Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

मकवानपुर । काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका ५५ वर्षे निपुन गुप्तालाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भारत घर भएका मनोरला गुप्ताका छोरा निपुन गुप्ता गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएको र तीन महिनापछि विराटनगरबाट पक्राउ परेका हुन् । लामो समयदेखि फरार रहेका गुप्ता मोरङको विराटनगर महानगरपालिका वडा ७ मा लुकिछिपी बसिरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा प्रहरीले आइतबार राति उनलाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई नख्खु कारागार…
Read More
नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाको एकता टुङ्ग्याउने

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाको एकता टुङ्ग्याउने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश सम्मको एकता टुङ्ग्याउने भएको छ । आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बागमती प्रदेश, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा तयारी बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी गराएका हुन् । ‘पुस ५ गतेसम्म हामीले प्रदेश र जिल्लासम्म एकता टुङ्ग्याउने छौँ । कसैले पनि मनचित्त सानो बनाउनु पर्दैन । योग्यता, क्षमताको आधारमा नेताहरूलाई जिम्मेवारी दिने भन्नुभएको छ’, नेता हिमाल शर्माले भने । बैठकमा सहसंयोजक माधव नेपालले कुनै आग्रह–पूर्वाग्रह नराखी एकता प्रक्रियालाई टुङ्ग्याउने बताएको शर्माले जानकारी दिए । दुवै नेताले पछिल्लो राजनीतिक अवस्था, वामपन्थी घटकबिच एकताको आवश्यकताबारे ब्रिफिङ गरेका थिए ।…
Read More
पदाधिकारी संख्या बढाउने भए नेतृत्वमा दुई कार्यकाल व्यवस्था पनि लागू गरौं: सुरेन्द्र पाण्डे

पदाधिकारी संख्या बढाउने भए नेतृत्वमा दुई कार्यकाल व्यवस्था पनि लागू गरौं: सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पदाधिकारी संख्या वृद्धि गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन्। पदाधिकारीमा आकांक्षा राख्ने नेताहरू बढेपछि अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनमार्फत् पदाधिकारी संख्या वृद्धि गर्ने चर्चा चलेपछि उपाध्यक्ष पाण्डेले पदाधिकारी संख्या अहिलेकै १५ सदस्यीय रहनुपर्नेमा जोड दिएका हुन्। भदौमा भएको एमाले विधान महाधिवेशनले एमाले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गरेकोमा अहिले फेरि अध्यक्ष ओलीले १९ सदस्यीय पदाधिकारी बनाउने गरी विधान संशोधन तयारी गरेको चर्चा एमालेभित्र छ। ‘हामीले विधान महाधिवेशनमा छलफल गरेर पदाधिकारी संख्या १५ मै सीमित गरेको हो, फेरि पदाधिकारी संख्या वृद्धि गरेर १९ पुर्‍याउने भन्ने सुनिँदैछ, त्यसो गर्न हुँदैन। यदि…
Read More
अन्डाको मूल्य फेरि बढ्यो

अन्डाको मूल्य फेरि बढ्यो

काठमाडौं । १० दिनअघि बढेको अन्डाको भाउ फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो । १३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ । यस्तै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ । मध्यम अन्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ । संघका अनुसार १३ मंसिरमा सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा…
Read More

चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ

मकवानपुर । आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् । निजले काठमाडौँको सिनामङ्गलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुङ्गाबाट पक्राउ गरेका छौँ, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।” असइ कार्कीले सिनामङ्गलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ ।
Read More
मुख्यमन्त्री पाण्डेले गरे सिरानचोक ४ को कार्यालय भवन उद्घाटन

मुख्यमन्त्री पाण्डेले गरे सिरानचोक ४ को कार्यालय भवन उद्घाटन

मकवानपुर । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ को नवनिर्मित भवन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन्। छोप्राकस्थित राम्चे चौतारानजिकै निर्माण गरिएको भवनको आइतबार आयोजित कार्यक्रमबीच मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका हुन्। वडा कार्यालय भवन नहुँदा राम्चेस्थित सामुदायिक भवनमा १७ महिना र केही वर्ष खेपुवामा घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएको थियो। अहिले एक तले, चार कोठाको वडा कार्यालय भवन बनाइएको वडाध्यक्ष भरत हमालको भनाइ छ। ३७ लाख ९ हजार २ सय ४९ रुपैयाँको लगानीमा वडा कार्यालय भवन बनाइएको हो। भवन निर्माणका लागि शिक्षकसमेत रहेका स्थानीय बासिन्दा कटकबहादुर खत्रीले जग्गा दान गरेका थिए। भवन उद्घाटनको अवसरमा जग्गादाता खत्रीलाई…
Read More
लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले छाडा पशु व्यवस्थापनसम्बन्धी गरेको सर्वेक्षण अध्ययन प्रतिवेदनमा प्रदेशमा अझै करिब चार हजार चौपाया व्यवस्थापन बाहिर रहेकाले कानुनी संरचना र सहकार्यलाई परिणाममुखी बनाउनुपर्ने कुरामा जोड दिएको छ । प्रदेशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका ३९ गौशालाको क्षमता ११ हजार ६ सय ७७ भए पनि अहिले आठ हजार नौ सय ९५ चौपायाको मात्र व्यवस्थापन भएका तथ्याङ्कमा औँल्याइएको छ । ती गौशालाहरुमा थप दुई हजार छ सय ८२ चौपाया राख्न सकिने भए पनि करिब एक हजार चौपाया अझै…
Read More
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु

मकवानपुर । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने ७० वर्षीय भक्तबहादुरराई गम्भीर बिरामी पर्नुभएको छ । बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उहाँकी पत्नी इन्द्रमाया राईसमेत बेहोस भेटिनुभएको थियो । बेहोस अवस्थामा रहेका दम्पतीलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिनुभयो । उपचारमा रहेका भक्तबहादुरको अवस्था पनि गम्भीर रहेको…
Read More
एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

मकवानपुर । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन…
Read More
जलेको सिंहदरबारका संरचना चाँडै पुनर्निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

जलेको सिंहदरबारका संरचना चाँडै पुनर्निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनर्निर्माण हुने विश्वास व्यक्त गरेकी छन् । गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुस्ख लागेको बताइन् । साथै उनले नेपाल सरकारले यी संरचनाहरूलाई चाँडै पुनर्निर्माण गर्ने विश्वास व्यक्त गरिन् । पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नहोस् भन्ने कामना समेत गरिन् । सिंहदरबार परिसरमा उनले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरुको अवलोकन गराएका थिए । कार्यालय अवलोकनपछि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.