Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मन्त्रिपरिषद्को बैठक बस्दै आज

मन्त्रिपरिषद्को बैठक बस्दै आज

मकवानपुर । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० को नेतृत्वमा सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । शाहले शुक्रबार पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नवयुवा आन्दोलनमा भएका घटना सम्बधी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने तथा शासकीय सुधार सम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो । ती कार्यसूचीको विवरण अस्ति शनिवार सार्वजनिक गरिएको छ ।
Read More
तीन गाडी एकआपसमा जुध्दा दर्जन घाइते

तीन गाडी एकआपसमा जुध्दा दर्जन घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको लुप्र०१–००१ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बाप्र०१–०२८च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशातर्फ जाँदै गरेको बा३ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दुर्घटनामा ट्रक चालक रामेछाप खाँडादेवी गाउँपालिका–४ निवासी ३२ वर्षीय इन्द्र तामाङ, पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१२ निवासी ३३ वर्षीय दर्शन काप्री र बस चालक बाँके नेपालगन्ज उपमहानगरपालिका–२० निवासी ४१ वर्षीय मोहनसिंह बलामी मगर घाइते भएको प्रहरी…
Read More
ओली–लेखक पक्राउविरुद्ध एमालेले सिडियो कार्यालयमा विरोधपत्र  बुझाएको

ओली–लेखक पक्राउविरुद्ध एमालेले सिडियो कार्यालयमा विरोधपत्र बुझाएको

मकवानपुर । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा नेकपा एमाले मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विरोधपत्र बुझाएको छ । पार्टीको शनिवार बसेको सचिवालय बैठकको निर्णय बमोजिम जिल्ला कमिटी मकवानपुरले प्रशासन कार्यालयमा विरोध पत्र बुझाएको हो । एमाले मकवानपुरका कार्यबहाक अध्यक्ष हिदम लामाले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई विरोधपत्र बुझाउनुभएको हो । कार्यबहाक अध्यक्ष लामाले विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओली र लेखकलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको बताउनु भयो । गौरीबहादुर कार्की नेतृत्वको आयोग प्रति सुरु देखि एमालेको असहमति र विमती…
Read More
हेटौंडा बचतको अध्यक्षमा वाईवा निर्वाचित

हेटौंडा बचतको अध्यक्षमा वाईवा निर्वाचित

काठमाडौँ । हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजु वाइबा निर्वाचित हुनुभएको छ । वाइबाले १ हजार ६ सय १७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी रामशरण गौतमले १ हजार १ सय ३८ मत प्राप्त गर्नुभयो । निर्वाचन समितिका अनुसार कुल ३३ मत बदर भएका थिए । संस्थाको उपाध्यक्ष पदमा खडानन्द चौलागाईं १ हजार १ सय ९० मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी दीप प्रसाद अधिकारीले १ हजार ३३ मत र सितराम प्रधानले ३ सय ६९ मत प्राप्त गर्नुभयो । त्यसैगरी, कोषाध्यक्ष पदमा मोनिका पौडेल १ हजार ६ सय ४१ मतसहित…
Read More
हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

काठमाडौं । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले  पदबाट राजीनामा दिएका छन् । उनले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । गत २०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी छँदै 'परिवर्तित राजनीतिक परिस्थिति'लाई मुख्य कारण देखाउँदै राजीनामा दिएका हुन् । राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गरेका छन् । पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता र चरम आर्थिक अभावका बाबजुद पनि उद्योगलाई सञ्चालनमा राख्न सफल भएको र हाल उद्योगमा क्लिङ्कर उत्पादन तथा बिक्री प्रक्रिया नियमित भइरहेको उनले दाबी गरेका छन्…
Read More
पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ

पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका एआइजी मनोज केसीले बताए । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो ।
Read More
मकवानपुरमा महिलाको व्यवसायिक यात्रामा तीव्र वृद्धि

मकवानपुरमा महिलाको व्यवसायिक यात्रामा तीव्र वृद्धि

मकवानपुर । पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको पाइएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसाय दर्तामा ५० प्रतिशतमात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि मकवानपुरमा महिला उद्यमी बढेका हुन् । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार आर्थिक वर्ष २०८०/८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा नयाँ उद्योग दर्ता भएकामा १६८ व्यवसाय महिलाका नाममा दर्ता भएका छन् । महिलाका नाममा दर्ता भएका व्यवसायमा अधिकांश जनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ, ब्यूटीपार्लर छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन व्यवसाय छन् । सरकारले महिलाका नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुतमा छुट दिनु, स्थानीय प्रशासनले पनि…
Read More
एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता र  रमेश लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता र रमेश लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार (आज) काठमाडौँ जिल्ला अदालत उपस्थित गराइँदैछ । दुवै जनालाई जरुरी पुर्जी थमाएर उनीहरुलाई पक्राउ गरेको थियो । जरुरी पुर्जी थमाएर पक्राउ गरेको २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनुपर्छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले ओली र लेखकलाई दोषी देखाउँदै तीनदेखि १० वर्षसम्म कैद सजायको सिफारिस गरेको थियो । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ७६ जनाको ज्यान जानेगरी भएको…
Read More

ओली पक्राउको विरोधमा हेटौंडामा एमालेको प्रदर्शन

  हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा कार्यकर्ताहरू मकवानपुरको हेटौंडामा प्रदर्शनमा उत्रिएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली लाई पक्राउ गरिएको विरोधमा उनीहरू सडकमा आएका हुन्। शनिबार दिउँसो पार्टीका विभिन्न जनसंगठनहरूको अगुवाइमा हेटौंडाका विभिन्न स्थानमा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले अध्यक्ष ओलीको पक्राउको विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्। यसैबीच, राजधानी माइतीघर–बानेश्वर क्षेत्र मा समेत एमालेका कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्। सो क्षेत्रमा अहिले तनावको अवस्था सिर्जना भएको बताइएको छ। पार्टी स्रोतका अनुसार एमाले सचिवालयको आकस्मिक बैठकले आज दिउँसो ३ बजे देशभरका जनसंगठनमार्फत विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो। एमालेसँग आबद्ध २३ वटा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णयअनुसार हेटौंडासहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको हो। यसअघि…
Read More
नवनियुक्त १५ मन्त्रीले लिए शपथ

नवनियुक्त १५ मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभए लगत्तै १५ जना नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त १५ जना मन्त्रीले शपथ लिनुभएको हो । प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषद्‍मा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल हुनुहुन्छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिना, भूमि,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.