Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
आज विदेशी मुद्राको भाउ कति?

आज विदेशी मुद्राको भाउ कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको…
Read More
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले संयुक्तरुपमा मुल समारोहको आयोजना गर्दैछन्।
Read More
गैँडाले आक्रमण गर्दा दुई जना घाइते

गैँडाले आक्रमण गर्दा दुई जना घाइते

नवलपुर । नवलपुरमा गैँडाको आक्रमणबाट दुई दिनमा दुई जना घाइते भएका छन् । गैँडाले मङ्गलबार र बुधबार लगातार दुई जनालाई आक्रण गरी घाइते बनाएको हो । आज बिहान ६ बजे मध्यविन्दु नगरपालिका–३, ब्रह्मस्थानका ३ वर्षीय बालक शिभान्स रेग्मीलाई आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर गुरुङका अनुसार बालकको मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा उपचार भइरहेको छ । त्यसअघि हिजो कावासोती नगरपालिका–१७, अमलटारीमा ४० वर्षीय हेमबहादुर कुमाललाई घर अगाडि घाँस काट्ने क्रममा गैँडाले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते कुमालको पनि मध्यविन्दु अस्पतालमै उपचार भइरहेको प्रहरी निरीक्षक गुरुङले…
Read More
ट्याक्टर दुर्घटनामा परेर युवकको मृत्यु

ट्याक्टर दुर्घटनामा परेर युवकको मृत्यु

तनहुँ । ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ऋषिङ गाउँपालिका–४ का २३ वर्षीय पूर्णबहादुर थापाको गए राति मृत्यु भएको हो । बालुवा बोकेको ग१त ६२९४ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते थापाको रत्नहरि अस्पतालमा मृत्यु भएको हो ।
Read More
आज विश्व क्यान्सर दिवस मनाईंदै

आज विश्व क्यान्सर दिवस मनाईंदै

मकवानपुर । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सरलाई अर्बुद रोग भनेर पनि चिनिन्छ । समयमै पहिचान हुनसके अनि उपचार भएमा क्यान्सरको जटिल अवस्थालाई रोक्न सकिने डाक्टरले बताएका छन् । कतिपय क्यान्सर शुरूआती उपचारबाट निको पनि हुन्छ । नेपालमा देखिने ५ प्रमुख क्यान्सरमा फोक्सो, स्तन, आमाशय, आन्द्रा र पाठेघरको क्यान्सर रहेका छन् । मुखसहित अरु अंगमा पनि क्यान्सर हुने गरेको छ । समय समयमा स्वास्थ्य जाँच नगराउने प्रवृत्तिले क्यान्सरको पहिचानमा समस्या र रोग जटिल अवस्थामा पुगेपछि गरिने उपचारमा लाग्ने खर्च महँगो छ । जाँडरक्सी र…
Read More
बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

मकवानपुर । नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला तीन हजार सात सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा १४ हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ६५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय…
Read More
सुपिङमा बर्तौलाले एक दर्जन रास्वपालाई एमालेमा फर्काए

सुपिङमा बर्तौलाले एक दर्जन रास्वपालाई एमालेमा फर्काए

मकवानपुर । ​नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । बुधलबार भीमफेदी गाउँपालिका वडा नं. ५ को सुपिङ गाउँमा आयोजित शुभचिन्तक भेटघाट तथा अन्तरक्रियाका क्रममा एमाले छाडेर रास्वपा प्रवेश भएका एक दर्जन कार्यकर्तालाई पुनः एमाले फर्काएका छन् । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शेर बहादुर मुक्तान, चन्द्र बहादुर स्याङतान, रमाकान्त नेपाल, कमल बहादुर रेग्मी र सुमन थिङ लगायत एक दर्जन कार्यकर्ताहरू पुनः नेकपा एमालेमै फर्किएका हुन् । उम्मेदवार बर्तौलाले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै अधुरा काम पूरा गर्न आफूलाई पुनः अवसर दिन आग्रह गर्नुभयो । ​ ​स्थानीयसँगको भेटमा बर्तौलाले विगतको…
Read More
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् । प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चालु खाता रु चार खर्ब २९ अर्ब ९१ करोड…
Read More
जन्ती बोकेको ट्याक्टर दुर्घटना : १ जनाको ज्यान गयो, ११ घाइते”

जन्ती बोकेको ट्याक्टर दुर्घटना : १ जनाको ज्यान गयो, ११ घाइते”

दमक । सोमबार बेलुका झापाको गौरादहमा बेहुली लिएर फर्कँदै गरेको जन्ती बोकेको ट्याक्टर अनियन्त्रित भई पुलबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना जन्ती घाइते भएका छन् । घाइतेहरूको दमकमा उपचार भइरहेको छ । गौरादह–४ भित्री सडकखण्डमा पर्ने रामचन्द्रे खोलाको पुलबाट ट्याक्टर खसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरादहबाट स्कुलचौनतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ९७२० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पुलबाट खोलामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा मोरङ रतुवामाई–८ बस्ने ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्थानीयले उद्धार…
Read More
भावी पुस्ताका लागि मार्गदर्शक बन्नुहोस् : प्रधानमन्त्री कार्की

भावी पुस्ताका लागि मार्गदर्शक बन्नुहोस् : प्रधानमन्त्री कार्की

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई आफ्नो अनुभव र सिकाइ नयाँ पुस्तामा बाँड्दै भावी पुस्ताका लागि मार्गदर्शक बन्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई मंगलबार नवलपुरको हात्तीखोरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री कार्कीले दीक्षित क्याडेटहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “तपाईँहरूले यहाँ सिकेको अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेमलाई केवल भावनामा मात्र सीमित नराखी व्यवहारमा उतार्नुहोस् । तपाईँहरूको आचरण र व्यवहारले नै उन्नत समाज र समृद्ध राष्ट्र निर्माणको आधार तय गर्नेछ ।” अनुशासित युवा राष्ट्रको मेरुदण्ड “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्शलाई आत्मसात् गर्दै दीक्षित भएका युवाहरू नै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.