Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आज विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा छ । स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९४ रुपैयाँ २३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा…
Read More
इरानसँगको युद्ध छिट्टै समाप्त हुन्छ : ट्रम्प

इरानसँगको युद्ध छिट्टै समाप्त हुन्छ : ट्रम्प

 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुने बताएका छन् । जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित कार्यक्रममा ट्रम्पले यस्तो दाबी गरेका हुन् । उनले आफू होर्मुज स्ट्रेट र इरानको परमाणु कार्यक्रमबारे सम्झौताको प्रयासमा रहेको पनि बताए । सीएनएनका अनुसार इरानले बिहीबार मध्यस्थकर्ताहरूलाई अमेरिकी प्रस्तावबारे आफ्नो जवाफ दिँदैछ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी प्रस्तावबारे पाकिस्तानी मध्यस्थकर्तासँग आफ्नो राय राख्ने बताएका छन् । सीएनएनले स्रोतको अवाला दिँदै अमेरिका र इरान दुवै देश युद्ध समाप्ती का लागि सम्झौतातर्फ बढेका छन् । इरानले अहिले अमेरिकाको प्रस्तावमाथि विचार–विमर्श भइरहेको जनाएको छ ।
Read More
आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो

काठमाण्डौं । आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । भाउ बढेर सुन आज तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९६ हजार ८०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५५ रुपैयाँ थियो ।
Read More
आज पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौं । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै अरू प्रदेशको हिमाली र पहाडी भूभाग र तराई भूभागका थोरै ठाउँहरूमा पनि  मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । हिजो र गए राति पनि देशका धेरै ठाउँमा पानी परेको थियो । केही दिनयता लगातार जसो पानी परिरहेको छ । अझै केही दिन यसै गरी बदली र वर्षा हुने महाशाखाले जनाएको छ ।  
Read More
सरकारी जग्गा र भवन खाली गर्न मन्त्रालयको कडा निर्देशन

सरकारी जग्गा र भवन खाली गर्न मन्त्रालयको कडा निर्देशन

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि बनाइएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम साबिकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो । तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको हकमा भोगाधिकार कानुनतः स्वतः समाप्त भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्झौताबमोजिम तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्ता जग्गा तथा त्यसमा बनाइएका संरचनासमेत यथाशीघ्र खाली गर्न सम्बन्धित सबैलाई सूचित गरेको…
Read More
भाषा दिवसको अवसरमा वाग्मती प्रदेशभर आज सार्वजनिक बिदा

भाषा दिवसको अवसरमा वाग्मती प्रदेशभर आज सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । दिवसको अवसरमा आज वाग्मती प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । वाग्मती प्रदेश सरकारले विक्रम संवत् २०८१ देखि वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसको रुपमा मनाउन सुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो । उक्त ऐन, २०८० साल कात्तिक २३ प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे । ऐनको दफा (१) को उपदफा (३) बमोजिम प्रदेश राजपत्रमा प्रकाशित भएको १८० दिनदेखि कार्यान्वयन हुने व्यवस्था गरिएको थियो । जसअनुसार २०८१ वैशाख २४ गते ऐन…
Read More
पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा : आज पनि पानी पर्ने

पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा : आज पनि पानी पर्ने

काठमाण्डौं । पूर्वका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज बिहान र गए राति बाग्मती प्रदेशदेखि पूर्वका क्षेत्रमा पानी परेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै इलामको कन्याम जल मापन केन्द्रमा झण्डै ५३ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै सुनसरी, संखुवासभा, पाँचथर, ताप्लेजुङ, सिन्धुपाञ्चोक, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुली, नुवाकोटलगायतका ठाउँमा पनि पानी परेको छ । काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भएको छ । यसैबीच आज दिउँसो बागमतीसहित कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । उच्च क्षेत्रमा हिमपातको सम्भावना…
Read More
चौघडाको कालीपोखरीमा सप्ताह ज्ञान महायज्ञ  शुरु

चौघडाको कालीपोखरीमा सप्ताह ज्ञान महायज्ञ शुरु

हेटौडा । चौघडा ६ कालीपोखरीमा मंगलवार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शुरु भएको छ । नगरवासीहरुको सुख, शान्ति , समृद्धिको कामनाका साथ सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । सप्ताह ज्ञान महायज्ञको बागमती प्रदेश सभा सदस्य माननीय एकालाल श्रेष्ठले उदघाटन गर्नु भएको थियो । धर्म र संस्कृतिको माध्यमबाट समाज र देशको विकास गर्न सकिनेमा जोड दिदै वहाले सबैको सामुहिक प्रयासबाट मात्रै समाजको विकास गर्न सकिनेमा वहाको जोड थियोे । डोलेश्वर महादेव पाथीभरा महाकाली रक्तदन्तिका दिब्यशक्ती धाम समितिकी अध्यक्ष शोभा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा- ६ का कावा अध्यक्ष विजय पौडेल, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, नौलो…
Read More
बीपी राजमार्ग: अपडेट लिएर मात्र यात्रा गर्न अनुरोध

बीपी राजमार्ग: अपडेट लिएर मात्र यात्रा गर्न अनुरोध

काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ । समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो । बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा खोलाको सतह बढेर ‘डाइभर्सन’ बगाउँदा सडक अवरुद्ध हुने भएकाले मङ्गलबारदेखि रातिको समयमा अनिश्चितकालीन रागमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार मौसमी अवस्थाअनुसार पुनः राजमार्गमा आवागमन नियमित गराइनेछ…
Read More
राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गतेका लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गतेका लागि संसद् अधिवेशन आह्वान

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले २८ गते सोमबार दिउँसो २ बजे बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि मन्त्रिपरिषद्को सिफारिसमा गएको वैशाख १७ गतेका लागि आह्वान भएको सङ्घीय संसद्को दुवै सदनको अधिवेशन राष्ट्रपति पौडेलले स्थगित गर्नुभएको थियो । सरकारले वैशाख ९ मा राष्ट्रपति पौडेलसमक्ष वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वानको सिफारिस गरेको थियो । आह्वान भइसकेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.