Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

हावाहुरीसहित वर्षा गराउने प्रणाली सक्रिय, देशभर प्रभाव पर्ने संकेत

काठमाडौं । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रदेशबाट क्रमशस् पूर्वतिर सरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसबाट थप वर्षा हुन सक्ने र चट्याङ तथा हावाहुरीले क्षति पुर्‍याउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले सुझाव समेत दिएको छ । विभागले आज बिहान सूचना जारी गर्दै भनेको छ, ‘हाल सुदूरपश्चिम प्रदेशका पहाड र तराई क्षेत्रहरूमा मेघगर्जन, चट्याङ् तथा हावाहुरी सहित वर्षा गराउने प्रणाली विकसित भई मध्यमसम्मको वर्षा भइरहेको छ । उक्त प्रणाली उत्तर पूर्व सरिरहेको हुनाले ती क्षेत्रहरू र आसपासको क्षेत्रहरूमा थप वर्षा हुने देखिएकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।’ विपद्विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार भारतको पन्जाब,…
Read More
प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौती र पत्रकारका अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौती र पत्रकारका अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मकवानपुर । विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३० को अवसरमा मकवानपुरको हेटौँडामा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था, चुनौती र पत्रकारका अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरूले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि विभिन्न प्रश्नहरू उठ्न थालेकोप्रति चिन्ता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईले जुनसुकै सरकारले विभिन्न बहानामा प्रेसमाथि अंकुश लगाउने प्रयास गर्दै आएको बताए । उनले लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता आधारभूत आवश्यकता भए पनि व्यवहारमा यसको पूर्ण प्रत्याभूति हुन नसकेको उल्लेख गरे। साथै, सामाजिक सञ्जाल र स्थापित सञ्चार माध्यमलाई नागरिकले एउटै दृष्टिकोणबाट हेर्न थालेकाले…
Read More
आज मन्त्रिपरिषद्‍को बैठक बस्दै

आज मन्त्रिपरिषद्‍को बैठक बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा मन्त्रालयहरूको सङ्ख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।
Read More
आज विश्वकप क्रिकेट लिग–टु शृङ्खलामा युएई र ओमान खेल्दै

आज विश्वकप क्रिकेट लिग–टु शृङ्खलामा युएई र ओमान खेल्दै

काठमाण्डौं ।आईसीसी विश्वकप क्रिकेट लिग–टु एकदिवसीय शृङ्खलामा आज युएई र ओमानले खेल्दैछन् । खेल त्रिवि क्रिकेट रङ्गशालामा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ । तर बिहान परेको पानी र मौसम बदलीकै अवस्था रहेकाले आजको खेल प्रभावित हुनसक्ने सम्भावना छ । काठमाण्डौमा चलिरहेको शृङ्खलामा ओमानले यसअघि खेलेका २ खेलमा एक जीत र एक हार बेहोरेको छ । युएईले खेलेका ३ खेलमा २ हार र १ जीत निकालेको छ । युएई नेपालसँगको दुवै खेलमा पराजित हुँदा ओमानलाई हराएको थियो । यो शृङ्खलामा नेपाल, युएई र ओमान छन् । लिग–टु शृङ्खलामा आठ वटा देश छन् । अमेरिका २४ खेलमा ३६ अङ्कसहित शीर्ष, स्कटल्याण्ड…
Read More
मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

काठमाडौं । मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् । सबैभन्दा धेरै प्रभावित गण्डकी प्रदेश हुने छ । गण्डकीको तराई, पहाड र हिमाल भेगमा यो हप्ताभरी नै हिमपात तथा वर्षाको सम्भावना छ । एक–दुई ठाउँमा त भारी हिउँ वा पानी पर्ने सम्भावनासमेत छ । मौसमविदहरुले बेला–बेलामा एकछिन पानी पर्न रोकिए पनि फेरि पानी पर्ने प्रक्षेपण गरेका छन् । तराई क्षेत्रको मौसम पूर्वानुमान हिजोदेखि नै विभिन्न जिल्लाहरुमा वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालले यो हप्ताभर देशका विभिन्न…
Read More
आज विश्व प्रेस स्वतन्त्रता दिवस  : सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण

आज विश्व प्रेस स्वतन्त्रता दिवस : सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण

काठमाण्डौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक वर्ष मे ३ तारिखलाई विश्वभर प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी देश नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षधरको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्धता जनाइएको थियो । यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’रहेको छ । युनेस्कोले यस वर्षको कार्यक्रम जाम्बियाको लुसाकामा…
Read More
चितवनको तुइन खोलामा अवरुद्ध सडक पूर्ण रूपमा खुल्यो

