Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सडक अवरुद्ध भएपछि नाम्खा गाउँपालिकाको चुनावबारे आपत्ति

सडक अवरुद्ध भएपछि नाम्खा गाउँपालिकाको चुनावबारे आपत्ति

हुम्ला । आगामी फागुन–२१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन हिमाली जिल्ला हुम्लाका लागि चिन्ताको विषय बन्दै गएको छ । जाडो छल्न गाउँलेहरु बेँसी झरेकाले र गाउँसम्म पुग्ने बाटो हिउँले अवरुद्ध भएकाले मत नखस्ने चिन्ता भएको हो । नाम्खा गाउँपालिकाले सरकारलाई पत्र लेखेर हिउँ पन्छाएर बाटो खुलाइदिन भनेको छ । साथै जिल्ला निर्वाचन कार्यालयलाई अर्को छुट्टै पत्र लेखेर फागुन २१ को निर्वाचन केही पर सारिदिन अनुरोध गरेको छ । नाम्खा गाउँपालिका–६ लिमीमा ६७२ मतदाता छन् । त्यहाँ तीन वटा मतदानस्थल तोकिएका छन् । तर, त्यहाँका अधिकांश मतदाताहरू जाडो छल्न काठमाडौं, सुर्खेत, भारत लगायतका स्थानमा गएकाले मत नखस्ने सम्भावना रहेको नाम्खा…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासनले बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरिएको जनाएको छ । निषेधाज्ञा जारी भएसँगै अब पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन । ‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा…
Read More
मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापिरहेको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाबारेमा जानकारी दिँदै प्रतक्ष्यतर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा बुधबारसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको जानकारी दिएका छन् । उनले दैनिक १३ लाख मतपत्र छपाइ भइरहेकामा अहिले मतपत्र छपाइ वृद्धि गरि दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको र शुक्रबारसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक पौडेलले भने, ‘प्रतक्ष्यतर्फको मतपत्र छपाइ कार्य तीव्रगतिमा…
Read More
यी सेयर किन्न ब्रोकरबाट पाइनेछ कर्जा

यी सेयर किन्न ब्रोकरबाट पाइनेछ कर्जा

मकवानपुर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकरमार्फत् कर्जा (मार्जिन)लिएर कारोबार गर्न सकिने कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०८२ स्वीकृत गरेसँगै नेप्सेले कम्पनीहरूको सूची सार्वजनिक गरेको हो। आगामी फागुन १ गतेदेखि यो निर्देशिका कार्यान्वयनमा आउने भएको छ। र, नेप्सेले सार्वजनिक गरेका एक सय १० वटा कम्पनीको सेयरमा मार्जिन सुविधा पाइने छ। निर्देशिका अनुसार मार्जिन सुविधाका लागि योग्य हुन कम्पनीको कम्तीमा २५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत हुनुपर्ने, प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बढी वा बराबर हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्ने तथा आइपिओ सूचीकरण भएको कम्तीमा दुई वर्ष…
Read More
टी–२० विश्वकप : इटालीलाई हराउने नेपालको लक्ष्य

टी–२० विश्वकप : इटालीलाई हराउने नेपालको लक्ष्य

काठमाडौँ। तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपाल यसपटक पहिलो खेलमा टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै अन्तिमा चार रनले स्तब्ध बन्यो । पहिलो खेलमा सानदार प्रदर्शनसहित जित नजिक पुगेर हार खेपेको नेपालले समूहको दोस्रो खेल बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र इटालीबिचको खेल बिहीबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा ३स्१५ बजे सुरु हुनेछ । इङ्ल्यान्डसँगको खेलपछि नेपाली टोलीको प्रदर्शन क्षमता उच्च स्तरको रहेको भन्दै विश्व क्रिकेटमा चर्चा भईरहेको छ । इटाली टी–२० मा नेपालका लागि नयाँ प्रतिस्पर्धी हो । नेपालसहित इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेको समूह ‘सी’ मा इटाली तुलनात्माक रुपमा कमजोर मानिन्छ । हाल इङ्ल्यान्ड, वेस्ट…
Read More
प्युठानमा जेनजी स्मृति टावर निर्माण

प्युठानमा जेनजी स्मृति टावर निर्माण

प्युठान । प्युठानमा ‘जेनजी स्मृति टावर’ निर्माण गरिएको छ । प्युठान नगरपालिका–३ विजयनगरको दैलेसिमलमा जेनजी आन्दोलनको सम्मानमा जेनजी स्मृति टावर निर्माण गरिएको हो । युद्ध पर्यटकीय स्थलका रूपमा विकास गरिँदै आएको उक्त स्थानमा भदौ २३ र २४ गते परिवर्तनको पक्षमा लडेका युवाहरूको प्रतीकका रूपमा निर्माण गरिएको टावरमा रगतले लतपतिएको जुत्ता र ‘इन्कलाव मुठ्ठी’ राखिएको छ । यस्तै राष्ट्रिय झन्डाको प्रतीमा पनि स्थापना गरिएको छ । प्युठान नगरपालिका–३ वडाध्यक्ष सुमनराज श्रेष्ठले दैलेसिमललाई युद्ध पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रयास गरिरहेको बताउँदै त्यहाँ जेनजी आन्दोलनको पनि सम्मानमा टावर स्थापना गरिएको बताए । दैलेसिमलमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा नगरभित्र मृत्यु भएका अन्य…
Read More
प्रतिनिधिसभा निर्वाचनः एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

प्रतिनिधिसभा निर्वाचनः एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम(पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व),…
Read More
मकवानपुरमा टुचन मेसिन ब्रेकफेल, एक जनाको मृत्यु

मकवानपुरमा टुचन मेसिन ब्रेकफेल, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाडा स्थित निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्गमा टुचन मेसिन ब्रेकफेल हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार साँझ द्रुतमार्गको १ नम्बर पुलको खाडल खन्ने काम सकेर खाल्डोबाट टुचन मेसिनमा बसेर माथि आउँदै गर्दा अचानक ब्रेक फेल भई मेसिन करिब २१ मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक राजन थापा नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोली साँझ घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको जनाएको छ। दुर्घटनामा सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका–५ घर भई सोही फास्ट ट्र्याक आयोजनामा कार्यरत २९ वर्षीय…
Read More
सुनको भाउ  बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी ५० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ४० रुपैयाँ थियो ।
Read More
सल्यानको कपुरकोटमा जिप दुर्घटना : चालकको मृत्यु, तीन घाइते

सल्यानको कपुरकोटमा जिप दुर्घटना : चालकको मृत्यु, तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप चोरखोलमा दुर्घटनामा परेको हो । दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ । मृतक विश्वकर्मा जिप चालक रहेको प्रहरी चौकि कपुरकोटले जनाएको छ । बिरामी बोकेर हिँडेको सो जिपमा चालकसहित चार जना सवार थिए । बिहान करिब पौने पाँच बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई महिला र एक बच्चा घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका(२ नाइघाटकी २२ वर्षीया सुष्मी रोका,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.