२०८२ मंसिर २४, बुधबार ११:२६
२०८२ मंसिर २४, बुधबार ११:२६
मकवानपुर । नाबालिग बलात्कार अभियोगमा प्रहरीले एमाले नेता शिवशंकर साह उर्फ हिरा शााहलाई पक्राउ गरेको छ। साहलाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट पक्राउ गरि मंगलबार राति धनुषा ल्याइएको हो। प्रहरीका अनुसार पीडित पक्षको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी पाउनासाथ साह भारततर्फ फरार भएका थिए । फरारपछि प्रहरीले निगरानी बढाउँदै भारतीय काउन्टरपार्टसँग समन्वय गरी सीतामढीबाट उनलाई नियन्त्रणमा लिएको हो । यसैगरी, नाबालिगका मामा सञ्जय महासेठलाई पनि प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ। धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार महासेठले घटनालाई कानुनी दायरामा नलगी मिलाउने प्रयास गरेको र पीडित पक्षबाटै रकमसमेत लिएको आरोप छ। प्रहरीका अनुसार…