Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
मुस्ताङबाट कांग्रेसले खोल्यो खाता

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ ।  कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३३०७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत ल्याए । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।
Read More
रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो मतको अग्रता

रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो मतको अग्रता

रुकुमपूर्व । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् । प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का लखनकुमार थापाले १७६ मत ल्याएका छन् ।
Read More
मुस्ताङमा कांग्रेसका योगेश गौचनको जित निश्चित

मुस्ताङमा कांग्रेसका योगेश गौचनको जित निश्चित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको जित निश्चित भएको छ । यहाँ ३३०७ मतसहित कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीको जित पक्का भएको हो । यहाँ मत गणना सम्पन्न भइसकेको तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिकता घोषणा गर्न भने बाँकी छ । नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत मात्रै ल्याएका छन् । यहाँ रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् । राप्रपाका कमला लालचनले १६१ मत ल्याए भने नेकपाका ङुटुक गुरुङले १५१ मत ल्याउँदा । योगेश २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । जम्मा मतदाता ११ हजार ३२८ मत रहेको मुस्ताङमा ६३८८ मात्रै मत…
Read More
चितवन-२ : १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय

चितवन-२ : १४ हजार गणना हुँदा रविले ल्याए ६ हजार ७ सय

चितवन । चितवन २ मा अहिलेसम्म १४ हजार २२ मतगणना सम्पन्न भएको छ । अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६७०० मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २३२९ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २३२२ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपाका प्रताव गुरुङले १५५७ मत ल्याएका छन् ।
Read More
काभ्रे-२ मा मतगणना सुरु

काभ्रे-२ मा मतगणना सुरु

काभ्रे । काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । धुलिखेल नगरपालिकाको हलमा अहिले दिउँसो साढे ११ बजेबाट मतगणना सुरु भएको हो । यहाँ कांग्रेसबाट गुणराज मुक्तान, नेपाली कम्युनिस्ट पार्टीबाट दीनानाथ गौतम, नेकपा एमाले अमी तामाङ, रास्वपाबाट मधुकुमार चौलागाईँ उम्मेदवार छन् ।
Read More
चितवन क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवारले अग्रता कायमै

चितवन क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवारले अग्रता कायमै

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् । हालसम्म सो क्षेत्रमा २ हजार ८३० मत गणना हुँदा एमालेका उम्मेदवार दावादोर्जे लामाले ९६३ मत पाएका छन् । उनलाई कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् । बुर्लाकोटीले ७३९ मत पाउँदा रास्वपाका हरि ढकाल तेस्रो स्थानमा छन् । ढकालले ४८३ मत पाएका छन् भने नेकपा उम्मेदवार कृष्णराज पन्तले ३१० मत पाएका छन् ।
Read More
चितवन-३ मा रास्वपाकी सोबिता गौतमले बनाइन् हजार बढी मतान्तर

चितवन-३ मा रास्वपाकी सोबिता गौतमले बनाइन् हजार बढी मतान्तर

मकवानपुर । चितवन-३ मा रास्वपाकी उम्मेदवार सोबिता गौतमले मतान्तर एक हजार कटाएकी छन्। ७ हजार ७०८ मतगणना हुँदा रास्वपाकी गौतमले ३ हजार ६९३ मत पाएकी छन्। यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रेनु दाहालले २ हजार २६३ मत पाएकी छन्। एमालेका शंकर थपलियाले ७४१ मत ल्याएका छन्। कांग्रेसका टेकप्रसाद गुरूङले ४०४ मत ल्याएका छन् भने राप्रपाका दीपक थापाले १२७ मत ल्याएका छन्।  
Read More
झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा । झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले १०,१९० मत प्राप्त गर्दै अग्रस्थानमा छन्। उनका प्रमुख प्रतिस्पर्धी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४,०८७ मत पाएका छन् र दोस्रो स्थानमा छन्। यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९० मत ल्याएका छन्। मतगणना जारी छ र अन्तिम परिणाम प्रतीक्षित छ।
Read More
निर्वाचित भएपछि मतदातालाई रन्जुको धन्यवाद

निर्वाचित भएपछि मतदातालाई रन्जुको धन्यवाद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना काठमाडौं(१ बाट निर्वाचित भएकी छन् । निर्वाचित भएको बारे जानकारी गराउँदै उनले आफ्ना मतदातालाई फेसबुकमार्फत धन्यवाद दिएकी छन् । ‘यो विजय देशको, परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेकी छन्, ‘हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताहरू प्रति हार्दिक नमन ।’ उनले आज आफ्नो छोराको न्वारन कार्यक्रम रहेको बताउँदै उक्त कार्यक्रम सकेर साढे ११ बजे बानेश्वरस्थित सहभागी विभागमा उपस्थित हुने बताएकी छन् । उनले चुनाव प्रचारकै क्रममा अस्पताल भर्ना भएर छोरालाई जन्म दिएकी थिइन् । ‘हाल…
Read More
रास्वपाले खाता खोल्यो, काठमाडौं–१ बाट रञ्जु विजयी

रास्वपाले खाता खोल्यो, काठमाडौं–१ बाट रञ्जु विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् । दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.