Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
राष्ट्रपतिसमक्ष चार मन्त्रीको पद तथा गोपनीयताको शपथ

राष्ट्रपतिसमक्ष चार मन्त्रीको पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिंहले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ लिनुभयो । प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गर्नुभएको थियो । स्वास्थ्यमन्त्रीमा डा. सङ्गीता कौशल मिश्राको नाम यसअघि सिफारिस भए पनि अन्तिममा आएर उहाँको नाम रोकिएको छ । उहाँले आज शपथ खान पाउनुभएन । शपथ…
Read More
हुलाकी सडक निर्माणसँगै फेरिँदै जनजीवन, बढ्यो स्वरोगार

हुलाकी सडक निर्माणसँगै फेरिँदै जनजीवन, बढ्यो स्वरोगार

मकवानपुर । पूर्व–पश्चिम हुलाकी राजमार्गमा पक्की सडक निर्माणले स्वरोजगार बढेको छ । तराई–मधेशको जीवन रेखा मानिने हुलाकी सडकको सिरहा जिल्लाको सिरहा बजारदेखि पूर्व सप्तरीको राजविराजसम्म पूर्ण रुपमा कालोपत्रे भएको छ । उक्त सडक खण्डको करिब ६० किलो मिटरसम्म कालोपत्र भएपछि दर्जनौ प्रकारका स्वरोजगारमुखीमा स्थानीयहरुले लागेका छन् । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामध्ये हुलाकी राजमार्गको स्तरोन्नती अन्तर्गत पक्की सडक (कालोपत्रे) बनेको कारण स्वरोजगार, व्यापार व्यासायीले वरिपरिवासीको जनजीवन फेरिन थालेको हो । सप्तरीका श्यामसुन्दर यादवका अनुसार प्रत्येक एक÷दुई किलो मिटरको दुरीमा चौक बनेको छ। चोकमा चिया, नास्ता, मोबाइल, कपडा, पान, खाना पकाउने ग्यास, आइएमई, स्टेशनरी, श्रृगार लगायतको पसल खुलेका छन । केही…
Read More
हेटौंडा १९मा ट्रक, बस र तेल ट्याङ्कर ठोक्कियो

हेटौंडा १९मा ट्रक, बस र तेल ट्याङ्कर ठोक्कियो

हेटौंडा । भर्खरै हेटौंडा १९ दारिमटारमा तीन ओटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ। सोमबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा १९ दारिमटारमा हेटौंडा तर्फ आउदै गरेको ना ७ ख १७७४ नम्बरको तेल ट्याङ्कर सोही दिशामा जादै गरेको ना ६ ख २११९ नम्बरको यात्रु बहाक बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ८१८० नम्बरको ट्रक एक आपसमा ठोक्किर दुर्घटना भएको हो। दुर्घटनामा ३१ जना घाइते भएको जसमा दुईको अवस्था चिन्ताजनक रहेको मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जनाएका छन्। घाइते सबैलाई स्थानिय र प्रहरीले उद्धार गरेर अस्पताल पठाएको जनाइएको छ । घाइतेहरुको थप…
Read More
डेङ्गुका कारण एकै दिनमा १२ जनाको मृत्यु

डेङ्गुका कारण एकै दिनमा १२ जनाको मृत्यु

मकवानपुर । बङ्गलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, देशमा डेङ्गु सङ्क्रमणका कारण एकैदिन १२ जनाको मृत्यु भएको छ, जुन यस वर्षका लागि सबैभन्दा उच्च मृत्यु सङ्ख्या हो । हालसम्म डेङ्गुबाट मृत्यु हुनेको कुल सङ्ख्या १७९ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७४० नयाँ सङ्क्रमित फेला परेपछि यस वर्ष डेङ्गुका कुल सङ्क्रमितको सङ्ख्या ४१ हजार ८३१ पुगेको छ । डेङ्गु रोग मुख्यतः वर्षायाम अर्थात् जुनदेखि सेप्टेम्बरसम्म बङ्गलादेशमा व्यापकरूपमा फैलिने गर्दछ । मच्छरजन्य रोगका लागि संवेदनशील मानिने यस देशमा यस रोगको नियन्त्रणका लागि सतर्कता र प्रभावकारी कदम चालिनु आवश्यक रहेको विज्ञहरूले बताएका छन् । सरकारले…
Read More
पत्नीलाई घाइते बनाएर पतिले गरे आत्महत्या

