Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
भिमफेदी कारागारबाट फरार तीन कैदी पक्राउ

भिमफेदी कारागारबाट फरार तीन कैदी पक्राउ

मकवानपुर ।  जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागार तथा बालसुधार गृह हेटौँडाबाट फरार भएका तीन जना कैदी–बन्दीलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २३ र २४ गते भएको आन्दोलनका बेला भिमफेदी कारागारबाट फरार भएका दुई जना कैदी र बालसुधार गृह हेटौँडाबाट फरार भएका एक जना बालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले खोजतलासका क्रममा शनिबार र आइतबार नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दाका बागमती गाउँपालिका–६ कैलेडाँडाका ३० वर्षीय मुन्ना स्याङ्तान र लागूऔषध ट्रामाडोल मुद्दाका हेटौँडा उपमहानगरपालिका–७ हरियालीका २२ वर्षीय विशाल गोले रहेका छन्। त्यसैगरी, बालसुधार गृह हेटौँडाबाट फरार भएका लागूऔषध ब्राउन सुगर मुद्दाका एक जना बालकलाई पनि प्रहरीले फेला…
Read More
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरबाट विवेक पक्राउ

लागुऔषध खैरो हेरोइनसहित मकवानपुरबाट विवेक पक्राउ

काठमाडौं । मकवानपुरबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ घर भएका १९ वर्षीय विवेक घर्तीमगरलाई हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे क्षेत्रबाट आइतबार बिहान पक्राउ गरिएको हो। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले वीरगञ्जबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ०९२८ नम्बरको विद्युतीय गाडी जाँच गर्ने क्रममा उनलाई लागुऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार घर्तीमगरको साथबाट करिब १ ग्राम ६ सय ८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
Read More
भद्रपुरमा भद्रपुरमा मोटरसाइकलको दुर्घटनामा पैदलयात्रुको मृत्यु

भद्रपुरमा भद्रपुरमा मोटरसाइकलको दुर्घटनामा पैदलयात्रुको मृत्यु

मकवानपुर । झापाको भद्रपुरमा मोटरसाइकलको दुर्घटनामा परेर पैदलयात्रुको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत भद्रपुर बनियानी सडक खण्डको भद्रपुर–२ स्थित सगरमाथा चोकमा बनियानिबाट भद्रपुर तर्फ आइरहेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले आइतबार साँझ पैदल यात्री स्थानीय ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते बन्नु भएका खरेललाई भद्रपुरस्थित ओमसाइ पाथिभरा अस्पताल पुर्‍याइएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनु भयो । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–६ निवासी २१ वर्षीय अनुराग घोष घाइते बन्नु भएको छ । उहाँको अनुहारमा चोट लागेको छ । दुर्घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिनुभयो ।
Read More
सङ्क्रमण रोक्न अन्तरिम निर्देशिका

सङ्क्रमण रोक्न अन्तरिम निर्देशिका

मकवानपुर । भारत तथा बङ्गलादेशमा निपाह भाइरस देखिएपछि नेपालमा फैलन सक्ने सम्भावना बढेको छ । ४० देखि ७५ प्रतिशत मृत्युदर रहेको निपाह भाइरस फैलिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको नमुना सङ्कलन तथा परीक्षणका लागि अन्तरिम निर्देशिकासमेत जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारत तथा बङ्गलादेशमा समेत निपाह भाइरस देखिसकेको अवस्थामा नेपालमा फैलन सक्ने सम्भावना रहेकोले अन्तरिम निर्देशिका जारी गरेको जानकारी दिनुभयो । “निपाह भाइरस हालसम्म नेपालमा देखा परेको छैन,” उहाँले भन्नुभयो, “फैलन सक्ने जोखिम विद्यमान छ, त्यसैले त्यही जोखिमलाई ध्यान दिँदै नमुना सङ्कलन र परीक्षणका लागि अन्तरिम निर्देशिका सार्वजनिक गरेका हौँ ।”…
Read More
आज कति छ अमेरिकी डलरको भाउ?

आज कति छ अमेरिकी डलरको भाउ?

मकवानपुर । नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ।त्यसैगरी युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९० रुपैयाँ ७४ पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८७…
Read More
गुल्मीमा एचपीभी खोप अभियान सञ्चालन हुदैँ

गुल्मीमा एचपीभी खोप अभियान सञ्चालन हुदैँ

गुल्मी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिनेछ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १०-१४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिन लागेको हो । विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीहरूलाई समेत खोपको पहुँचमा ल्याइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिए…
Read More
राष्ट्रपति रामचन्द्र पौडेल आज जापानमा

राष्ट्रपति रामचन्द्र पौडेल आज जापानमा

काठमाडौं । चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरे । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए । राष्ट्रपति नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता…
Read More
प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौं । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छापिएको छ। निर्वाचन आयोगका अनुसार देशका २५ जिल्लामा मतपत्र छाप्ने काम सम्पन्न भइसकेको छ। जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छापाइ नियमित रूपमा भइरहेको छ। यसअघि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दुई करोड ८ लाख ३० हजार मतपत्र छापिसकिएको छ। त्यस्तै, मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि छापिसकिएको छ। निर्वाचन शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा स्वीकृत सामग्री सार्वजनिक गरेको छ। यी सामग्री आयोगको आधिकारिक फेसबुक पेज, एक्स,…
Read More
तीन महिनापछि उद्धार भए भुवन, डुङ्गा दुर्घटनाका अर्का युवक बिष्णे बेपत्ता

तीन महिनापछि उद्धार भए भुवन, डुङ्गा दुर्घटनाका अर्का युवक बिष्णे बेपत्ता

म्याग्दी । रोजगारीको प्रलोभनमा परेर विदेशमा अलपत्र परेका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि सफल उद्धार भएको छ। सर्बियाबाट अवैध बाटो हुँदै इटली जाने क्रममा गत कात्तिक २५ गते डुङ्गा दुर्घटनामा परेर घाइते र अलपत्र बनेका विक हालै स्वदेश फर्किएका हुन्। यद्यपि, सोही दुर्घटनामा बेपत्ता भएका बेनी नगरपालिका–९ का बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात छ। जिल्ला प्रशासन कार्यालयको आप्रवासी स्रोत केन्द्र, परराष्ट्र मन्त्रालय र जर्मनीमा रहेको नेपाली दूतावासको समन्वयमा विकको उद्धार सम्भव भएको हो।"सर्बियामा काम र दाम नपाएपछि १३ जना नेपाली लुकिछिपी इटली जान लाग्दा डुङ्गा पल्टियो, प्रहरीले उद्धार त गर्‍यो तर कागजात नहुँदा अलपत्र परेको…
Read More
कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवती मृत फेला, अनुसन्धान जारी

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवती मृत फेला, अनुसन्धान जारी

धनगढी । कञ्चनपुरमा खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ । भीमदत्त नगरपालिका–१० को तिल्केनीस्थित शान्ति सामुदायिक वनभित्रको बंग्यादोल खोलामा पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बेवारिसे अवस्था भेटिएको शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको बताए । उनकाअनुसार शव सड्न लागेको अवस्थामा भएका कारण पहिचान गर्न असहज भएको छ । शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.