Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
महोत्तरीमा १० केजी गाँजासहित दुई जनालाई पक्राउ

महोत्तरीमा १० केजी गाँजासहित दुई जनालाई पक्राउ

मकवानपुर । महोत्तरीको औरहीबाट लागूऔषध गाजासहित दुईजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार औरही नगरपालिका–१ स्थित औरही चोकमा प्रहरीले चेकजाँचका क्रममा ठुलो परिमाणको लागुऔषध गाजासहित दुईजनालाई पक्राउ गरिएको हो । बिहीबार साँझ प्रहरीले उत्तरबाट दक्षिणतर्फ आइरहेको बिआर ३० ए ०६०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १० केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत, बिहार–वैशालीका २७ वर्षीय गोबिन्द राम र पछाडि सवार २१ वर्षीय एकवाल मोहम्मद रहेका छन् । उनिहरूले बोकेको कालो झोलाभित्र प्लास्टिक र डोरीले कसेर लुकाइ राखिएको अवस्थामा दुई पोका गाँजा भेटिएपछि प्रहरीले तत्काल दुवैलाई नियन्त्रणमा लिएको छ । बरामद…
Read More
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मकवानपुर । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा कारोबार भइरहेको छ । बिहीबार एक तोला सुन रु दुई लाख ५० हजार २०० र चाँदी रु तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।
Read More
राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली

राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली

मकवानपुर । अबदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराइसकेका व्यक्तिले घरैबाट मतदाता परिचयपत्रमा नाम दर्ता गराउन सक्ने भएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार निर्वाचन आयोगमा आयोजित एक कार्यक्रममा यसको शुभारम्भ गर्नुभएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा आयोगले यस्तो व्यवस्था गरेको हो । शुभारम्भ कार्यक्रममा जेनजी अभियानका अभियन्ताको पनि उपस्थिति थियो । यस कार्यको शुभारम्भसँगै जिल्ला निर्वाचन कार्यालयमा लाम लागेर मतदाता नामावलीमा नाम लेखाउनुपर्ने झन्झटबाट मतदाताले मुक्ति पाएका छन् । निर्वाचन कार्यालयमा नाम लेखाउनेको भिड बढ्न थालेपछि सरकारले विकल्पका रूपमा परिचयपत्र बनाउँदा दर्ता गरिएको ‘बायोमेट्रिक’ प्रयोग गर्ने निर्णय गरेको हो । राष्ट्रिय परिचयपत्रमा दर्ता भइसकेका व्यक्तिले निर्वाचन आयोगको पोर्टलमा गएर आफ्नो…
Read More
स्वरुप परिवर्तन गर्ने ६४ चालकलाई कारवाही

स्वरुप परिवर्तन गर्ने ६४ चालकलाई कारवाही

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अभियान नै सञ्चालन गरेर जिल्लामा आफुखुशी स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरेर सवारी साधन चलाउने, गाडीमा अतिरिक्त सिट बनाएर मानिस झुन्ड्याउने तथा ओभरलोड गाडी चलाउनेलाई कारवाही सुरु गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक कनकबहादुर शाहीले जिल्लामा नियमविपरित विभिन्न तरिका अपनाएर सवारी साधन चलाउने गरेको पाइएकोले कारवाही अभियान नै सञ्चालन गरेको बताउनुभयो। अधिकांश इभी भ्यान र म्याजिक भ्यानमा आफुखुसी मानिस झुन्ड्याउनका लागि अतिरिक्त सिट राखिएको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख शाहीले बताए। सो प्रकारका दुई दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरिएको जनाउँदै ‘मोडिफाइड’ गरेर चर्को ध्वानी निकाल्ने सबै मोटरसाइकलका साइलेन्सर झिकिएको…
Read More
सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम,सीमामा देखिएका समस्याहरूबारे अन्तर्क्रिया

सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम,सीमामा देखिएका समस्याहरूबारे अन्तर्क्रिया

मकवानपुर । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सप्तरीका सीमावासीसँग सीमामा देखिएका समस्याहरूबारे अन्तर्क्रिया गरेको छ। बिहीबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीमा भारतसँग सीमा जोडिएको पालिका प्रमुख, वडाध्यक्ष र नागरिकसँग सीमा समस्याबारे अन्तर्क्रिया गरेको हो । "सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम" नाराका साथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीले आयोजना गरेको अन्तर्क्रियामा सरोकारवालाहरूले सीमास्तम्भको निर्माण र बन्द रहेका छोटी भन्सार सञ्चालनमा ल्याउन माग गर्नुभएको छ । डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहले सीमाक्षेत्रमा रहेका छोटी भन्सारहरू बन्द भएको कारण व्यापारीहरूले सास्ती भोग्नु परेको बताउनुभयो । उहाँले भन्सार नभएकै कारण राम्रो…
Read More
बाँकेको ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्युतीय दुर्घटनाबारे सचेतना कार्यक्रम

बाँकेको ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्युतीय दुर्घटनाबारे सचेतना कार्यक्रम