पत्नीलाई घाइते बनाएर पतिले गरे आत्महत्या

मकवानपुर । इलाम नगरपालिका –१ साँखेजुुङका ४५ वर्षीय प्रकाशचन्द्र राईले ४० वर्षीया पत्नी टीका मुखियालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । बायाँ हात र टाउकोमा चोट लागेकी मुखियालाई रक्से प्रहरी चौकीको टोलीले उद्धार गरी उपचारका लागि इलाम अस्पताल पठाएको छ । इलाममा उपचार हुुन नसकेपछि थप उपचारका लागि झापा रेफर गरिएको अस्पतालका अधिकारीको भनाइ छ । पत्नीलाई खुकुरी प्रहार गरी फरार भएका प्रकाशचन्द्रको भने खोजी गर्ने क्रममा घर नजिकै रुखमा झुुण्डिएर मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बिहान ११ बजे भएको घटनापछि अहिले घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी टोली त्यसतर्फ पठाइएको प्रहरी कार्यालयका…
Read More
पर्साबाट १९ किलो लागूऔषध चरेस बरामद

पर्साबाट १९ किलो लागूऔषध चरेस बरामद

मकवानपुर । पर्साबाट सशस्त्र प्रहरीले १९ किलो लागूऔषध चरेस बरामद गरेको छ । पोखरिया नगरपालिका–७ जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोमा कालोझोला भित्र लुकाइ राखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको हो । विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले बरामद गरेको चरेसको १९ किलो १२६ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी गरिरहेको जनाएको छ ।
Read More
बङ्गलादेशसँग श्रीलङ्का हारेसँगै नेपाल सेमिफाइनलमा

बङ्गलादेशसँग श्रीलङ्का हारेसँगै नेपाल सेमिफाइनलमा

मकवानपुर । नेपाल श्रीलङ्कामा जारी यु–१७ साफको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० गोलले हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा लगातार दोस्रो हार खेपेसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समूहको पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा बङ्गलादेशसँग ४–० गोलले पराजित भएको थियो । सेमिफाइनलमा नेपालले भारत र पाकिस्तानमध्ये एउटा टोलीसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ बाट भारत र पाकिस्तानले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
Read More
राजधानीबाट चाडपर्व मनाउन  पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

राजधानीबाट चाडपर्व मनाउन पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिनुभयो । उहाँका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् । कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००,…
Read More
गौर नगरपालिकाको निषेधाज्ञा हट्यो

गौर नगरपालिकाको निषेधाज्ञा हट्यो

मकवानपुर । जिल्लामा शान्ति सुव्यवस्था सामान्य हुँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा लागू गरेको निषेधाज्ञा हटाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम भदौ २८ गतेदेखि गौर नगरपालिकाभित्र पूर्वमा नेपाल लज, पश्चिममा गौर घन्टाघर, उत्तरमा कृषि ज्ञान केन्द्र र दक्षिणमा जुद्ध उच्च माविसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो । शान्ति सुरक्षाको अवस्था सामान्य भएपछि आज (सोमबार) बिहान ५ बजेदेखि लागू हुने उक्त निषेधाज्ञा पनि हटाइएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा राम नरेश साहले जानकारी दिनुभयो । जिल्ला कारागार गौरको सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय रौतहटले उक्त चार किलाभित्र निषेधाज्ञा जारी…
Read More
प्रतितोला सात सयले बढ्यो सुनको मूल्य

प्रतितोला सात सयले बढ्यो सुनको मूल्य

मकवानपुर । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू. दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रू. दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू. सात सय बढेको हो । त्यस्तै, आज चाँदी प्रतितोला रू. दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.