Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु, एकजना घाइते

सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एकजनाको मृत्यु, एकजना घाइते

मकवानपुर । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । पोखराबाट कटारितर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुङातर्फ जाँदै गरेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल आज आइतबार बिहान करिब ३:२० बजे ठोक्किएका थिए । दुर्घटनामा सिन्धुलीको दुधौली नगरपालिका ३ बस्ने २५ वर्षीय महेश कुमरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई दुर्घटनास्थलबाट उद्धार गरेर उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएकोमा चिकित्सकले आज बिहान ४ बजेतिर मृत घोषणा गरेका थिए । सोही दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका १४…
Read More
एमाले महाधिवेशन प्रतिनिधिमा कोशी प्रदेशका २ सांसद पराजित

एमाले महाधिवेशन प्रतिनिधिमा कोशी प्रदेशका २ सांसद पराजित

मकवानपुर । नेकपा एमालेको आसन्न ११औं महाधिवेशन प्रतिनिधिको निर्वाचनमा नेकपा एमालेका दुई प्रदेश सांसद नै पराजित भएका छन् । सुनसरी क्षेत्र नं १ बाट कोशी प्रदेश सभाका सांसद पराजित भएका हुन् । कोशी प्रदेश सांसद रहेका रमेशकुमार बस्नेत र विजयकुमार राई पराजित भए । उनीहरु संस्थापन पक्षबाट उम्मेदवार थिए । प्रदेश सांसद बस्नेतले ३७६ र राईले ३९१ मत पाएका छन् । खुल्लातर्फ आसाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निवार्चित भएका छन् । सुवेदीले ७९६, राईले ७७६ र चौधरीले ६७४ मत प्राप्त गरेका छन् । महिलातर्फ २ जनाको कोटामा सीता भण्डारी पौडेल ७६६ मत र सुशीला पहाडी ढकाल ७१५ मतसहित…
Read More
एमाले महाधिवेशन : कर्णालीका ९ जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट, रुकुम पश्चिममा चुनाव

एमाले महाधिवेशन : कर्णालीका ९ जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट, रुकुम पश्चिममा चुनाव

मकवानपुर । नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधिका लागि कर्णाली प्रदेशका ९ वटा जिल्लाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको छ । रुकुम पश्चिमा भने सहमति नजुटेपछि मतदान भएको छ । प्रदेशका १० जिल्ला मध्ये ५ जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भइसकेका छन् भने ४ जिल्लाको नतिजा आउने अन्तिम तयारीमा रहेको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले जानकारी दिए । उनका अनुसार हालसम्म जाजरकोट, जुम्ला, कालिकोट, सल्यान र डोल्पाको नतिजा आइसकेको छ । बाँकी रहेका ४ जिल्लाहरू सुर्खेत, दैलेख, हुम्ला र मुगुमा पनि सर्वसम्मत रूपमा प्रतिनिधि चयन भइसकेको अध्यक्ष शाहले बताए । ‘प्रदेशका १० मध्य ९ जिल्लामा सर्वसम्मत प्रतिनिधिहरू चयन हुनुभएको छ,’ प्रदेश अध्यक्ष…
Read More
आज र भोलि मौसम आंशिक बदलीको सम्भावना

आज र भोलि मौसम आंशिक बदलीको सम्भावना

मकवानपुर । आज र भोलि मौसम आंशिक बदलीको सम्भावना छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा विकास भएको सामून्द्रीक आँधी ‘दित्वाह’को प्रभावका कारण देशका धेरै ठाउँमा बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । श्रीलङ्कामा उत्पन्न चक्रवात ‘दित्वाह’को प्रभावले नेपालमा सामान्य प्रभावसहित बदली भए पनि यसको खासै ठूलो असर नपर्ने मौसमविद् अधिकारीले जानकारी दिनुभएको छ । यसैबीच आज बिहान काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो बिहान न्युनतम तापक्रम ६.७ डिग्री सेल्सियस रहेको थियो…
Read More
सुनको मुल्य  बढ्यो

सुनको मुल्य बढ्यो

मकवानपुर । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५२ हजार २०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु. तीन हजार ४९० निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ३४५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदी ५४ अमेरिकी डलरमा…
Read More
बनेपा-हेटौँडा बस सञ्चालनमा आएपछि आवागमनमा सहजता

