Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010

हेटौंडा सडक विस्तारः जोखिमयुक्त घरटहरामा व्यापार नगर्न प्रशासनको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सडक विस्तारका क्रममा जोखिममा परेका घरटहरामा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ। हेटौंडा उपमहानगरपालिका अन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडक विस्तारको कार्य भइरहेको छ। सो क्रममा सडक सीमाभित्र पर्ने घरटहराहरू भत्काइएका छन् भने केही संरचना जोखिमपूर्ण अवस्थामा रहेका छन्। जिल्ला प्रशासन कार्यालयले सडक विस्तार कार्य हाललाई स्थगित रहेको स्पष्ट गर्दै अधिकांश घरधनीहरूले आफ्नै संरचना व्यवस्थापन गरिसके पनि केही व्यक्तिहरूले डोजर तथा एक्साभेटर प्रयोगका क्रममा जोखिममा परेका घरटहरामा व्यापार सञ्चालन गरिरहेको भन्दै यसले जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ। प्रशासनले यस्ता भत्किएका…
Read More
लगातार बढिरहेको डलरको भाउ आज कति छ?

लगातार बढिरहेको डलरको भाउ आज कति छ?

मकवानपुर । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा कायम गरिएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५५…
Read More
मकवानपुर र चितवनका चेपाङ समुदायका तीन जना समानुपातिक सूचीमा

मकवानपुर र चितवनका चेपाङ समुदायका तीन जना समानुपातिक सूचीमा

मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक प्रणालीतर्फ सीमान्तकृत चेपाङ समुदायका तीन जना उम्मेदवार विभिन्न राजनीतिक दलको बन्दसूचीमा समेटिएका छन्। संविधान सभा सदस्य एवं नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार मकवानपुरका एक र चितवनका दुई जना गरी तीन जना चेपाङ समुदायका व्यक्तिहरू प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचीमा परेका हुन्। नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नवगठित गतिशील लोकतान्त्रिक पार्टीले एक–एक जना चेपाङ समुदायका उम्मेदवारलाई बन्दसूचीमा राखेका छन्। नेकपाबाट मकवानपुरको साबिक हाँडीखोला गाविस, हाल मनहरी गाउँपालिका–३ सिद्धकालीका मङ्गलसिंह चेपाङ प्रतिनिधि सभा समानुपातिक सूचीमा समेटिनुभएको छ। त्यस्तै एमालेबाट चितवनको कालिका नगरपालिका– शक्तिखोरका सन्तबहादुर चेपाङ सूचीमा पर्नुभएको छ…
Read More
पोषण प्याकेजले मातृ स्वास्थ्यप्रति बढाउँदै सचेतना

पोषण प्याकेजले मातृ स्वास्थ्यप्रति बढाउँदै सचेतना

लहान । लहान नगरपालिकामा विगत वर्षदेखि नै प्रत्येक महिनाको २२ गते वितरण गर्ने सुत्केरी तथा गर्भवति महिलाको स्वास्थ्य अवस्थामा सुधार र स्वस्थ्य शिशु जन्माउने उद्देश्यले वितरण गरिरहेको पोषण प्याकेज प्रभावकारी हुँदै जान थालेको छ । लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर चौधरीको अनुसार मातृ स्वास्थ्य अन्तर्गत लहान नगरपालिका स्वास्थ्य संयोजक समेत रहनुभएको नगरप्रमुख महेशप्रसाद चौधरी निर्वाचित भएर आएपछि वितरण गर्न थालिएको पोषण प्याकेज कार्यक्रम सुरुमा प्रचारात्मक मात्रै भएको बुझिएका घर परिवार समाज र सुत्केरी तथा भर्ववति महिलाले समेत चासो लिन थालेको सुनाउनुभयो । ‘‘सुरुमा अरुचि राख्नेहरु अब यस कार्यक्रममा जोडिएर सचेत हुन थालेका छन् । कार्यक्रमलाई प्रभावकारी बनाउन महिला स्वयमसेविकाहरुको…
Read More
सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज विहान उहाँहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको थियो । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च प्राथमिकताका साथ गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा राप्रपा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको बताउनुभएको थियो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गर्नुभएको थियो ।
Read More
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष (पिआइसीयू) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो । अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै विशेषज्ञता हासिल गरेका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार गर्नेगरी बाल सघन उपचार कक्षको सिङ्गो युनिट सञ्चालनमा ल्याएको छ । सो कक्षमा सात शय्या दुई महिनाभन्दा ठूला बच्चाका…
Read More
आज राष्ट्रियसभा सदस्यको उम्मेद्वारी मनोनयन

आज राष्ट्रियसभा सदस्यको उम्मेद्वारी मनोनयन

काठमाडौँ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले…
Read More
तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो,दिउँसो पनिे हुस्सु कायमै रहने

तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो,दिउँसो पनिे हुस्सु कायमै रहने

मकवानपुर । तराई/मधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । तराईका सबैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको र दिउँसो पनिे कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । तराईमा लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुँदै आएको छ । चिसोका कारण विपन्न वर्ग, मजदुर बढी मर्कामा परेका छन् । बालबालिका, वृद्धवृद्धा बिरामी पर्नेक्रम बढेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा…
Read More
एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

एमालेले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने

काठमाडौँ। नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने भएको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। एमालेले प्रत्येक प्रदेशमा १/१ जना उम्मेद्वार रहनेगरी कांग्रेससँग सहकार्य गर्नेगरी छलफल गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। बैठकले कांग्रेससँग गठबन्धनको सिट टुङ्गो लगाउने र उम्मेद्वार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। कांग्रेससँगको छलफल टुङ्गोमा नपुगेकोले थप छलफल गर्नका लागि अध्यक्ष ओलीलाई जिम्मा दिइने निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो। बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि पनि विभिन्न कमिटी बनाउने निर्णय गरेको उहाँले बताउनुभयो।
Read More
एमालेले यी नेताहरूलाई तोक्यो प्रदेश संयोजनको जिम्मेवारी

एमालेले यी नेताहरूलाई तोक्यो प्रदेश संयोजनको जिम्मेवारी

मकवानपुर । नेकपा एमाले सचिवालय बैठकले सात वटा प्रदेशमा प्रदेश तथा निर्वाचनसँग सम्बन्धित अन्य काममा संयोजन गर्न जिम्मेवारी तोकेको छ। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आजको सचिवालय बैठकले कोशी प्रदेशको संयोजनको जिम्मा शेरधन राईलाई दिएको छ। मधेस प्रदेशको संयोजन लीलानाथ श्रेष्ठ र बागमती प्रदेशको संयोजनको जिम्मा महेश बस्नेतलाई दिएको छ। त्यस्तै नवगठित प्रदेश राजधानी प्रदेश संयोजनको जिम्मा राजन भट्टराईलाई दिएको छ। गण्डकी प्रदेश संयोजनको जिम्म खगराज अधिकारी र कर्णाली प्रदेश संयोजनको जिम्म यामलाल कँडेललाई दिइएको छ। सुदूरपश्चिम प्रदेश संयोजनको जिम्म गणेश ठगुन्नाले पाएका छन्। संगठन विभागको जिम्मा भानुभक्त ढकालले पाएका छन्।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.