Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
गृहमन्त्री ओमप्रकाश अर्यालले गर्नुभयो सीमा नाकाको निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले गर्नुभयो सीमा नाकाको निरीक्षण

मकवानपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीस्थित नेपाल–भारत त्रिनगर–गौरीफन्टा सीमा नाकाको निरीक्षण गर्नुभएको छ । मङ्गलबार धनगढीमा हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधनका लागि आज धनगढी आइपुग्नुभएको उहाँले सीमा नाका पुगेर अनुगमन गर्नुभएको हो । अर्यालसँगै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सहसचिव, उपसचिवसहित सीमा नाकामा पुग्नुभएको हो । प्रदेशको सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनको सम्बन्धमा प्रदेश सरकारको तर्फबाट प्रतिवेदन पेस गर्न भोलि धनगढीमा सुरक्षा गोष्ठी आयोजना गरिदैँछ । गोष्ठीका लागि आज गृहसचिव रामेश्वर दङ्गाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाको बलाधिकृत रथी प्रदीपजङ्ग केसी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीसमेत धनगढी पुग्ने जिल्ला प्रशासन…
Read More
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक

मकवानपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो। बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो। उनलाई आइतबार अस्पताल लगिएको थियो। ७७ वर्षीय उनको उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको सिभिल अस्पताले जानकारी दिएको छ। 'उहाँलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन, अवस्था गम्भीर थियो। उपचार क्रममा आज मध्याह्न निधन भएको हो,' अस्पताल स्रोतले सेतोपाटीसँग भन्यो। स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि असर देखिएको थियो। आजै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर मेयर बालेन शाहलाई भेटेकी थिइन् भने…
Read More
साढे सात हजार क्विन्टल धान खरिद

साढे सात हजार क्विन्टल धान खरिद

मकवानपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । गत कात्तिक २३ गतेबाट किसानको धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले मङ्सिर १४ गते शनिबारसम्म बाँकेका किसानसँग ७५०३.२० क्विन्टल धान खरिद गरेको हो। उक्त समयअवधिमा खाद्यले मोटा धान २५०३.५० क्विन्टल र मध्यम धान ४९९९.७० क्विन्टल गरी जम्मा ७५०३।२० क्विन्टल धान खरिद गरेको कार्यालय प्रमुख रामशरण लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार मोटा धान ८६ लाख ७१ हजार ६४८ रुपियाँ र मध्यम धान एक करोड ८१ लाख ४० हजार ५६१ रुपियाँ गरी कुल दुई करोड ६८ लाख १२…
Read More
एमाले लमजुङमा छानिए प्रतिनिधि

एमाले लमजुङमा छानिए प्रतिनिधि

मकवानपुर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङमा निर्वाचन प्रक्रियाबाट १० जना प्रतिनिधि छनोट हुनुभएको छ । निर्धारित सङ्ख्याभन्दा महाधिवेशन प्रतिनिधका लागि आकाङ्क्षी धेरै भएपछि निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनोट गरिएको एमाले लमजुङले जनाएको छ । निर्वाचनबाट खुलातर्फ सुभाष पौडेल, कृष्णप्रसाद अधिकारी, युवराज अधिकारी र राजकुमार विष्ट निर्वाचित हुनुभएको छ । यसैगरी महिलातर्फ पदमा गुरुङ, यशोदा रिमाल र लक्ष्मीदेवी अधिकारी निर्वाचित हुनुभएको छ । युवातर्फ जुनबहादुर तामाङ, दलिततर्फ हिरालाल विक र नन्दराम विक निर्वाचित हुनुभएको छ । सदस्यताको आधारमा जिल्लाबाट खुला र समावेशी गरी १० जना प्रतिनिधि हुनु पर्नेमा ३३ जना चुनावी मैदानमा रहनु भएको थियो । निर्वाचन…
Read More
पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश

पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश

मकवानपुर । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । प्रि–क्वार्टर चरणअन्तर्गत आइतबार र शनिबार भएको खेलमा विजयी हुँदै पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश गरेका हुन् । पाथीभरा याङ्वरक गाउँपालिकाले आठराई त्रिवेणी गाउँपालिकालाई ३–१ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै शनिबारको खेलमा सिरिजङ्घा गाउँपालिकालाई २–० गोलले पराजित गर्दै मैवाखोला गाउँपालिका सेमिफाइनलमा पुगेको छ । सोमबार आज फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाबिच प्रि–क्वार्टर फाइनल अर्थात पहिलो चरणको खेल हुनेछ । मङ्गलबार सिदिङ्वा र मेरिङ्देन गाउँपालिकाबिचको खेल हुने कञ्चनजङ्घा फुङ्लिङ क्लबका अध्यक्ष चन्द्र थेबेले जानकारी दिनुभयो ।…
Read More
शिक्षासम्बन्धी समस्या समाधानका लागि विद्यालय अनुगमन

