Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
गैरघातक हतियार किन्दै सरकार

गैरघातक हतियार किन्दै सरकार

मकवानपुर । सरकारले गैरघातक हतियार खरिद गर्ने भएको छ । २३ र २४ भदौको जेनजी आन्दोलनमा घातक हतियार प्रायेग भएको सन्दर्भमा प्रश्न उठेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार गैरघातक हतियार नहुँदा घातक हतियार नै प्रयोग गर्नुपर्ने बाध्यता भएकाले त्यस्तो बाध्यता हटाउन गैरघातक हतियारको जोहो गर्न लागिएको हो । ‘मानवीय क्षति भन्ने कुरालाई हामीले गहिरो हेर्दा लेथल र ननलेथल दुई प्रकारका हतियारहरूमध्ये ननलेथल पर्याप्त भयो भने घातक हतियारहरू प्रयोग गर्न नपर्ने अवस्था आउने रहेछ,’ बिहीबार संसदीय समितिको बैठकमा उनले भने । उनका अनुसार आत्मरक्षाका लागि समेत घातक हतियार प्रयोग गर्नुपर्ने अवस्थाले मानवीय क्षति गराउने भएकाले गैरघातक हतियार आवश्यक भएको निष्कर्षमा…
Read More
हेटौंडामा २५ गजभित्रका विद्युत् संरचना हटाउन प्राधिकरणको सूचना

हेटौंडामा २५ गजभित्रका विद्युत् संरचना हटाउन प्राधिकरणको सूचना

मकवानपुर । बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले अबको केही दिनमै विस्तार हुन लागेको राजमार्गको २५ गजभित्र पर्ने संरचनाहरूबाट विद्युतीय मिटरलगायतका उपकरण हटाउन बिहीबार सूचना जारी गरेको छ। महेन्द्र राजमार्गको हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक र राप्ती पुलसम्म, साथै त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडक सीमा खाली गराउने काम अगाडि बढेकाले विद्युतीय संरचना स्थानान्तरण आवश्यक भएको प्राधिकरणले जनाएको छ। राजमार्गको दायाँ–बायाँ २५र२५ गजभित्र रहेका मिटरबक्स, पोल र अन्य विद्युतीय उपकरण हटाउन उपभोक्तालाई छिटो भन्नै वितरण केन्द्रसँग समन्वय गर्न आग्रह गरिएको छ। विद्युत् संरचना स्थानान्तरणकै क्रममा दुर्घटना र क्षति हुन नदिन प्रभावित क्षेत्रका उपभोक्तालाई विशेष सावधानी अपनाउन समेत वितरण केन्द्रले अनुरोध गरेको छ।
Read More
चुनाव लड्न चाहने दलको संख्या १०८ पुग्यो

चुनाव लड्न चाहने दलको संख्या १०८ पुग्यो

मकवानपुर । २१ फागुनमा तय भएको प्रतिनिधिसभाको चुनाव लड्न चाहने दलको संख्या १०८ पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेको संख्या १०८ पुगेको हो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थपिएर आइतबारसम्म पुगेको छ । यसबीचमा अझ केही दल थपिन सक्नेछन् । निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेका दलको संख्या १६ छ । ती दलले आधिकारिता पाएको खण्डमा समेत निर्वाचन प्रयोजनका लागि दल दर्तामा जान सक्दछन् । ४ मंसिर २०७९ को प्रतिनिधिसभाको चुनावमा ८४ वटा दलले सहभागिता जनाएका थिए । यसपटक यो संख्या उल्लेख्य बढेको छ । निर्वाचन…
Read More
नेपालगन्जमा प्रहरीद्वारा गोली  र पेस्तोल बरामद

