Alag Dhar

खेलकुद


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आइसिसी टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

आइसिसी टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

मकवानपुर ।नेपालले आइसिसी टी–२० वरीयतामा एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सोमबार सार्वजनिक गरको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै नेपाल १७औं स्थानमा उक्लिएको हो । नेपाल यसअघि १८औँ स्थानमा थियो । नेपालले वरीयताका लागि ६९९७ अङ्क र १७५ रेटिङ पाएको छ । एसोसिएट देशमा नेपालभन्दा अगाडि नेनेदरल्यान्ड्स १३औँ, स्कटल्यान्ड १४औँ नामिबिया १५औँ र युएई १६औँ स्थानमा रहेको छ । यस्तै भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान क्रमश: शीर्ष १० मा यथावत छन् ।
Read More
टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग भिड्दै

टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग भिड्दै

मकवानपुर । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको दोस्रो खेलमा नेपाल आज कतारसँग भिड्दैछ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा राति ८:४५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यस खेल जिते नेपालको विश्वकप यात्रा सहज बन्नेछ । समूह चरणदेखि अपराजित नेपालले सुपर सिक्सको पहिलो खलमा आइतबार युएईमाथि एक रनको रोमाञ्चक जित हात पारेको थियो । यस्तै सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली ओमानसँग ३४ रनले पराजित भएको कतार पनि नेपालविरुद्ध जित निकाल्दै विश्वकमा छनोट हुने सम्भावना जीवित राख्ने लक्ष्यमा छ ।
Read More
आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

मकवानपुर ।आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँगको भेट पक्का गरेको हो । आइतबार अपरान्ह ४ः१५ बजे नेपाल र यूएई भिड्न लागेका छन् । सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ । सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग भिड्नेछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
Read More
स्वर्ण विजेता एरिकालाई स्वागत

स्वर्ण विजेता एरिकालाई स्वागत

मकवानपुर । मलेसियामा भएको विश्व कराते सिरिज–१ मा स्वर्ण पदक विजेता एरिका गुरुङलगायत खेलाडी टोलीलाई स्वागत गरिएको छ । मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिता एरिकाले ६८ केजीमाथि स्पर्धाको फाइनलमा एरिकाले ट्युनिसियाकी तेस्निम मास्कनीलाई २–० ले हराउँदै स्वर्ण जित्नुभएको हो । बुधबार राति स्वदेश फर्कनुभएकी एरिकालगायत टोलीलाई नेपाल कराते महासङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेर भब्य स्वागत गरेका हुन् । एरिकाले रिज–१ को प्रिक्वाटरफाइनलमा पोर्चुगलकी लोरेनजो हेलना, क्वाटरफाइनलमा जर्मनीकी रोहलमान चार्लोट र सेमिफाइनलमा चेक गणतन्त्रकी हकोभा अमाल्जीलाई पराजित गर्नुभएको थियो । हिमालयन वारियर नामले प्रख्यात एरिका १९औँ एसियाली खेलकुदमा रजत पदक जितेर चर्चामा आउनुभएको थियो । त्यसपछि उहाँले २०औँ सिनियर एकेएफ…
Read More
मलेशियासँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो

मलेशियासँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो

मकवानपुर । मलेशियासँगको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको पाँचौ तथा अन्तिम निर्णायक खेलमा नेपालले घरेलु टोली मलेशियालाई पाँच विकेटले हराएको हो । नेपालले शृङ्खला ३–२ ले जितेको हो । मलेशियाले जितका लागि दिएको एक सय चार रनको लक्ष्य नेपालले १८औं ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । रुवी पोद्दारले २६ र पुजा महतोले २३ रन बनाइन् । मलेशियाका नुर आल्या बत्रिसिया बिन्ती नोर्मिजान, माहिरा इज्जती र ऐना हामिजाह हाशिमले समान एक विकेट लिइन । त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको थियो ।…
Read More
सिटी, आर्सन र टोट्टनहाम विजयी

