Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
एनपिएल : जनकपुरको पहिलो जित

एनपिएल : जनकपुरको पहिलो जित

मकवानपुर । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । यसअघि खराव नतिजा सामना गरिरहेको जनकपुरले पाँचौँ खेलमा आएर पहिलो जित निकालेको हो । जितसँगै दुई अङ्क बनाएको जनकपुरले प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राखेको छ । यस्तै समान खेलबाट चितवनको चार अङ्क छ । जितका लागि एक सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ८० रन जोड्दै लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि ओपनर माज सदाकत…
Read More
भारतको बलरामपुरमा बस दुर्घटना

भारतको बलरामपुरमा बस दुर्घटना

मकवानपुर । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बस दुर्घटना हुँदा दुई जना नेपाली यात्रुको मृत्यु भएको छ। शुभसाइत ट्राभल्सका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। २४ जना यात्रु गम्भीर घाइते भएका छन्। सोमबार राति २ बजे आसपास नेपाली यात्रु लिएर गएको यूपी २२ एटी ०२४५ को बस बलरामपुर आसपासमा दुर्घटनामा परेको हो। उक्त बसमा बुटवलको शुभसाइत ट्राभल्सबाट टिकट काटेर गएका ४५ जना यात्रुहरू चढेका थिए। यात्रुहरूको टिकट काटिदिएको शुभसाइत ट्राभल्सका अनुसार बसमा गएका सबै यात्रुहरू बुटवलबाटै गएकोले मृतक र घाइतेहरू अधिकांश बुटवल र आसपासका रहेका छन्। उक्त बस भारतीय ट्रकसँग ठोक्किएपछि आगो लागेपछि जलेर यात्रुहरूको मृत्यु भएको र घाइते भएको…
Read More
विपक्षी दलहरूले मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन  गरे माग

विपक्षी दलहरूले मधेश प्रदेश सभाको बैठक तत्काल बोलाउन गरे माग

मकवानपुर । मधेश प्रदेश सरकारका विपक्षी दलहरूको गठबन्धनले मधेश प्रदेश सभाको बैठक तत्काल राख्न आग्रह गरेको छ । सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेकाले तत्काल सभाको बैठक राख्न विपक्षी गठबन्धनमा रहेका दलहरूले माग गरेका हुन् । परमादेशमा विश्वासको मत नलिए वा विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्न भनिएको छ । सर्वोच्चको आदेश आएको भोलिपल्टै मंगलबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सहितका दलहरूले उपसभामुख बबिता राउतलाई प्रदेश सभाको बैठक दिउँसो ४ बजे बोलाउन मौखिक आग्रह गरेका…
Read More
नेकपाको एकता सभा मंसिर २३ गते हेटौँडामा

नेकपाको एकता सभा मंसिर २३ गते हेटौँडामा

मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोे बागमती प्रदेशस्तरीय एकता सभा मंसिर २३ गते हेटौंडामा आयोजना हुने भएको छ । विभिन्न वामपन्थी दलहरूबीच एकता भएपछि जनतामा एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले यो सभा आयोजना गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य विजय गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार हेटौंडा–४ स्थित हुप्रचौरमा हुने सभालाई पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभाअघि मंसिर २३ गते बिहान हेटौँडाका विभिन्न स्थानहरूबाट ¥याली निकालिने र उक्त र्‍याली हुप्रचौरमा पुगेर सभामा परिणत हुने नेता गौतमले जानकारी दिनुभयो । नेकपाले हाल सातवटै प्रदेशमा प्रदेशस्तरीय एकता सभा सञ्चालन गरिरहेको सन्दर्भमा…
Read More
तोकेको समयमा निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य : गृहमन्त्री अर्याल

तोकेको समयमा निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य : गृहमन्त्री अर्याल

मकवानपुर । गृहमन्त्री ओमप्रकाश अर्यालयले तोकेको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु यो सरकारको मुख्य उद्देश्य रहेको बताउनुभएको छ । गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै गृहमन्त्री अर्यालले तोकेको समयमा निर्वाचन गराउनका लागि सरकारले काम गरिरहेको बताउनुभएको हो । उहाँले जेनजी युवाले उठाएको माग र भदौ २३, २४ को घटना पश्चात नेपाल सरकार र गृह मन्त्रालयले शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह र प्रभावकारिताको लागि निष्ठापूर्वक काम गरिरहेको बताउनुभयो । जेनजी आन्दोलनको क्रममा घटेको घटना पश्चात सुरक्षा संयन्त्रहरुको कार्य सम्पादन र दैनिक प्रशासनिक कार्यमा असर परेको भए पनि अब सबै…
Read More
सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

मकवानपुर । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा रु. तीन हजार ५४५ निर्धारण भएको छ । सोमबार सुनको मूल्य प्रतितोला रु। दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु। तीन हजार ५३५ मा कारोबार भएको थियो ।
Read More
एनपिएलः आज दुई खेल हुने

एनपिएलः आज दुई खेल हुने

मकवानपुर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मङ्गलबार दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुवै…
Read More
घट्यो सेयर बजार

घट्यो सेयर बजार

मकवानपुर ।  सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से २६ अंक घटेको थियो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७१ करोडमा खुम्चियो । कुल १२४ कम्पनीको मूल्य बढ्दा १२६ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.६८, होटल तथा पर्यटन ०.०४, लगानी ०।७३, जीवन बीमा ०.५१, अन्य ०.१८ तथा व्यापार ०.१० प्रतिशत घटे । माइक्रोफाइनान्स ०.६१,…
Read More
एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

मकवानपुर । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी आठ टोलीमध्ये साविक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ । लिगमा हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम मात्रै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम दुई खेल अगावै अपराजित रही पाँच खेल जितेर प्लेअफमा सुरक्षित भएको हो । सुदूरपश्चिम अहिले १० अङ्क जोडेर शीर्ष स्थानमा छ । अब सुदूरपश्चिमले विराटनगर किंग्स र चितवन राइनोजससँग खेल्न बाँकी छ । बाँकी रहेका दुई खेल पनि जितेर सुदूरपश्चिम पहिलो क्यालिफायरमा पुग्ने लक्ष्यमा छ । अङ्कतालिकाको दोस्रो स्थानमा ६ खेलमा चार खेल जितेको…
Read More
कञ्चनपुरका औषधी व्यवसायी आन्दोलित

कञ्चनपुरका औषधी व्यवसायी आन्दोलित

मकवानपुर । कञ्चनपुरमा औषधी व्यवसायीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलित बनेका छन् । औषधी ऐन २०३५ को दफा ११ अन्तर्गतका उपदफा ३ र ५ तत्काल खारेज गर्नुपर्ने मागसहित औषधी व्यवसायीहरूले जिल्लामा दैनिक दुई घण्टा व्यवसाय बन्द गरेर हातमा कालो पट्टी बाँध्दै आन्दोलित भएका हुन् । नेपाल औषधी व्यवसायी संघ, नेपाल पशुपक्षी औषधी व्यवसायी संघ र नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघमा आबद्ध व्यवसायीहरू संयुक्तरुपमा आन्दोलनमा होमिएका छन् । सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दे उनीहरूले दफा ११ को उपदफा ३ संशोधन, उपदफा ५ खारेज गर्नुपर्ने लगायतका मागहरू सहित आन्दोलनमा उत्रिएको बताएका छन् । सरकारले नयाँ संशोधन गरेको प्रावधानअनुसार दर्ता नवीकरण म्याद सकिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.