मकवानपुर । बाँकेको ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्युतीय दुर्घटनाबारे सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँघरमा विद्युत् प्रयोगका क्रममा अज्ञानता र असावधानीका कारण बढ्दो दुर्घटना जोखिमलाई ध्यानमा राख्दै आगामी मङ्सिर ७ गतेदेखि विद्यालयस्तरमा कार्यक्रम सुरु गर्न लागिएको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले बताउनुभयो । उहाँका अनुसार पर्याप्त ज्ञानको अभावले विद्युतजन्य दुर्घटना हुने गरेको पाइएकाले विद्यालयस्तरमै सञ्चालन हुने कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीलाई विद्युत् जोखिम र त्यसको न्यूनीकरणका उपायबारे जानकारी प्रदान गर्नेछ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको आयोजनामा बाँकेका आठै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि विद्यालयहरूलाई वितरण केन्द्रको समन्वयमा सम्पर्क…
Read More
नेपाल आज बङ्गलादेशसँग भिड्दै

नेपाल आज बङ्गलादेशसँग भिड्दै

मकवानपुर । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । ढाकास्थित नेशनल स्टेडियममा ७:४५ बजे सुरु हुने खेलमा नेपाल घरेलु टोली बङ्गलादेशमाथि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छ । नेपालले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । नेपालले मलेसियासँग नोभेम्बर १८ तारिख छनोट खेल खेल्नेछ । नेपाल र बङ्गलादेशबिच दुई महिनाको अन्तरमा दोस्रो पटक मैत्रीपूर्ण खेल हुन लागेको हो । यसअघि गत भदौको अन्तिम साता दशरथ रङ्गशालामा खेलिएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेल भने जेनजी आन्दोलनका कारण हुन सकेको थिएन । टोलीका अन्तरिम प्रशिक्षक हरी खड्काले…
Read More
श्रीलङ्काद्वारा अवैध सिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ

श्रीलङ्काद्वारा अवैध सिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ

मकवानपुर । श्रीलङ्काको नौ सेनाले यो वर्षमा हाल सम्म ३२८ जना भारतीय माझीलाई आफ्नो देशको जल-क्षेत्रमा अवैध सिकार गरेको आरोपमा पक्राउ गरेको मत्स्यपालन, जलीय तथा महासागर संसाधन उपमन्त्री रत्ना गामागेले बिहीबार बताउनु भएको छ । उहाँले पत्रकारलाई नौ सेनाले भारतीय माझीहरूले माछा मार्नका लागि प्रयोग गरेका ४१ वटा माछा मार्ने डुङ्गासमेत जफत गरेको उल्लेख गर्नु भएको छ । सन् २०२४ को तुलनामा चालु वर्षमा पक्राउ पर्नेको सङ्ख्या उल्लेखनीय वृद्धि भएको जनाउँदै श्रीलङ्काको जल-क्षेत्रमा विदेशी माझीको अवैध प्रवेश नियन्त्रणका लागि अधिकारीहरूले कारबाही तीव्र पारेको उहाँले बताउनु भएको छ । गामाजेले नौसेनालाई मत्स्यपालन, जलीय र समुद्री स्रोत मन्त्रालय र श्रीलङ्काली प्रहरीले यो…
Read More
भारतीय क्रिकेटर प्रियाङ्क कर्णालीमा अनुबन्ध

भारतीय क्रिकेटर प्रियाङ्क कर्णालीमा अनुबन्ध

मकवानपुर । भारतीय क्रिकेटर प्रियाङ्क किरित पन्चाललाई नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो सिजनका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिले अनुबन्ध गरेको छ । प्रियाङ्क कर्णालीमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुनुहुन्छ । यसअघि कर्णालीले अस्ट्रेलियाका विलियम बोसिस्टोसँग सम्झौता नवीकरण गरेको थियो । यस्तै कर्णलीले मार्क वाट र म्याक्स ओ’डाउडलाई यसअघि अनुबन्ध गरिसकेको छ । ३५ वर्षीय ओपनर ब्याट्सम्यान प्रियाङ्कले पछिल्लो पटक भारतीय टोलीबाट हङकङ सुपर सिक्सेस खेल्नुभएको थियो । उहाँले गुजरातबाट रणजी ट्रफी खेल्दै आउनुभएको छ । उहाँले ५९ टी–२० मा नौ अर्धसतकसहित एक हजार ५२२ रन बनाउनुभएको छ । कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र मार्की खेलाडीमा सोमपाल कामी…
Read More
गुल्मीमा  सातामा चार पटक हवाइ उडान सुरु

गुल्मीमा सातामा चार पटक हवाइ उडान सुरु

मकवानपुर । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ। नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए। नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक पटक बिहीबारमात्र हवाई उडान हुँदै आएको थियो। अहिले बिग्रिएको ट्वीनअटर जहाजको मर्मतसम्भार पश्चात पुनः सातामा चार पटक उडान तालिका सुरु गरिएको प्रमुख थापाले बताए । नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा अबदेखि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरेर सातामा चार पटक उडान गर्ने भएको हो। सो विमानस्थलमा नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्वीनअटर जहाजले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.