको थियो । चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा ठूलो शिरुबारीबाट ६० किलोमिटरको रेस सुरू गरिएको थियो । यस्तै जलबिरेबाट अन्तराष्ट्रिय किसान अभियान ’ला भिए क्यामपेनसिना’को अन्तराष्ट्रिय समन्वय समितिको सदस्य प्रमेश पोख्रेलको प्रमुख आतिथ्यमा २८ किलोमिटर रेस सुरू गरिएको थियो । ६ घन्टा ९ मिनेट १२ सेकेण्डमा ६० किमीको दौड पूरा गर्दै वेद बहादुर सुनुवार प्रथम भए । दोस्रो हुने मनकुमार रोकामगरले ६ घण्टा १६ मिनेट ४६ सेकेण्ड समय लगाए तेस्रो हुने अशोक बरमले…