सिटी, आर्सन र टोट्टनहाम विजयी

मकवानपुर । म्यानचेस्टर सिटी, आर्सनल र टोट्टनहाम इएफएल (काराबाओ) कपको चौथो चरणमा पुगेको छ । बुधबार राति भएको खेलमा सिटीले लिग वान क्लब हडर्सफिल्ड टाउनलाई‌ २–१ गोलले हरायो । सिटीको जितमा फिल फोडेनले १८औँ र साभिन्होले ७४औँ मिनेटमा गोल गर्नुभयो । अन्य खेलमा आर्सनलले पोर्ट भेल एसीलाई २–०, टोट्टनहामले डनकास्टर रोभर्सलाई ३–० र न्युक्यासल युनाइटेडले ब्राडफोर्ड सिटीलाई ४–१ गोलले हराएको छ ।
Read More
टी–२० एसिया कप : बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा

टी–२० एसिया कप : बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा

मकवानपुर । साविक विजेता भारत युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा भारतले बङ्गलादेशलाइ ४१ रनले हरायो । भारतले सुपर चारमा लगातार दोस्रो जित निकालेको हो । एक खेल अगावै फाइनलमा स्थान बनाएको भारतले दुई खेलबाट चार अङ्क बनाएको छ । बङ्गलादेशको समान खेलबाट दुई अङ्क छ । जितका लागि भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १९।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा सकेटिएको थियो । बङ्गलादेशका लागि सैफ हसनले सर्वाधिक ६९ रन बनाउनुभयो । यस्तै परवेज हसन इटनले २१ रन बनाउनुबाहेक…
Read More
बङ्गलादेशसँग श्रीलङ्का हारेसँगै नेपाल सेमिफाइनलमा

बङ्गलादेशसँग श्रीलङ्का हारेसँगै नेपाल सेमिफाइनलमा

मकवानपुर । नेपाल श्रीलङ्कामा जारी यु–१७ साफको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० गोलले हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा लगातार दोस्रो हार खेपेसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समूहको पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएको थियो । सेमिफाइनलमा नेपालले भारत र पाकिस्तानमध्ये एउटा टोलीसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ बाट भारत र पाकिस्तानले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
Read More
पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम, तोडिन् अहिलेसम्मकै रेकर्ड

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम, तोडिन् अहिलेसम्मकै रेकर्ड

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरि कुण्डबाट शुरु गरिएको महिला ट्रेल र्समा खोटाङकि निर्मला राई प्रथम भएकी छिन् । २८ किलोमिटर लामो उक्त रेस २ घण्टा २८ मिनेटमा पूरा गर्दै राई प्रथम भएकी हुन् । पहाडी बाटोमा भएको उक्त रेस २ घण्टा ४९ मिनेटमा पार गर्दै ओखलढुंगाकि लाक्पा निङ्मा शेर्पा दोस्रो र २घण्टा ५८ मिनेटमा पार गर्दै सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङ तेस्रो भएकी हुन् । यसअघि २०७६ सालमा सम्पन्न सोही रुटको पाँचपोखरी रेसमा महिलातर्फ मञ्जु रावतले २ घण्टा ५२ मिनेटमा पार गरेकी थिइन् । आज सम्पन्न रेसमा प्रथम र दोस्रो हुने दुवैले सो समय भन्दा अगाडि नै दौड पूरा गरेका छन्…
Read More

मालिकादेवी कपकाे उपाधि रोयल फेमिली चौतारालाई

मेलचौर युवा जागरण समाजद्वारा आयोजित तेस्रो संस्करणमाको मालिकादेवी कप सेभेन ए साइड नगर कप फुटबल प्रतियोगिताको उपाधि रोयल फेमिली चौताराले जितेको छ। शुक्रबार सम्पन्न फाइनलका खेलमा रोयल फेमेली चौताराले महाङ्काल भुमि तामाङ समाजलाई २-० ले पराजित गर्दै उपाधि जितेको हो। जितमा दुबै गोल क्रिश सापकोटाले गर्नु भएको थियाे।उक्त खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद एक हजारसहित ट्रफी प्राप्त गर्नुभयाे। फाइनल खेल तथा समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक तथा पूर्वधार मन्त्री युवराज दुलालले विजयी टिमका खेलाडीलाई ट्रफी मेडल र प्रमाण पत्र वितरण गर्नु भयो। गत असोज २७ गतेबाट सुरु भएको यस प्रतियोगितामा २७ टोलीले सहभागिता जनाएका थिए।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.