Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

मकवानपुर । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली…
Read More
आगामी निर्वाचनको लागि नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम टुंग्यायो, मकवानपुरमा राना र बर्तौला

आगामी निर्वाचनको लागि नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम टुंग्यायो, मकवानपुरमा राना र बर्तौला

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शनिवार राती सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले प्रत्यक्षतर्फका १४० उम्मेदवारको टुंगो लगाएको हो । बैठकले मकवानपुर क्षेत्र नम्बर १ मा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट रानालाई उम्मेदवारको रुपमा एमालेले अघि सारेको थियो । तर, पछि कमल थापालाई सूर्य चिन्हबाट उम्मेदवार बनाइएपछि राना ब्याक भएका थिए । यता, मकवानपुर–२ मा एमालेले केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य महेश बर्तौलालाई नै दाहोर्याउने निर्णय गरेको छ । अघिल्लो चुनावमा…
Read More
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, अरुको कति ?

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, अरुको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२…
Read More
नगरस्तरीय छात्र भलिवल प्रतियोगिता शुरू

नगरस्तरीय छात्र भलिवल प्रतियोगिता शुरू

मकवानपुर । शिक्षा, स्वास्थ्य र खेलकुद पहिलो प्राथमिकता भन्ने उदेश्यका साथ तेस्रो वडास्तरीय खेलकुद महोत्सव २०८२ अन्तरगत छात्र भलिवल प्रतियोगिता शुरू भएको छ । नगर प्रमुख मीनाकुमारी लामाले शुक्रबार उद्घाटन गर्नुभएको प्रतियोगिता आधुनिक राष्ट्रिय माविको परिसरमा भईरहेको छ । हेटौंडा उपमहानगरपालिका ४ नं. वडाको आयोजना, शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा-४ को संयोजन र आधुनिक राष्ट्रिय मावि, हेटौंडा-४ को व्यवस्थापनमा भएको प्रतियोगितामा नगरभित्रका १४ वटा विध्यालयको टिम सहभागी रहेको प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो । माघ २ र ३ गते हुने भलिवल प्रतियोगिताको उद्घाटन समारोहमा ४ नं. वडा अध्यक्षको विशेष आथित्यतामा भएको कार्यक्रममा ११ नं. वडा अध्यक्ष जुना दाहाल, आधुनिक…
Read More
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट एक जना पुरुष पैदलयात्रीको मृत्यु भएको हो। बसको ठक्करबाट परिचय नखुलेका एक पुरुष गम्भीर घाइते भएकामा उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निजको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए। बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Read More
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । ‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘३ गतेसम्म बहाल हुन्छ ।’ उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।
Read More
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरि पठाएका नाममध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एक जनालाई उम्मेदवार बनाउनेछ। एमालेले एक महिलासहित कम्तीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
Read More
पेट्रोल र डिजेलको भाउ घट्यो

पेट्रोल र डिजेलको भाउ घट्यो

मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आजदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको जनाएको छ। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ। निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ कायम भएको छ। इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो।
Read More
आज सुनचाँदीको मूल्य वृद्धि

आज सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य शुक्रबार पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ६४५ कायम भएको छ । बिहीबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४८५ मा कारोबार भएको थियो । बुधबार एक तोला सुन रु दुई ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ मा कारोबार भएको थियो । मङ्गलबार…
Read More
सप्तरीमा बसमा सवार यात्रुको मृत्यु

सप्तरीमा बसमा सवार यात्रुको मृत्यु

मकवानपुर । सप्तरीको कञ्चनपुर क्षेत्रमा यात्रुबाहक बसमा सवार एक यात्रुको मृत्यु भएको छ । भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको लु २ ख ३४८५ नम्बरको यात्रुबाहक बसमा सवार तिरहुत गाउँपालिका ४ डिमन घर भएका ५५ वर्षीय महेश मुखियाको बाटोमै मृत्यु भएको हो । उहाँ विगत ३–४ दिनदेखि बिरामी रहेको र उहाँका श्रीमती ४५ वर्षीया दुखनी मुखियाले घर लैजाने क्रममा बिहीबार बसमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँले शुक्रबार बिहान बस चालकले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जानकारी गराएपछि प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा कुनै शङ्कास्पद अवस्था नदेखिएको बताउनुभयो । मृतकको शव उहाँका भाइ उमेश मुखियाको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.