Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मकवानपुर । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९८० कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५…
Read More
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचाररत रहँदा उनको निधन भएको हो । स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले जनाएका छन् । डा। भट्टराईको सचिवालयका अनुसार, उनको अन्त्यष्टि आज बिहान ११ बजे पशुपति विद्युत् शवदाह गृहमा हुनेछ ।
Read More
आज तराईका क्षेत्र हुस्सुले ढाकिने

आज तराईका क्षेत्र हुस्सुले ढाकिने

मकवानपुर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ । महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध…
Read More
आइसीसी टी–२० विश्वकप: नेपाल आज क्यानडासँग प्रतिस्पर्धामा

आइसीसी टी–२० विश्वकप: नेपाल आज क्यानडासँग प्रतिस्पर्धामा

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउसो सवा ३ बजेदेखि शुरु हुने छ। दुई दिनअघि नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो। यस खेलमा दीपेन्द्र सिंह ऐरी र आसिफ शेखले अर्थशतक बनाएका थिए। उनीहरु उच्च लयमा छन्। नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ। आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ। नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन्। नेपालले पहिलो…
Read More
आयोगको निर्देशन: पुराना खाताको रकम नयाँ खातामा सार्नुपर्ने

आयोगको निर्देशन: पुराना खाताको रकम नयाँ खातामा सार्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले मङ्गलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ । कार्यविधिअनुसार अब निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अनिवार्य रूपमा छुट्टै बैङ्क खाता खोल्नुपर्ने छ । त्यसका लागि राजनीतिक दलले आयोगको सचिवालयमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । निवेदनसँगै दलको आधिकारिक पत्र, उम्मेदवारको उम्मेदवारी निस्सा वा परिचयपत्र, सम्बन्धित बैङ्कको दस्तखत नमुना…
Read More
मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र हुँदै

मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र हुँदै

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं ग्रामीण भेगमा क्रमशः चुनावी चहलपहल बढ्न थालेको छ । हेटौंडासहित बागमती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ्ग, कैलाश गाउँपालिकाका वडाहरुमा चहलपहल बढेको हो । मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी रणनीति बनाउन पार्टीका आन्तरिक बैठक र भेला पनि जारी छन् । नेपाली कांग्रेस मकवानपुर सचिव भीमसेन महतका अनुसार जिल्लाका सबै वडामा पार्टी प्रतिनिधि परिचालन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दल स्थानीय तहमा निर्वाचन परिचालन एवं प्रचारप्रसार कमिटी गठन गरेर चुनावमा होमिएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्याय…
Read More
बकैया–३ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन, अन्धकार राजनीतिलाई उज्यालो बनाउने प्रतिबद्धता

बकैया–३ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन, अन्धकार राजनीतिलाई उज्यालो बनाउने प्रतिबद्धता

मकवानपुर । बकैया गाउँपालिका–३ मा उज्यालो नेपाल पार्टीको वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योन्जन) प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार इन्जिनियर सुरेन्द्र लामाले देशको सबैभन्दा अन्धकार पक्ष नै राजनीति भएको उल्लेख गर्दै अब त्यस प्रकारको कालो र अपारदर्शी राजनीतिबाट देशलाई मुक्त गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो। “देशको अन्धकार र कालो राजनीतिबाट निकास दिन उज्यालो लक्ष्य बोकेको उम्मेदवार र पार्टीको आवश्यकता छ,” उहाँले भन्नुभयो, “त्यही जिम्मेवारीका साथ म जनताको बीचमा आएको छु र परिवर्तनका लागि प्रतिबद्ध छु।” कार्यक्रममा उपस्थित स्थानीय जनताले पनि उज्यालो नेपाल पार्टीका अगुवा कुलमान घिसिङजस्ता…
Read More
२२ वर्षको यात्रामा नेपाल टेलिकम

२२ वर्षको यात्रामा नेपाल टेलिकम

मकवानपुर । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा टेलिकमले आज विभिन्न कार्यक्रमका साथ २२औँ वार्षिकोत्सव मनाउँदैछ । २०६० सालदेखि कम्पनीमा परिणत भएको टेलिकम शुरूमा नेपाल दुरसञ्चार संस्थानका रुपमा रहे पनि कम्पनीमा परिणत भएपछि २३औँ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवमा टेलिकमले ग्राहक, नेपाल सरकार, नियामकीय निकाय, सञ्चालक समिति, शेयरधनी, व्यावसायिक साझेदार, कर्मचारी, शुभेच्छुकहरुमा आभार तथा कृतज्ञता व्यक्त गर्दै शुभकामना दिएको छ । टेलिकमले आउँदो दिनमा अत्याधुनिक प्राविधिमा आधारित गुणस्तरीय, सुरक्षित तथा विश्वसनीय दुरसञ्चार सेवा प्रदान गर्दै डिजिटल नेपाल निर्माणमा थप शसक्त योगदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ…
Read More
मकवानपुर बाट ३ हजारभन्दा बढी कर्मचारी खटिँदै

मकवानपुर बाट ३ हजारभन्दा बढी कर्मचारी खटिँदै

मकवानपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको ३७४ मतदान केन्द्रमा स्वयंसेवकसहित तीन हजार ३६६ कर्मचारी निर्वाचन अवधिमा खटिने भएका हुन् । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले एउटा मतदान केन्द्रमा आयोगबाट छ जना कर्मचारी र मतदान केन्द्र रहेको स्थलमा तीन जना स्वयम् सेवक नियुक्त गरिने जानकारी दिनुभयो । निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको भन्दै उहाँले निर्वाचन कार्यालयबाट दुई २४४ जना र मतदान केन्द्रमै नियुक्त हुने स्वयम् सेवक एक हजार १२२ जना कर्मचारी मतदान अवधिभर परिचालन हुने बताउनुभयो…
Read More
विसं २०८३ को पात्रो(पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

विसं २०८३ को पात्रो(पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

मकवानपुर । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि नेपाल राष्ट्रका लागि विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो । वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका धर्मशास्त्र र ज्योतिष विभागका प्राध्यापक, नेवारी तथा विभिन्न समुदायका विज्ञ, प्रदेश सरकार एवं स्थानीय तहका प्रतिनिधि, विभिन्न ज्योतिषीय, पुरोहित, धार्मिक एवं सांस्कृतिक सङ्घ संस्थाका प्रतिनिधिबीच घनिभूत छलफल गरी पञ्चाङ्ग निर्माण गरिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो । छलफलपछि विसं…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.