Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
एनपीएलमा आज काठमाडौं र सुदूरपश्चिम खेल्दै

एनपीएलमा आज काठमाडौं र सुदूरपश्चिम खेल्दै

मकवानपुर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज दिउँसो ४ बजे काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै विजयी शुरूआत गरेको छ । सुदूरपश्चिमले आज पहिलो खेल खेल्न लागेको हो । यसअघि हिजो दुई खेल भएकोमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले र विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै विजयी शुरूआत गरेको छ । एनपीएल क्रिकेटमा विराटनगरले अहिलेसम्मकै सर्वाधिक २२० रन बनायो । एनपीएलमा विराटनगर, जनकपुर, काठमान्डु, चितवन, कर्णाली, सुदूरपश्चिम, पोखरा र लुम्बिनी लायन्स गरी आठ वटा टोली सहभागी छन् । मङ्सिर…
Read More
बाँकेका पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

बाँकेका पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मकवानपुर । बाँके जिल्लाका सात स्थानीय तहमा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा आएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनका अनुसार आवश्यक खोपको उपलब्धता र मौसममा आएको परिवर्तनका कारण पशुमा लाग्ने सो रोग नियन्त्रणमा आएको हो । उहाँका अनुसार जिल्लाका केही स्थानमा दुईवटा पशु मरेको भए पनि अहिले अधिकांश क्षेत्रमा अवस्था सामान्य रहेको छ । दसैँअघि सातवटै स्थानीय तहका करिब १६२ भन्दा बढी पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको थियो । यो रोग राप्तीसोनारी, जानकी, नरैनापुर, खजुरा, बैजनाथ, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाका केही क्षेत्रमा फैलिएको…
Read More
सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री  कार्की

सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे बुधबार विभिन्न राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ ।
Read More
आज सुनको मूल्य  बढ्यो

आज सुनको मूल्य बढ्यो

मकवानपुर । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तुलनामा आज सुनको मूल्य तोलामा रु दुई हजार ८०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ६० ले बढेको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ३०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १५० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Read More
मधेश प्रदेशसभा बैठक आज बस्दै

मधेश प्रदेशसभा बैठक आज बस्दै

मकवानपुर । मधेश प्रदेशसभाको बैठक बुधबार बस्दै छ । प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । आज बस्ने बैठकका लागि उपसभामुख बबिताकुमारी राउत इसरले आह्वान गर्नुभएको छ । सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको भन्दै प्रदेश सांसद र प्रदेशसभामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा उपस्थित हुनका लागि उपसभामुख इसरले आग्रह गर्नुभएको छ । मङ्गलबार ३२ जना प्रदेशसभा सदस्यले उपसभामुखलाई पत्र बुझाउँदै तत्काल बैठक बोलाउन माग गरेका थिए । सभामुखमाथि पदीय आचरणविपरीत गतिविधि भएको भन्दै दर्ता गरिएको प्रस्तावमा छलफल सुरु गर्न विपक्षी दलका सदस्यहरूले उहाँलाई बैठक आह्वान गर्न अनुरोध गरेका थिए ।…
Read More
आज बालाचतुर्दशी : पशुपति क्षेत्रमा शतबीज छर्दै श्रद्धालु

आज बालाचतुर्दशी : पशुपति क्षेत्रमा शतबीज छर्दै श्रद्धालु

मकवानपुर । आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन । हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन् । पितृउद्धारको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर बुधबार बिहान उनीहरूले छतबीज छरेका हुन् । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ । शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ। आज बिहानै मृतकका आफन्तले शिवालयहरूमा शतबिज छर्ने गर्छन । हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला,…
Read More
ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा  एक करोड १८ लाखभन्दा बढी क्षति

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाखभन्दा बढी क्षति

मकवानपुर । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको छ । मङ्गलबार मध्यराति बजारका चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको हो । स्थानीय बजारमा व्यवसाय सञ्चालन गरेर बस्नुभएका इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट हुँदा उक्त रकम बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढी राजकुमारको ५० लाख रुपियाँ बराबरको क्षति भएको छ । प्रजिअ सेँढाइका अनुसार इन्द्रकुमारको घर जलेर नष्ट हुँदा ४३ लाख, अनिलको २० लाख र…
Read More
दोलखाको नगरपालिकाको  विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी

दोलखाको नगरपालिकाको विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी

मकवानपुर । दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक बढी हुँदा शिक्षक कामविहीन भएका छन् । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने र विद्यार्थी सङ्ख्या न्यून भएमा नजिकको विद्यालयमा गाभ्ने नीतिगत व्यवस्था कार्यान्वयन गर्न नसक्दा नगरपालिका भित्रकै केही विद्यालयमा समस्या देखिएको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष माधव थामी बताउनुहुन्छ । विद्यार्थीको अभावमा विद्यालय ‘मर्ज’ गर्ने नीति कार्यान्वयन गर्न नसक्दा बिसुनटोल आधारभुत विद्यालय, लाकुरीडाँडा प्रावि र माथिल्लो माटी प्राविका शिक्षक हाजिर गरेर दिन कटाउन विवश छन् । तीन शिक्षक कार्यरत रहेको भुमरेडाँडा प्राविमा अहिले दुई विद्यार्थी मात्र अध्ययनरत छन् । जिल्ला सदरमुकामस्थित भीमेश्वर नगरपालिकाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान…
Read More
भारतबाट भन्सार छलेर ल्याइएको ५ लाख बढीको मटर बरामद

भारतबाट भन्सार छलेर ल्याइएको ५ लाख बढीको मटर बरामद

मकवानपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले जेनजी आन्दोलनपछि नेपाल भारत सिमानाबाट हुने गरेको अवैध आयात र चोरी पैठारी रोक्न कडाइ गरेको छ । जिल्लाको खजुराबाट प्रहरीले अवैध रूपले तस्करी गरेर ल्याइएको पाँच लाख भन्दा बढी मूल्यको ४८ क्विन्टल बढी मटर (केराउ) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भन्सार छली गरेर ल्याइँदै गरेको ५ लाख ७ हजार ७३० रुपियाँ बराबरको ४८ क्विन्टल २९ किलो मटर खजुरा गाउँपालिका–२, गुराँसपुरबाट प्रहरीले बरामद गरेको हो । उक्त मटर जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएपछि आवश्यक अनुसन्धान पछि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ । यसअघि मङ्सिर १ गते भारतबाट राजस्व छलेर ल्याइएको…
Read More
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष केपी शर्मा ओली

संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष केपी शर्मा ओली

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्ने बताउनुभएको छ । विघटित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध सदस्यहरूको बैठकमा मङ्गलबार उहाँले संसद् पुनस्र्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट लिएर जाने बताउनुभयो । बैठकमा सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सङ्कटको अवस्थामा एमालेको भूमिका नै देशको भविष्यमा निहित छ भन्नेसबैले बुभ्mनुपर्नेमा जोड दिनुभयो । पार्टीका महासचिव शङ्कर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । बैठकमा छलफल जारी छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.