२०८२ माघ १८, आईतवार ०३:२९
२०८२ माघ १८, आईतवार ०३:२९
१८ माघ/हेटौंडा । स्थानीय सीप, स्वाद र सिर्जनालाई एउटै थलोमा चिनाउने उद्देश्यसहित हेटौँडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी मेला सम्पन्न भएको छ । घरेलु उत्पादन प्रबर्धन गर्ने उद्देश्यसहित हेटौँडा उपमहानगरपालिका–१० नम्बर वडाले प्रदर्शनी आयोजनामा गरेकाे हाे । प्रदर्शनीमा उपमहानगरपालिकाका १९ वटै वडाबाट सहभागी स्टलहरूमा स्थानीय उत्पादनको विविधता झल्कने गरि ढाका, गुन्द्रुक, हस्तकला सामग्री, कृषिजन्य उत्पादनदेखि स्थानीय महिलाहरूले उत्पादन गरेका विविध सामग्रीहरू अवलोकन र खरिदका लागि राखिएका थिए । मेलाको समापन गर्दै बागमतीका पुर्वमन्त्री एवम् एमाले प्रमुख सचेतक एका लाल श्रेष्ठले स्थानीय उत्पादनको प्रयोग बढ्दै जानु सकारात्मक संकेत भएको बताउनुभयो । स्वदेशी उत्पादनले बजार नपाउने र विदेशी उत्पादनले बजार कब्जा गर्ने…