Alag Dhar

Breaking News 1


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
एमाले मकवानपुरको बैठक सम्पन्न ,२ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन, ताेकियाे निर्वाचन परिचालन सम्बन्धि जिम्मेवारी

एमाले मकवानपुरको बैठक सम्पन्न ,२ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन, ताेकियाे निर्वाचन परिचालन सम्बन्धि जिम्मेवारी

हेटौँडा ।  नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको बैठक सम्पन्न भएको छ। बैठकले मकवानपुर इञ्चार्ज तथा प्रतिनिधिसभा उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा २,०२५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन परिचालन समिति–२०८२ गठन गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै समिति गठन गरिएको हो। निर्वाचन परिचालन समितिको सचिवमा पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा रहनुभएको छ। साथै ७७ सदस्यीय निर्वाचन परिचालन समिति सचिवालय समिति पनि गठन गरिएको छ। निर्वाचन परिचालन समितिमा पार्टीका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी तथा निकायका सदस्य, जिल्ला कमिटी तथा जिल्ला लेखा कमिटीका सदस्य, जिल्ला सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च, पालिका तथा इलाका कमिटी, वडा कमिटीका पदाधिकारी, निर्वाचित…
Read More
बागमतीमा राष्ट्रिय सभा सदस्यमा एमालेका दङ्गाल र काङ्ग्रेसकि देवकोटा बिजयी

बागमतीमा राष्ट्रिय सभा सदस्यमा एमालेका दङ्गाल र काङ्ग्रेसकि देवकोटा बिजयी

मकवानपुर । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन्। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी देवकोटा र अन्य समूहबाट एमालेका  दंगाल विजयी भएका हुन् । महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभाबाट ६० मत प्राप्त गर्दै ३ हजार १ सय ८० मतभार हासिल गरिन्। स्थानीय तहबाट १६१ मतसहित ३ हजार ५९ मतभार पाएपछि उनले कुल ६ हजार २ सय ३९ मतभारसहित विजय हासिल गरिन्। अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ५९ मत प्राप्त गरी ३ हजार १ सय २७ मतभार पाए। स्थानीय तहतर्फ १६२ मतसहित ३ हजार ७८ मतभार प्राप्त…
Read More
राष्ट्रियसभा निर्वाचनः बागमतीमा मतदान सम्पन्न, ५ जना अनुपस्थित

राष्ट्रियसभा निर्वाचनः बागमतीमा मतदान सम्पन्न, ५ जना अनुपस्थित

मकवानपुर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशको मतदान सकिएको छ । कुल ३३८ मतदाता रहेकोमा ३१८ मत खसेको थियो । स्थानीय तहतर्फ २२९ ले मतदान गरे भने ५ जना अनुपस्थित रहे । स्थानीय तहतर्फ दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी, दोलखा बिगु गाउॅंपालिका प्रमुख संजीब ओली, काठमाडौं शंकरापुर नगरपालिकाका प्रमुख रमेश नापित, ललितपुर गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लम्सास अनुपस्थित रहेका थिए । त्यस्तै, प्रदेशसभा तर्फ १०४ मध्य ८९ प्रदेश सभा सदस्यले मतदान गरेका छन् । निर्वाचनमा राप्रपाका १२, हानेपाका २, नेकपा १ जना अनुपस्थित रहेका थिए ।  
Read More
बागमतीमा एक घण्टाभित्र १४३ जनाले गरे मतदान

बागमतीमा एक घण्टाभित्र १४३ जनाले गरे मतदान

मकवानपुर । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा एक घण्टाभित्र १४३ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहमा प्रमुखरअध्यक्ष तथा उपप्रमुखरउपाध्यक्ष र प्रदेश सभा सदस्य मतदाता छन् । प्रदेश सभाका ११० सदस्यमध्ये ६ जनाले राजीनामा दिएका कारण १०४ मतदाता कायम छन् । यस्तै स्थानीय तहतर्फ २३८ मध्ये एक जना निलम्बन र ३ जनाले राजीनामा दिएका कारण २३४ मतदाता कायम छन् । मतदान सुरु भएको एक घण्टामा स्थानीय तहतर्फ १११ र प्रदेश सभातर्फ ३९ जनाले मतदान गरेका छन् ।
Read More
राष्ट्रियसभा सदस्य चयनका लागि देशभर मतदान सुरु

राष्ट्रियसभा सदस्य चयनका लागि देशभर मतदान सुरु

मकवानपुर । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ । मतदानका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको…
Read More
मकवानपुरमा ट्रक र स्कुटर ठोक्किँदा एकको मृत्यु

मकवानपुरमा ट्रक र स्कुटर ठोक्किँदा एकको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ आँपचौरस्थित कान्तिलोकपथ सडक खण्डमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–१० पानीट्याङ्की घर भएका ५० वर्षीय अनुराग श्रेष्ठ रहेका छन । जितपुरभन्ज्याङतर्फबाट ठिंगनतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०९५२ नम्बरको बल्गर ट्रक र विपरित दिशाबाट आउँदै गरेको म प्र ०३–०३९ प ५६४४ नम्बरको स्कुटर सडकको टर्निङमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read More

बालेनले गरे पाथीभरा दर्शन

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् । आज बिहान मुक्कुमलुङ पुगेर साहले पाथीभराको दर्शन गरेका हुन् । उनी चुनावी अभियानका क्रममा झापाबाट इलाम हुँदै बिहीबार राति ताप्लेजुङ पुगेका थिए । बालेन चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथीभरा माताको दर्शन गर्न पुगेका हुन् ।
Read More
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
Read More
४४ जनाले गराए मकवानपुरमा  उम्मेदवारी दर्ता

४४ जनाले गराए मकवानपुरमा उम्मेदवारी दर्ता

मकवानपुर । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन। मकवानपुर क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरु आजबाट नै चुनावी प्रचार प्रसारमा जुटेका छन् । मंगलबार लागि निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका उम्मेदवारले आफनो उम्मेदवारी दर्ता गराएका थिए । १ नम्बर क्षेत्रमा कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, एमालेबाट रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीबाट विजय गौतम, राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, रास्वपाबाट प्रकाश गौतम, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन, उज्यालो…
Read More
आगामी  निर्वाचनका लागि मकवानपुरको दुवै क्षेत्रमा रास्वपाले टुंग्यायो उम्मेदवारः १ मा गौतम, २ मा उप्रेती

आगामी निर्वाचनका लागि मकवानपुरको दुवै क्षेत्रमा रास्वपाले टुंग्यायो उम्मेदवारः १ मा गौतम, २ मा उप्रेती

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुरको दुवै क्षेत्रको प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ । मकवानपुर–१ मा रास्वपा मकवानपुरका कार्यवाहक सभापति प्रकाश गौतम उम्मेदवार बन्ने भएका छन् । त्यस्तै मकवानपुर क्षेत्र नम्बर २ मा मनहरी–७ निवासी प्रशान्त उप्रेतीलाई रास्वपाले उम्मेदवार बनाएको छ । मकवानपुर–२ मा यसअघिका उम्मेदवार भरत पराजुलीको चर्चा भएपनि उप्रेतीले टिकट ल्याएका हुन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.