बनेपा-हेटौँडा बस सञ्चालनमा आएपछि आवागमनमा सहजता

मकवानपुर । काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक नगर बनेपाबाट बागमती प्रदेशको राजधानी हेटौँडासम्म बस सेवा सञ्चालन गरेपछि यात्रुलाई सहजता भएको छ । योसँगै बनेपाबाट हेटौँडासम्म जानका लागि विभिन्न मार्ग हुँदै घुमाउँरो सडकबाट जानुपर्ने बाध्यतासमेत हटेको छ । जिल्लावासीको मागलाई ध्यानमा राखी काभ्रे-पुन्यवती यातायात प्रालि पनौतीले यही मङ्सिर १ गतेदेखि बस सेवा सञ्चालन गरेको हो । बनेपा-हेटौँडा करिब एक सय १० किलोमिटर लम्बाइको दूरीमा अधिकांश सडक कच्ची छन् । यो सेवा प्रभावकारी देखिएपछि बस थप्ने योजना बनाइएको प्रालिले जनाएको छ । स्थानीयवासीको माग र वडा कार्यालयको सिफारिसपछि सञ्चालनमा आएको उक्त क्यूबसले बनेपाबाट पनौती हुँदै धुङ्खर्क, च्याम्य्राङबेँसी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसड,…
Read More
जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा थापा प्रथम

जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा थापा प्रथम

मकवानपुर । नेपालगन्जमा सम्पन्न भएको पहिलो बाँके जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा मास्टर क्याटेगरीतर्फ गगनसिंह थापाले प्रथम स्थान हासिल गर्नु भएको छ । सो क्याटेगरीमा दिपक मल्ल द्वितीय, जन्गु चोधरी तेस्रो र विशाल श्रेष्ठले चौथो स्थान प्राप्त गर्नुभयो । यसैगरी, इलाइट क्याटेगरीमा बिरेन्द्र धोबी प्रथम हुँदा अनस खान दोस्रो, अनमोल गुप्ता तेस्रो र रोहित चौहान चौथो हुनुभयो । जुनियर ए क्याटेगरीतर्फ अनिश चौधरी प्रथम, सुशंग धरकटवा दोस्रो, अंशु गुप्ता तेस्रो तथा रणबिर थारु चौथो हुनुभयो । यसैगरी, जुनियर बी क्याटेगरीमा अभिजंग थापा प्रथम, आदित्य मल्ल दोस्रो, राजन शाही तेस्रो र सौरभ सोन्कर चौथो हुनुभएको छ । जुनियर सी क्याटेगरीमा…
Read More
कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री

कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताउनुभएको छ । सामाजिक सञ्जाल (फेसबुक)मार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा प्रधानमन्त्री कार्कीले भन्नुभयो, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन ।” प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गर्नुभएको छ । रासस
Read More
नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ : माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ : माधव नेपाल

मकवानपुर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्ने बताएका छन् । सुदूरपश्चिमको धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले राजनीतिमा लाग्नेहरूमा इमानदारी र समर्पण हुनु पर्ने बताए । उनले राजनीतिक दलहरूमा अपराधीकरण व्याप्त रहेको समेत बताए । ‘दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण, अपराधीकरणको प्रवृत्ति चुलिएको छ,’ उनले थपे, ‘त्यसलाई अन्त्य गरेर नेपालको राजनीतिलाई स्वच्छ बनाउने कामको अगुवाइ अब नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ ।’ ‘अहिले देशका कुशासन व्याप्त छ । भ्रष्टाचार व्याप्त छ । त्यसलाई अन्त्य गर्ने काममा यो पार्टीले अगुवाइ गर्नेछ,’ उनले भने, ‘राजनीतिमा लाग्नेहरूमा जबसम्म इमान्दारी हुँदैन, समर्पणको भावना, देश बनाउने…
Read More
अफगानिस्तानको सडक दुर्घटनामा हुँदा तीनको मृत्यु, पाँच जना घाइते

अफगानिस्तानको सडक दुर्घटनामा हुँदा तीनको मृत्यु, पाँच जना घाइते

मकवानपुर । पूर्वी अफगानिस्तानको लघमान प्रान्तमा सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला र एक बालक रहेका प्रान्तीय प्रहरी कार्यालयले बिहीबार राति जनाएको छ । घटनाको विवरणअनुसार, काकाख क्षेत्रमा राजधानी काबुललाई पूर्वी प्रान्तसँग जोड्ने मुख्य सडकमा एक यात्रुबाहक सवारी अर्को सवारीसाधनसँग ठोक्किँदा दुर्घटना भएको हो । घटनास्थलमै तीन जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताइएको छ । प्रहरीले असावधानरूपमा सवारी चलाउनु मुख्य कारण भएको जनाएको छ । यो दुर्घटना गत सातामा अफगानिस्तानमा भएको तेस्रो घातक सडक दुर्घटना हो । यसअघि मङ्गलबार उत्तर पश्चिमी फरयाब प्रान्तमा सवारी खस्दा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.