नेपालगन्जमा प्रहरीद्वारा गोली र पेस्तोल बरामद

मकवानपुर । केही दिनदेखि बाँकेका विभिन्न स्थानमा सुरक्षा चेकजाँच कडा पार्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट पेस्तोल र गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले नेपालगन्ज २ बसपार्क क्षेत्रबाट गस्तीमा रहेको प्रहरीले पेस्तोल बरामद गरेको बताउनुभयो । उहाँले पेस्तोलसँगै म्याग्जिन र दुई राउण्ड गोलीसमेत बरामद गरिएको जनाउनुभयो । सो पेस्तोल कसले ल्याएको वा कसले प्रयोग गरेको हो भन्ने कुरा यकिन हुन नसके पनि उक्त पेस्तोल प्रयोग गरेको आशङ्कामा प्रहरीले बसपार्क क्षेत्रबाटै एक जनालाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो । सो पेस्तोल र गोली बरामद…
Read More
गोरखामा सुन्तला खोज्दै व्यापारी बारीमा

गोरखामा सुन्तला खोज्दै व्यापारी बारीमा

मकवानपुर । सुन्तलाका लागि प्रख्यात जिल्ला भनेर चिनिएको गोरखामा सुन्तला पाक्ने मौसम सुरु भएसँगै खरीद बिक्रीमा सक्रियता बढेको छ । बिगत वर्षहरुका तुलनमा यो वर्ष गोरखाामा उत्पादन केहि राम्रो भएपछि काठमाडौँ र चितवनका व्यापारीहरु बारी बारीमै पुगेर सुन्तलाको फल हेरेर मूल्य गरी सम्झौता गरेर जाने गरेका छन् । विशेष गरी सुन्तलाको पकेट क्षेत्र भनेर गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका क्षेत्रहरुका बारीमा व्यापारीहरुको चहलपहल बढेको गोरखा नगरपालिका – ४ फिनामका सुन्तला किसान अर्जुन प्रताप राणले बताउनुभयो । उहाँका अनुसार यस वर्ष सुन्तलाको खेतीका लागि उपयुक्त मौसम भएकाले पनि दाना ठुलो र रसिलो भएको छ । सुन्तलालाई…
Read More
आज अमेरिकी डलर भाउ कति ?

आज अमेरिकी डलर भाउ कति ?

मकवानपुर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा कायम गरिएको छ…
Read More
हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको  मृत्यु

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मुत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौंडा उपमहानगरपालिका-१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोम रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। पशुपतिनगरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौंडा अस्पताल मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
हेटौंडामा  ठूलो परिमाणमा लागुऔषधसहित एक अटो चालक पक्राउ

हेटौंडामा ठूलो परिमाणमा लागुऔषधसहित एक अटो चालक पक्राउ

मकवानपुर । मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित एक अटो चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक हेटौडा उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय सोनम मोक्तान रहेका प्रहरीले जनाएको छ। राप्तिरोडबाट थानाभर्‍याङतर्फ गइरहेको बा प्र ०३–००१ ह ०१२६ नम्बरको अटो प्रहरी टोलीलाई देख्नेबित्तिकै भागेपछि शंका लागेर प्रहरीले पछ्याइ खोजतलास गरेको थियो। मोक्तानको रितपूर्वक खानतलासी गर्दा अटोभित्र लुकाइ राखिएको अवस्थामा लागुऔषध ट्रामाडोलका १५ हजार ९६० क्याप्सुल फेला पारेका थिए। प्रहरीले लागुऔषध तथा अटो दुवै बरामद गरी मोक्तानलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका मोक्तानविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान र कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Read More
एनपीएलमा जनकपुरविरुद्ध पोखराको जित

एनपीएलमा जनकपुरविरुद्ध पोखराको जित

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले जित हात परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ब्याटिङमा सुमीत वर्मा चम्कँदा पोखराले जनकपुरलाई १६५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । सुमीतले जनकपुरविरुद्ध अविजीत ५० रन, पोखराका दिनेश खरेलले ३८, एडम रोसिंगटनले २४, तिर्थराज दाशले २९ रन प्रहार गरे । ब्याटिङमा पोखराले ८ ओभरपछिको २ ओभरमा लय गुमाएको थियो । उक्त अवधिमा ३ विकेट गुमायो । १० ओभरपछिको खेलमा सुमीत र तिर्थले ब्याटिङ उकासेपछि पोखरा ६ विकेटका क्षतिमा १५५ रनको बलियो अवस्थामा पुगेको हो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले…
Read More
आज देशभरको मौसम कस्तो रहला ?

आज देशभरको मौसम कस्तो रहला ?

मकवानपुर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.