शिक्षासम्बन्धी समस्या समाधानका लागि विद्यालय अनुगमन

मकवानपुर । बाँकेको दुर्गम र पिछिडिएको क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पालिकाभित्रका सबै विद्यालयको अनुगमन सुरु गरिएको छ । गाउँपालिकाको –२ का वडा अध्यक्ष मसुदअहमद साहको नेतृत्वमा पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक र भौतिक अवस्था मूल्याङ्कन गर्न अनुगमन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । बिद्यालय अनुगमनको सुरुआत वडा २ स्थित मदरसा सिराजिया इस्रारुल उलुमबाट गरिएको वडा २ का वडा अध्यक्ष साहले बताउनुभयो । उहाँले पालिकाभित्रका शिक्षण संस्थाहरुको यथार्थ अवस्था बुझ्न अनुगमन सुरु गरिएको जनाउँदै क्रमशः सबै विद्यालयमा अनुगमन गरिने बताउनुुभयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा शिक्षा समिति संयोजक शैयद इस्तियाक अहमद साहले पालिकाभित्रका…
Read More
बजेट अभावका कारण रङ्गशाला निर्माणमा ढिलाइ

बजेट अभावका कारण रङ्गशाला निर्माणमा ढिलाइ

मकवानपुर । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर– ६, अमरपुरको बुल्मचौरमा निर्माणाधीन रङ्गशाला निर्माणमा ढिलाइ भएको छ । नेपालको प्रथम सहिद लखन थापाको नामबाट यहाँ निर्माणाधीन ‘सहिद लखन थापा अन्तर्राष्ट्रिय खेलमैदान’ विशेषगरी बजेट अभावका कारण निर्माण कार्यमा ढिलाइ भएको पाइएको हो। आर्थिक वर्ष २०७५-०७६ मा अमरपुरको बुल्मचौरमा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला निर्माणको काम सुरु भए तापनि बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन्। सुरुमा राष्ट्रिय खेलकुद परिषद्को करिब तीन करोड रुपियाँ लागतमा माटो काट्ने, पर्खाल लगाउने, दूबो रोप्ने लगायतको काम भएको थियो । सो कार्यका लागि सुनकोशी अभियान जेभी काठमाडौंसँग सम्झौता भएको हो। २०७६ सालपछि यहाँ २५ लाख र ५० लाख…
Read More
९९ प्रतिशतभन्दा बढी विषादी भेटियो रायोको सागमा

९९ प्रतिशतभन्दा बढी विषादी भेटियो रायोको सागमा

मकवानपुर । झापाको दमकको सब्जि बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको हो । दमक बजारमा खुलेआम बेचिने रायोको सागमा अत्यधिक विषालु रसायन भेटिएपछि नगरपालिकाले यसमा चासो दिएको छ । दमक बजार अनुगमन समितिकी संयोजक समेत रहनुभएकी दमक नगरपालिका उपप्रमुख रेगिना भट्राइ प्रशाईका अनुसार दमक नगरपालिकाले स्थानीय बजारबाट आईतवार संकलन गरेको रायोको सागको परीक्षणले धेरै नै चिन्तित बनाएको छ। केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बिर्तामोडमा भएको परिक्षण अनुसार दमकबाट सोमबार संकलन गरिएको रायोको…
Read More
भारतको तमिलनाडुमा दुईवटा बस ठोक्किँदा ११ जनाको मृत्यु

भारतको तमिलनाडुमा दुईवटा बस ठोक्किँदा ११ जनाको मृत्यु

मकवानपुर । तमिलनाडुको शिवगंगा जिल्लामा दुईवटा सरकारी बस ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । तीमध्ये २० जनाको अवस्था चिन्ताजनक छ । विपरीत दिशामा रहेका दुईवटा बस घुमाउरो बाटोमा आइतबार ठोक्किएका थिए । ती बसहरु यति तीव्र गतिमा थिए कि अगाडिको भाग क्षतविक्षत भएको थियो । धेरै यात्रुहरु बसभित्रै अड्किएका थिए । स्थानीय बासिन्दाहरू तत्काल घटनास्थल पुगेर उद्धार अभियान सुरु गरेका थिए । त्यसपछि प्रहरी समेत आइपछि घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको थियो । सो दुर्घटनामा सुरुमा ७ जनाको मृत्यु पुष्टि भएको थियो, तर उद्धार कार्य पूरा भएपछि मृतकको संख्या बढेर ११ पुगेको हो…
Read More

टस जितेर ब्याटिङ गर्दै कर्णाली

मकवानपुर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले कर्णाली याक्स र काठमान्डु गोर्खाजबिच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । टस हारेको काठमान्डु बलिङ गर्दैछ । हाल कर्णालीले दुई विकट गुमाइसकेको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले चार खेलमा एउटा मात्र जितेको छ । अहिले दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । यस्तै करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफमा पुग्न काठमाडौँका लागि आजको खेल पनि महत्त्वपूर्ण रहेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.