Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आज मौसम सफा रहने

आज मौसम सफा रहने

मकवानपुर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
Read More
भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा  दुर्गा प्रसाईं पक्राउ

भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा दुर्गा प्रसाईं पक्राउ

मकवानपुर । दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।
Read More
धादिङबेसीको पशुपति मन्दिरमा आज बालाचतुर्दशी मेला

धादिङबेसीको पशुपति मन्दिरमा आज बालाचतुर्दशी मेला

मकवानपुर । धादिङको नीलकण्ठ नगरपालिका-१२ स्थित पशुपति मन्दिर परिसरमा आज बालाचतुर्दशी मेला लाग्दैछ । मेलाको तयारी अन्तिम चरणमा पुगेको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष मिलन भण्डारीले जानकारी दिनुभयो । “मन्दिर परिसरमा रङरोगन, बत्ती व्यवस्थापन, बाटो सफाइ तथा भक्तजनको सुरक्षा व्यवस्थाको अन्तिम चरणको काम भइरहेको छ,” उहाँले भन्नुभयो । आज बेलुका ५ बजे औपचारिक उद्घघाटनपछि रातभर नाचगान तथा भजन–कीर्तन हुनेछ । भोलिपल्ट बिहान सतबिज छर्ने र फूलको डोली तार्ने परम्परागत विधि पालना गरिने समितिले जनाएको छ । मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दीपदान गरी रातभर जाग्राम बसेपछि बालाचतुर्दशीको बिहान सतबीज छर्ने चलन रहेको छ । धान, जौ, तिल, गहुँ, चना, मकै…
Read More
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

मकवानपुर । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ९० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
Read More
प्रदेश अस्पतालले दिने सेवाबारे  संसदीय चासो

प्रदेश अस्पतालले दिने सेवाबारे संसदीय चासो

मकवानपुर । सुर्खेतस्थित प्रदेश अस्पतालले दिने विभिन्न सेवाबारे कर्णाली प्रदेश सभाको विषयगत संसदीय समितिले चासो व्यक्त गरेको छ । पछिल्लो समय प्रदेश अस्पतालले प्रदान गर्ने सेवाबारे असन्तुष्टि सार्वजनिक हुन थालेपछि प्रदेश सभाको सामाजिक विकास समितिले चासो व्यक्त गर्दै प्रदेश सरकार र अस्पताल व्यवस्थापकलाई बोलाई छलफल गरेको छ । गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीको भूगोल र वास्तविकतालाई आकलन गर्दा विशेषज्ञ डाक्टर कर्णाली आउन नमान्ने र सरकारले चाहेर मात्रै पनि सुविधा बढाउन नसक्ने बताउनुभयो । उहाँले सरकारले गाउँ गाउँमै डाक्टर पठाउने गरी छात्रवृत्ति करारका डाक्टरलाई स्थानीय तहसम्म परिचालन गरिएको जानकारी…
Read More
बागलुङ नगर अस्पतालले थप सेवा विस्तार गर्दै

बागलुङ नगर अस्पतालले थप सेवा विस्तार गर्दै

मकवानपुर । १५ शय्याको बागलुङ नगर अस्पतालले आफ्नो सेवालाई थप विस्तार गरेको छ । स्थापनाको तीन वर्ष पछि दुई मेडिकल अधिकृतसहितबाट थप सेवा प्रदान गर्न थालिएको छ । अस्पताल घोषणा भए पनि दरबन्दी अनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले सेवालाई थप विस्तार गरेको हो । बागलुङ नगरपालिकाले २०७८ असोज ८ गते नगरपालिका–१३ स्थित पैयुपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १५ शैयाको आधारभूत अस्पतालको रुपमा सेवा सुचारु गरेपनि सेवालाई अहिले आएर थप विस्तार गर्न सफल भएको छ । बागलुङ नगर अस्पतालले हालै एक्सरे र भिडियो एक्सरे सेवा थप गरेको छ । नगर अस्पतालको भौतिक संरचनाको अभावका बिच सेवा विस्तार गरिरहेको…
Read More
नेपाल आज मलेसियासँग भिड्दै

नेपाल आज मलेसियासँग भिड्दै

मकवानपुर । एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम चरणको छनोटअन्तर्गत मङ्गलबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित बुकित जलिल नेशनल स्टेडियममा साँझ ६:४५ बजे सुरु हुने खेलमा नेपालले आफ्नो कमजोरी सुधार गर्ने लक्ष्य राखेको छ । नेपालले मलेसियासँग ६ महिनापछि प्रतिस्पर्धा गर्न लागेको हो । यसै छनोटको पहिलो लेगमा नेपाल मलेसियासँग २–० गोलको हार खेपेको थियो । नेपालका लागि आजको खेल मलेसियासँग बदला लिने मौका हुनेछ । समूह एफ अन्तर्गत जारी छनोटमा हरेक टोलीले चार चार खेल सक्दा मलेसिया शतप्रतिशत जितसहित १२ अङ्कका साथ शीर्षस्थानमा छ । यस समूहमा भियतनाम र मलेसिया पनि रहेको छ । सबै खेलमा…
Read More
थपिए ६ लाख २० हजार नयाँ मतदाता

थपिए ६ लाख २० हजार नयाँ मतदाता

मकवानपुर । निर्वाचन आयोगले छ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ । आयोगका अनुसार यो तथ्याङ्क सोमाबार राति ९ बजेसम्मको हो । तीन लाख ११ हजार ४१४ जना निर्वाचन आयोगको नियमित सर्भरबाट र तीन लाख आठ हजार ५८५ जना राष्ट्रिय परिचयपत्रको आधारमा नयाँ मतदाता थपिएको आयोगले जनाएको छ । निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन जारी छ । पहिलो चोटी गत कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएको थियो । पछि थपेर यही मङ्सिर…
Read More
बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न

बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न

मकवानपुर । नयाँ अध्ययनले बङ्गलादेशमा ५ देखि १७ वर्ष उमेरका बालबालिकामध्ये ९.२ प्रतिशतले कुनै न कुनै प्रकारको श्रममा संलग्न रहेको तथ्य पत्ता लागेको छ । बङ्गलादेश तथ्याङ्क विभागले बालबालिका तथा महिलासम्बन्धी सबैभन्दा व्यापक सर्वेक्षण युनिसेफ र अन्य साझेदार संस्थासँगको सहकार्यमा सार्वजनिक गरेको हो । तथ्याङ्क विभागकी सचिव आलेया अक्टारले सर्वेक्षणको दायरामा गर्भवती महिलामा रगतको कमी जस्ता नयाँ परीक्षण समावेश भएका कारण यसले अझ बढी महत्त्व राख्ने बताउनुभयो । सर्वेक्षण अनुसार, मातृ रगतको कमी अझै उच्च रहेको छ, जुन ५२.८ प्रतिशत छ । एक हजार किशोरीमध्ये जन्मदर ८३ बाट बढेर ९२ पुगेको देखिएको छ । यी तथ्यले मातृ-शिशु पोषण सुधार, स्तनपान…
Read More
एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु

एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु

मकवानपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा सोमबार काठमाडौँ गोर्खाजले टस जितेर बलिङ रोजेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन हुने छ । क्रिकेटको दोस्रो संस्करण हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको चहलपहल सुरू भएको छ ।क्रिकेट मैदानमा दर्शकदीर्घाले भरिँदैछ । साथै दर्शक सुरक्षाका नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटाइएको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.