Alag Dhar

समाचार


Warning: Trying to access array offset on value of type bool in /home/alagdhar/public_html/wp-content/themes/viral-mag/inc/breadcrumbs.php on line 1010
बालेनले  माघ ४ गते मेयर पदबाट राजीनामा दिने

बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिने तयारी गरेका हुन् । निर्वाचन आयोगका अनुसार, माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको दिन छ । सो भन्दा अघि उनले मेयर पदबाट राजीनामा दिन लागेको उनी निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, उनले ४ गते मेयर पदबाट राजीनामा दिनेछन् । त्यसपछि उनी भोलिपल्ट रास्वपा केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यतालिका छ । लगत्तै, त्यहाँबाट उनी मधेश प्रदेश झर्ने बताइएको छ । मधेश लगायतका देशका विभिन्न ठाउँमा बालेनले आफ्नो सक्रियता…
Read More
इरानमा जारी प्रदर्शन,मृत्यु हुनेको संख्या २००० नाघ्यो

इरानमा जारी प्रदर्शन,मृत्यु हुनेको संख्या २००० नाघ्यो

मकवानपुर ।  इरानमा जारी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको छ। इरानमा अमेरिका आधारित मानवअधिकारवादी समाचार संस्था एचआरएएनएलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने मृत्यु हुनेको संख्या २००३ पुगेको भनेर इरानी अधिकारीहरूलाई उद्धृत गरेर लेखेको छ। इरानी अधिकारीहरुले पनि मृतकको संख्या तीव्र रूपमा बढेको र २ हजार नाघेको जनाएका छन्। प्रदर्शन चर्किँदै जाँदा पहिलो पटक इरानको सरकारी अधिकारीले पहिलोपटक मृतकहरुको संख्या सार्वजनिक गरेको रोयटर्सले जनाएको छ। प्रदर्शनमा सहमागी १६ हजार ७८४ जनालाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको छ। मृत्यु भएकामध्ये १ हजार ८५०…
Read More
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्ने भएको छ । हिजो दिनभर बस्न नसकेको बैठक साँझ एकाध मिनेट बसेर स्थगित भएको थियो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरका नेताहरू मंगलबार दिनभर वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन जारी रहेकोले उनीहरू बैठकमा उपस्थित नहुने बताउँदै आएका छन् ।
Read More
आन काठमाडौं उपत्यकाको तापक्रम आज ३ डिग्री मापन

आन काठमाडौं उपत्यकाको तापक्रम आज ३ डिग्री मापन

काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्रीसम्म मापन भएको छ । आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रटसम्म न्यूनतम तापक्रम मापन भएको मौसमविद् उज्वल उपाध्यायले जानकारी दिए । ललितपुरस्थित सानेपामा न्यूनतम तापक्रम ३ डिग्री मापन भएको हो । उपाध्यायका अनुसार यो तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ । तापक्रम घटेकोले जाडो महसुस पनि धेरै भएको छ । आजको न्यूनतम तापक्रमको अन्तिम मापन ८ :४५ बजे गरिनेछ । यसैबीच, आज तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा…
Read More
आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/२०८२ सम्बन्धमा छलफल हुनेछ ।
Read More
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ६४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३…
Read More
पाल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना, एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै मंगलबार बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर सडकबाट करिब दुई सय ५० मिटर तल खोलामा खसेको हो। दुर्घटनामा मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय केशव सुनार रहेका छन्। उनको ठेगाना र उनी सवारी चालक हुन् वा अन्य व्यक्ति भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटना बिहान करिब ४ बजे भएको थियो। घटनास्थल अप्ठ्यारो खोला र झाडी भएको क्षेत्रमा पर्ने भएकाले अन्य मानिस सवार थिए वा थिएनन् भन्नेबारे प्रहरीले खोजीकार्य जारी…
Read More
बाँकेमा चिसोले मर्न थाले मौरी

बाँकेमा चिसोले मर्न थाले मौरी

नेपालगन्ज । मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् । नेपाल मौरीपालक महासङ्घ, बाँकेका अध्यक्ष एवं मौरी पालक किसान पुरमल बस्नेतको घारमा रहेका मौरीमध्ये करिब दुई प्रतिशत मरेको जानकारी दिनु भयो । उहाँले भन्नु भयो, “अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, घारबाट बाहिर आउँदा चराको आक्रमण छ भने तराईको शीतलहर र हुस्सुले मौरी मरेका छन् ।” मौरीपालक बस्नेतले कतिपय अवस्थामा शीतलहरका कारण मौरीको घारसमेत रित्तो हुने अवस्था रहने उल्लेख गर्दै बाँकेमा भने त्यस्तो समस्या नभएको स्पष्ट गर्नु भयो । एउटा घारमा ३० देखि ३५ हजार…
Read More
आजको मौसम, देशभर पश्चिमी वायूको आंशिक प्रभाव

आजको मौसम, देशभर पश्चिमी वायूको आंशिक प्रभाव

मकवानपुर । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु÷कुहिरो रहनुका साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा मध्याह्नसम्म हुस्सुरकुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आज राति…
Read More

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । आज बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने गरी बैठक बोलाइएको हो । केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुनको लागि अनुरोध गरिएको छ । संस्थापन इतर समूह विशेष महाधिवेशनको अन्तिम तयारीमा रहेको समयमा बोलाइएको आकस्मिक बैठकलाई अर्थपूर्ण मानिएको छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारीबाट पछि नहटेपछि कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक राखिएको हो । विशेष महाधिवेशनका लागि प्रतिनिधि आउने क्रम…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.