Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
बजारमा केराको हाहाकार, भाउ आकासियो

बजारमा केराको हाहाकार, भाउ आकासियो

काठमाण्डौं । नेपाली बजारमा केराको अभावसँगै भाउ पनि अत्यधिक बढेको छ । खासगरी भारतीय नाकाबाट अवैध रूपमा आउने गरेको केरा व्यवसायीहरुले नै नबेच्ने भन्दै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार भएको हो । आन्तरिक उत्पादन केराको निकै कमजोर भएको र अवैध केरा जनस्वास्थ्यका लागि पनि प्रतिकुल भएकाले नबेचिएको भन्दै बजारमा केराको अभाव भएको व्यापारीहरुको भनाइ छ । नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति अभावका कारण भएको बताउनुभयो । उहाँका अनुसार केही महिनाअघिसम्म भारतबाट अवैध रूपमा ठूलो मात्रामा केरा भित्रिँदा बजारमा अभाव देखिएको थिएन तर संघकै पहलमा त्यस्ता अवैध केराको बिक्री वितरणमा रोक लगाएपछि…
Read More
विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा

विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा

चितवन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत् महसुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । उनीहरुबाट रु एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठान बाँकी रहेको केन्द्रका सूचना अधिकारी नन्दराम विष्टले जानकारी दिए । उनका अनुसार लामो समयसम्म बक्यौता नतिरेका उनीहरुलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको हो । केन्द्रले बक्यौता उठाउनका लागि यस आर्थिक वर्षमा एक हजार ८२६ जना ग्राहकको विद्युत् लाइन काटेको छ । छ महिनासम्म पनि विद्युत् महसुल नतिरेका ग्राहकको लाइन काटिएको उनले बताए । केन्द्रमा हाल ७४ हजार ८७६ ग्राहक…
Read More
मेल्लेख निर्णय : जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा

मेल्लेख निर्णय : जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा

अछाम । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सरकारी विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ। सरकारी शिक्षा प्रणालीप्रति जनविश्वास अभिवृद्धि गर्दै गुणस्तर सुधार गर्ने लक्ष्यसहित जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरिएको हो। गाउँसभाको १८औँ अधिवेशनको सोमबार सम्पन्न पहिलो बैठकले आगामी शैक्षिक सत्र २०८३ देखि गाउँपालिकाअन्तर्गत यो प्रावधान लागू गर्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार मेल्लेख गाउँपालिकाका आठवटै वडाका जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक तथा अन्य पदाधिकारीहरूले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्नेछ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्कबहादुर धामीद्वारा जारी सूचनामा उक्त व्यवस्था…
Read More
सुत्केरीको ज्यान बचाउन सकस

सुत्केरीको ज्यान बचाउन सकस

सुर्खेत । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ की २७ वर्षीय भावना विष्टको उपचारका क्रममा मृत्यु भयो । प्रदेश अस्पताल सुर्खेतमा चैत ३० गते शल्यक्रियामार्फत सुत्केरी भएकी उहाँको पहिलो अपरेसन सफल भए पनि वैशाख २ गते रगत जमेको भन्दै गरिएको दोस्रो शल्यक्रियापछि अवस्था जटिल बन्यो । अवस्था बिग्रँदै गएपछि परिवारले करिब आठ लाख ६० हजार रुपियाँ खर्च गरेर चिकित्सकसहितको हेलिकोप्टर चार्टर गरी उहाँलाई काठमाडौँ लगेका थिए । काठमाडौँस्थित मेडिसिटी अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरे । यस्तै २०८० भदौ ३१ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–२ की जानकी रेग्मीको पनि अस्पतालमै मृत्यु भयो । उहाँलाई सुत्केरी बेथाले च्यापेपछि प्रदेश अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको थियो । अन्य समस्या नदेखिए पनि सुत्केरी…
Read More
उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रदेशका विभिन्न नीतिगत तथा कार्यान्वयन सम्बन्धी विषयमा महत्वपूर्ण छलफल तथा निर्णय गरेको छ। बैठकमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले हालसम्म गरेका काम तथा प्रगतिको विषयमा विस्तृत जानकारी लिइएको थियो। मन्त्रालयको कार्यसम्पादन, उपलब्धि र चुनौतीबारे समीक्षा गर्दै आगामी दिनमा कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको समितिले जनाएको छ। यसैगरी बैठकले अन्तरप्रदेश अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। अन्य प्रदेशसँगको सहकार्य र सिकाइ आदान–प्रदानमार्फत प्रदेशस्तरीय कामलाई अझ व्यवस्थित बनाउने उद्देश्य राखिएको छ। प्रदेशस्तरमा हस्तकला ग्राम निर्माणको…
Read More
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थप अध्यापन गराउने भएको छ । यस अघि साईन्स, सिभिल ईन्जिनियरिङ्ग र व्यावस्थान विषय अध्यापन गराउँदै आएको भुटनदेवी माविले व्यवस्थापनतर्फ होटल म्यानेजमेन्टका साथै शिक्षा विषय शैक्षिक वर्ष २०८३/२०८४ देखि थप गर्न लागेको हो । होटल म्यानेजमेन्टको लागि सुविधा सम्पन्न ल्यावको समेत व्यवस्थापन गरिने आईतबार भएको १२ कक्षाको बधाई र विदाई कार्यक्रममा जानकारी गराईएको हो । कार्यक्रममा हरेक कक्षालाई प्रविधि मैत्री, व्यवहारीक र प्रयोगात्मक माध्यमद्वारा कक्षाहरू सञ्चालन गरिने विध्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष नवीन सिग्देलले बताउनु…
Read More
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो कारोबारको दिन हिजो सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँले बढेर तोलामा ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेकोे छ । चाँदी आज तोलामा ३५ रुपैयाँले तोलाको ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो ९५ रुपैयाँले बढेर ५ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने सुरज कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बुद्धभूमि-९ इमिलियाका हुन् । पेस्तोल बोकेर हिँड्ने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सुरजको कोठासमेत खानतलासी गर्दा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आइतबार हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा अदालतबाट ५ दिन म्याद थप गराई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Read More
श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई शून्य सहनशीलताको नीति अपनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न कडा निर्देशन दिनुभएको छ। मन्त्रालयमा आयोजित समीक्षा बैठकमा महाशाखा प्रमुखहरूले प्रस्तुत गरेको पछिल्लो प्रगति प्रतिवेदन बुझ्दै मन्त्री थापाले मन्त्रालयको वार्षिक योजना अनुसारका कामहरू कुनै पनि कारणले रोकिन नहुने स्पष्ट पार्नुभयो। उहाँले विकास निर्माण, सेवा प्रवाह र नीतिगत कामहरूलाई समयमै सम्पन्न गर्न सबै कर्मचारीहरूलाई जिम्मेवार र उत्तरदायी बन्न आग्रह गर्नुभयो। मन्त्री थापाले जनताले सरकारको काम प्रत्यक्ष रूपमा महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गर्नुभयो। “सरकारको काम कागजमा मात्रै…
Read More
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाको संस्थागत विकास उपसमिति संयोजकत्वमा सञ्चालन गरिएको कार्यक्रममा कुल १७ जना रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेका थिए। कार्यक्रमले सामाजिक उत्तरदायित्व वहन गर्दै मानव जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। साथै, सोही अवसरमा नव वर्ष २०८३ सालको भित्तेपात्रो पनि सार्वजनिक तथा उपस्थितलाई वितरण गरिएको थियो। संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले सहभागीहरूलाई भित्तेपात्रो वितरण गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.