चितवनको तुइन खोलामा अवरुद्ध सडक पूर्ण रूपमा खुल्यो

काठमाण्डौं । नारायणगढ–मुग्लिन सडक खण्ड चितवनको तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा अवरुद्ध सडक दुईतर्फी नै खुलेको छ । बिहान पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेकोमा पहिरो पन्छाएसँगै पूर्ण रूपमा खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
Read More
सुकुम्बासी बस्तीमा डोजर आतंक : बालेन्द्र सरकारको कदमप्रति एमाले बागमतीको कडा विरोध

सुकुम्बासी बस्तीमा डोजर आतंक : बालेन्द्र सरकारको कदमप्रति एमाले बागमतीको कडा विरोध

हेटौंडा — नेकपा एमाले बागमती प्रदेश संसदीय दलले हालका दिनहरूमा सुकुम्बासी बस्तीहरूमा भइरहेको डोजर कारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कदमको कडा शब्दमा आलोचना गरेको छ। दलका नेता जेएन थपलियाद्वारा सार्वजनिक विज्ञप्तिमा वर्तमान बालेन्द्र सरकारले पर्याप्त पूर्वसूचना बिना नै भूमिहीन सुकुम्बासीका बस्तीहरूमा डोजर चलाएको आरोप लगाइएको छ। विज्ञप्तिमा कतिपय स्थानमा केवल १–२ दिन, केही अवस्थामा त १ घण्टामात्र सूचना दिएर घर भत्काइएको उल्लेख गर्दै यसले नागरिकलाई जबरजस्ती आवासविहीन बनाएको भनिएको छ। सरकारले व्यवस्थापनका लागि तोकेका दशरथ रङ्गशाला लगायतका स्थानहरूमा समेत बसोबास र खानपानको उचित व्यवस्था नगरी अमानवीय व्यवहार गरेको आरोप एमालेको छ। यस अवस्थाले बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला तथा बिरामीहरू थप…
Read More
पूर्वाधार अभावले सुनसान बन्दै पञ्चासे भञ्ज्याङ

पूर्वाधार अभावले सुनसान बन्दै पञ्चासे भञ्ज्याङ

स्याङ्जा । स्याङ्जा र कास्की जिल्लाको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासे भञ्ज्याङ पछिल्लो समय सुनसान बन्दै गएको छ । कुनै समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने यस क्षेत्रमा आवश्यक आवास तथा बसोबास संरचना भए पनि यातायात पहुँच र पूर्वाधार विकासको अभावका कारण सुनसान बन्दै गएको हो । पहिले करिब ५० घरधुरी रहेको यस क्षेत्रमा पर्यटक क्याम्पिङ गर्ने, होटलमा खाना खाने तथा हिमालको दृश्यावलोकन गर्ने चलन थियो । तर अहिले त्यो संख्या घटेर आठ घरधुरीमा सीमित भएको छ । धार्मिक विश्वासअनुसार पाँच पाण्डवले तपस्या गरेको स्थान मानिने यो स्थल समुद्री सतहबाट करिब २,४५० मिटर उचाइमा अवस्थित छ । यहाँबाट…
Read More
काठमाडौंका स्वयम्भू र बालाजु क्षेत्रमा संरचना भत्काउने कार्य सुरु

काठमाडौंका स्वयम्भू र बालाजु क्षेत्रमा संरचना भत्काउने कार्य सुरु

काठमाण्डौं । सरकारले अतिक्रमित क्षेत्रका संरचना तथा घरटहरा हटाउने अभियानलाई आज पनि निरन्तरता दिएको छ । अभियानको दोस्रो चरण अन्तर्गत आज बिहान स्वयम्भू, बालाजु र माछापोखरी आसपासका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको छ । यसअघि हिजो बल्खु, वंशीघाट, गोंगबुलगायतमा विभिन्न ठाउँमा डोजर चलाएर खाली गरिएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्ति बिहीबार देशभरका सबै पालिकालाई पत्र लेख्दै पहिला सुकुम्वासी पहिचान, व्यवस्थापन अनि मात्र अतिक्रमण हटाउन निर्देशन दिएको थियो । तर काठमाण्डौमा अभियान निरन्तर छ । यसअघि अभियानको पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गरेर त्यहाँ बसोबास गर्दै आएका नागरिकलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.